prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मन नपरे पछि सचिवलाई जगेडामा राख्ने परिपाटी सुरु,काम नपाई विदा भए एक सचिव
मन नपरे पछि सचिवलाई जगेडामा राख्ने परिपाटी सुरु,काम नपाई विदा भए एक सचिव
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २७, २०७७ बागेश्वरी पोस्ट
मन नपरे पछि सचिवलाई जगेडामा राख्ने परिपाटी सुरु,काम नपाई विदा भए एक सचिव

काठमाडौं । सहसचिवबाट सचिवमा बढुवा भएका वीरबहादुर राईले सचिवमा काम गर्न नपाई अघिल्लो साता अवकाश लिएका छन् जब कि उनले अवकाश लिदा देशभर ३ सचिव पद रिक्त थिए । ३ सचिव पद रिक्त हुँदा हुँदै पनि राईले सचिवमा काम गर्ने मौका पाएनन् । सहसचिवबाट सचिवमा बढुवा भए पछि अवकाश नपाउँदासम्म उनी जगेडामै बसे । राई बाहेक अरु दुई सचिव मधु मरासिनी र केदार न्यौपाने पनि अहिले जगेडामै छन् । केही दिन अघि मात्र सहसचिवबाट सचिवमा बढुवा भएका चन्द्रमान श्रेष्ठ पनि जगेडामा बस्ने पक्का छ ।                                                          आफूलाई मन नपरेका सचिवलाई जगेडामा राख्ने परिपाटी केपी ओली सरकारले फेरि सुरु गरेको छ । यसअघि शाही कालमा झण्डै आधा दर्जन सचिवलाई जगेडामा राखिएको थियो । २०६२/६३को आन्दोलनको बेला शाही कालमा तत्कालिन सरकारले उमेश मैनाली, टीकादत्त निरौला, दिनेशचन्द्र प्याकुरेल लगायतका सचिवलाई जगेडामा राखेको थियो । शाही सरकार विघटन पछि गठन भएको सरकारले शाही सरकारको पालाका स्वास्थ्य सचिव दीर्घसिंह बमलाई जगेडामा राखेको थियो । तर गणतन्त्र कार्यान्वयन पछि सचिवलाई जगेडमा राख्ने गरिएको थिएन।                यसअघि, ओली सरकारले २०७५ कात्तिकमा तत्कालीन स्वास्थ्य सचिव पुष्पा चौधरीलाई प्रधानमन्त्री कार्यालयमा ल्याई अतिरिक्त समूह(जगेडा)मा राख्ने निर्णय गरेको थियो तर सरकारको उक्त निर्णय कार्यान्वयन हुन पाएन । सो निर्णयको विरुद्ध चौधरीले भोलिपल्टै सर्वोच्च अदालतमा मुद्दा दायर गरिन । सर्वोच्चले सेवा समुह नमिलेको कारण देखाउँदै चौधरीको पक्षमा अन्तरिम आदेश जारी गर्‍यो । सर्वोच्चको आदेश पछि चौधरीलाई जगेडामा राख्ने निर्णय लागु हुन सकेन। चौधरीले एक दिन पनि प्रधानमन्त्री कार्यालयमा गइ हाजिर गईनन् ।                                                        २०७२ असोजमा सरकारले एकै पटक १३ सचिवलाई अतिरिक्त समुहमा राख्ने निर्णय गरेको थियो तर त्यतीखेर सचिवलाई अतिरिक्त समुहमा राख्नुको प्रयोजन फरक थियो । निजामती सेवा नियमावलीलाई कार्यान्वयनमा ल्याउन १३ सचिवलाई केही समयकोलागि अतिरिक्त समुहमा राखिएको थियो । नियमावली अनुसार केही दिन पछि विशेषज्ञताको आधारमा उनीहरुलाई विभिन्न कार्यालयमा खटाइएको थियो । तर ओली सरकारले लामो समयदेखि ३ सचिवलाई जगेडामा राखेको छ । जगेडामै रहेको बेला राइले अवकाश पाए भने अरु दुई सचिव अहिले पनि जगेडामै छन ।                        पूर्व प्रशासकहरुका अनुसार ३ सचिवलाई लामो समयसम्म जगेडामा राखिएको गणतन्त्र पछि यो पहिलो परम्परा हो । अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा शिक्षा मन्त्रालयमा एक एक जना सचिव पद रिक्त छ । तर तीन वटा सचिव जगेडामै छन् । जगेडामा राखिएका सचिवको कुनै भुमिका हुन्न । उनीहरूको काम भनेको प्रधानमन्त्री कार्यालयमा जाने र हाजिरी गर्ने मात्र हो । जगेडामा राखिएका ३ सचिव मध्ये न्यौपाने सचिवमा कार्यरत हुँदा जगेडामा रहेका छन् भने बाँकि दुई सचिव सहसचिवबाट सचिवमा बढुवा भए पछि जगेडामा बसेका हुन् ।                                      निजामती सेवा ऐन अनुसार सचिवमा बढुवा भएको ५ वर्ष पछि अनिवार्य अवकाश लिनुपर्ने हुन्छ । संगठन तथा व्यवस्थापन (ओएनएम)सर्वे रिपोर्टमा देशभर ७२ सचिवको दरबन्दी कायम गरिएको छ तर प्रधानमन्त्री कार्यालयमा कति संख्या सचिव राख्ने भन्ने मापदण्ड राखिएको छैन । ओएनएम सर्वेमा नेपाल सरकारका सचिव प्रदेशमा गए पछि मुख्सचिव हुने व्यवस्था छ । यसैवीच, आगामि कात्तिक ६बाट मुख्य सचिव लोकदर्शन रेग्मीले अवकाश लिने भएका छन् । उनको ठाउँमा जान केही सचिवहरुको अहिलेबाटै दौडधुप शुरु भएको छ ।हाम्राकुराबाट साभार।


प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP