prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ट्राफिक प्रहरीबाट बाध्यताबस तोडिनछ्न् सवारी नियम
ट्राफिक प्रहरीबाट बाध्यताबस तोडिनछ्न् सवारी नियम
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक २६, २०७६ बागेश्वरी पोस्ट
ट्राफिक प्रहरीबाट बाध्यताबस तोडिनछ्न् सवारी नियम
तस्बिर: दिल निशानी मगर

काठमाडौं । सर्वसाधारणले सवारी नियम उल्लंघन गरे ट्राफिक प्रहरीले कारबाही गर्छ । तर जब ट्राफिक प्रहरीबाटै नियम मिचिन्छ, कसले कारबाही गर्ने ? यही प्रश्न मनमा उब्जिन्छ, जब हाफ बार भएका मिनी (वान टन) ट्रकमा ट्राफिक प्रहरी निर्धक्क यात्रा गरिरहेका देखिन्छन् ।

ट्राफिक नियमानुसार ट्रकमा यात्रु बोक्न पाइँदैन किनभने यो मालबाहक सवारी हो । ट्रकको पछिल्लो भागमा असुरक्षित तवरले कुनै सर्वसाधारण यात्रुले यात्रा गरे ट्राफिकले चालकलाई त कारबाही गर्छ नै यात्रुलाई पनि ओरालेर सचेत गराउँछ । तर त्यही काम ट्राफिक प्रहरीले गर्दा कसले समात्ने रु त्यसैले त मानिसहरूलाई लाग्छ, ‘सानालाई ऐन, ठूलालाई चैन।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल मिनीट्रकमा यात्रा गर्नु ट्राफिक प्रहरीको बाध्यता भएको बताउँछन् । उनका अनुसार, कहिलेकाहीँ आकस्मिक रूपमा धेरै स्थानमा जनशक्ति पुर्‍याउनुपर्ने भयो भने महाशाखाको ट्रक प्रयोग गरिन्छ । आधा भागमा बार लगाएको ट्रकमा धेरैजसो समय ट्राफिक प्रहरी कोचिएर यात्रा गर्छन् । बस्ने ठाउँ पनि नभएपछि कतिपय ट्राफिक बारको डिलमा समेत बस्नुपर्छ । महाशाखासँग ट्राफिक प्रहरीलाई सुरक्षित रूपमा यात्रा गराउन सवारीसाधन नभएकै हो त र?

महाशाखाका प्रमुख ढकाल भन्छन्, ‘महाशाखाले अहिले साधन स्रोत विगतमा भन्दा धेरै पाएको छ, तर बसचाहिँ हामीसँग छैन । कतिपय अवस्थामा एउटा बसमा मात्रै टोली लैजान सम्भव नहुने अवस्था पनि हुन्छ ।’ कतै ठूला समारोह भएका र भैपरी आएका स्थानमा सम्बन्धित ट्राफिक इकाईबाट सम्भव नहुने भएपछि बग्गीखानाबाट ट्राफिक प्रहरीहरु पठाउने गरिएको छ । ढकाल यस्तो दृश्य बाध्यात्मक परिस्थितिमा देखिने गरेको बताउँछन् । ढिला पुग्दा अर्को समस्या आइसक्ने भएकाले टोलीलाई एकैपटक परिचालन गर्दा ट्रकमै यात्रा गराउनुपर्ने उनको कथन छ ।

उनले उपलब्ध स्रोतको उपयोग गरेर आफ्नो कर्तव्य पूरा गर्ने जिम्मेवारी ट्राफिक प्रहरीको भएकाले यसलाई सामान्य रुपमा लिइदिन आग्रह गरे । ‘हामीसँग भएको भ्यानमा पनि नअटाउने अवस्था आएपछि ट्रकमा निकाल्ने गरेका छौं’, उनले भने, ‘सर्वसधारणले ट्राफिकले यस्तो नगरिदिओस् भन्ने चाहनु ठीकै हो । हामी यसलाई सकेसम्म व्यवस्थित गर्न प्रयत्न गर्नेछौं ।’ ढकाल नागरिकहरु आफैं ट्राफिक नियमबारे सचेत भएर उठाउने प्रश्न सकारात्मक भएको बताउँछन् । यस्ता प्रश्नले ट्राफिकलाई थप सचेत बनाउन मद्दत पुग्ने उनको विश्वास छ । एक ट्राफिक प्रहरी अधिकारी भने अन्तर्राष्ट्रिय रूपमा पनि सुरक्षाकर्मीको ओसारपसार ट्रकमै हुने गरेको तर्क गर्छन् ।

तर, यस्तो यात्रालाई सुरक्षित गर्न भने जुरुरी रहेको उनको पनि तर्क छ । हाल ट्राफिकलाई मात्रै होइन, सिभिल प्रहरी ओसार्ने तरिका पनि यस्तै भएको उनले बताए । ‘विशिष्ट अतिथिहरुको आगमनका बेला हामीलाई प्रहरी हेडक्वार्टरबाट बस दिइन्छ, अरू बेला हामीसँग भएको ३–४ वटा वान टन ट्रकबाट काम चलाइरहेका छौं’, उनले भने । हाल उपत्यकामा १ हजार ३ सय ६८ जना ट्राफिक प्रहरी छन् ।

विभिन्न ४० वटा इकाईमा विभाजित भएर उनीहरुले सेवा दिँदै आएका छन् । तर सीमित स्रोतका कारण यात्रुलाई ट्राफिक नियम सिकाउने उनीहरुले कतिपय अवस्थामा आफैं नियम मिच्नुपर्ने अवस्था छ ।अनलाइनखबरबाट साभार।


प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  ०९:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको  सपथ ग्रहण
लायन्य क्लब अफ नेपालगञ्जका पदाधिकारीको सपथ ग्रहण
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
गैसस महासंघ लुम्बिनी रणनीतिक र प्रभावकारी कार्यक्रममा केन्द्रित
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
मारुती नन्दन अर्डर एण्ड सप्लायर्सलाई २० हजार रुपैयाँ जरिवाना
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP