prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, भदौ ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालको आधिकारिक क्षेत्रफल खोइ?
नेपालको आधिकारिक क्षेत्रफल खोइ?
RSG-2
सरकार भन्छ, अहिले भन्ने गरिएको क्षेत्रफल अनुमान मात्र
बागेश्वरी पोस्ट
बिहीबार, असोज २२, २०७७ बागेश्वरी पोस्ट
नेपालको आधिकारिक क्षेत्रफल खोइ?
फाइल फोटो

काठमाडौं । जेठ ७ मा सरकारले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटर नयाँ नक्सा जारी गरेपछि एउटा गम्भिर सवाल खडा भएको छ, नेपालको आधिकारिक क्षेत्रफल कति हो ?

५ महिना हुन लाग्दा पनि यो प्रश्नको उत्तर सरकारसँग छैन । किनभने आधिकारिक क्षेत्रफल सरकारले घोषणा गरेको छैन।  ‘एरिया अफ नेपाल’ भनी सर्च गर्‍यौं भने गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ वर्ग किमि देखाउँछ । तर यो क्षेत्रफल आधिकारिक होइन । नयाँ नक्सा जारी गर्नु अघि नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर थियो । त्यसअघि पनि गुगलले पनि नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर नै देखाउने गरेको थियो ।

सरकारले अद्यावधिक गरेको नयाँ नक्सालाई प्रतिनिधिसभाबाट २०७७ जेठ ३१ गते संविधानको अनुसूची ३ मा राख्ने प्रस्तावलाई सर्वसम्मत पास गर्‍यो । संसदले नै सर्वसम्मत पास गरे पछि पुरानो नक्सा अनुसार नापजाँच गरिएको क्षेत्रफल नेपालको आधिकारिक क्षेत्रफल हुँदैन । शिक्षा मन्त्रालयले केही समय अघि नेपालको आधिकारिक क्षेत्रफल तोकि तयार गरिएको एक पुस्तकलाई माध्यमिक तहको पाठयक्रममा राख्न स्विकृति दियो । शिक्षामन्त्री स्वयमले औपचारिक कार्यक्रम गरी पाठयक्रममा उक्त पुस्तक राख्ने घोषणा गरेका थिए । तर त्यसको केही दिन पछि नै उक्त पुस्तक बजारमा नपठाउन प्रधानमन्त्री कार्यालयले निर्देशन दियो ।

प्रधानमन्त्री कार्यालयको निर्देशन पछि उक्त पुस्तक पाठयक्रमबाट हटाइयो । आधिकारिक क्षेत्रफल नाँपजाँच गर्नु अघि अनाधिकारिक रूपमा पाठयक्रममा ४ सय ६० दशमलब २८ वर्ग किलोमिटर क्षेत्रफल समावेश गरिएको भन्दै भूमि व्यवस्था मन्त्रालयले गम्भिर आपत्ति प्रकट गरे पछि प्रधानमन्त्री कार्यालयले सो निर्देशन दिएको थियो । सो पुस्तकमा नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१ दशमलब २८ वर्ग किलोमिटर रहेको जनाइएको थियो । ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नाम राखिएको उक्त पुस्तकका लेखक कोमलचन्द्र बराल हुन् । पुस्तककमा कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र समेटर नेपालको कुल क्षेत्रफलमा ४ सय ६० दशमलब २८ वर्ग किलोमिटर भूभाग थप गरिएको थियो । तर उक्त पुस्तकमा किटान गरिएको क्षेत्रफललाई सरकारले आधिकारिक रुपमै अनाधिकारिक घोषणा गरेको छ।

भूमि व्यवस्था विभागका प्रवक्ता जनक जोशीले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र समेटेर नेपालले नक्सा अद्यावधिक गरेपछि आधिकारिक क्षेत्रफल नापजाँच गर्न मन्त्रालयले नापी विभागलाई निर्देशन दिएको बताउदै यस काममा विभागबाट प्रक्रिया अघि बढेको बताए । अहिले भन्ने गरिएको क्षेत्रफल आधिकारिक नभएको उनको भनाइ छ । नापी विभागले लिपुलेक तथा लिम्पियाधुराको क्षेत्रफलको करिब तीन सय ३५ वर्ग किमि रहेको जनाएको छ । जसअनुसार नेपालको क्षेत्रफलमा लिपुलेक र लिम्पियाधुराको क्षेत्रफल जोड्दा एक लाख ४७ हजार पाँच सय १६ पुगेको हो । यसलाई आधार मानि गुगलले नेपालको क्षेत्रफल १ लाख ४७ हजार ५सय १६ देखाएको हो । तर यो अनुमान मात्र हो, आधिकारिक होइन ।

विभागका प्राविधिकहरूले स्केल, प्रोजेक्टसन सिस्टम र कोडिर्नेट सिस्टम मिलाएर नयाँ नक्सा तयार गरेका हुन् । यो नक्सा प्रशासनिक तथा राजनीतिक हो । सीमा नक्सा होइन । यसअघि २०३२ सालमा जारी गरिएको नेपालको सीमा नक्सामा लिम्पियाधुरा क्षेत्रको करिब तीन सय ३५ वर्ग किमि भूभाग समेटिएको थिएन । विभागका अनुसार विभागका कर्मचारीहरु अहिले उच्च प्राविधिकहरू नयाँ क्षेत्रफल यकिन गर्न लागिपरेका छन् ।

नयाँ नक्सा अद्यावधिक गर्नुअघि नेपालले घोषणा गरेको आधिकारिक क्षेत्रफल (एक लाख ४७ हजार १ सय ८१ वर्ग किमि) सन् १९८३ मा गरिएको मापन हो । क्यानडा सरकारको सहयोगमा एलआरएमपी (ल्यान्ड रिर्सोसेज म्यापिङ प्रोजेक्ट) ले सन् १९८३ मा गरेको मापनमा नेपालको क्षेत्रफल एक लाख ४७ हजार एक सय ८१ रहेको रिपोर्ट बुझाएको थियो । सो रिपोर्टको आधारमा सरकारले नेपालको आधिकारिक क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ मान्दै आएको थियो ।

मन्त्रिपरिषद्को निर्णय पछि २०७७ जेठ ७ गते भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्रलाई समेटर अद्यावधिक गरिएको नयाँ नक्सा सार्वजनिक गरेकी थिइन । त्यसको दुई दिन अघि जठ ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा क्षेत्र समेटेर नेपालको आधिकारिक नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।हाम्राकुराडटकमबाट।


प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
मानव सेवा आश्रममा बुवाको मुख हेर्ने दिनः आश्रित बुबाहरूको अनुहारमा झल्कियो खुसी
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगञ्जमा दुई दिने रक्तदान शिविर
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
जिल्ला प्रशासन कार्यालय बाँकेबाट भोलि सार्वजनिक बिदाका दिन पनि नियमित यी कार्य सुचारु हुने
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
अख्तियारको नेपालगञ्ज सम्पर्क कार्यालयद्वारा ८७.२६ प्रतिशत उजुरी फछ्यौट
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP