prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शिवाकोटी पुरस्कृत
इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शिवाकोटी पुरस्कृत
banijya office RSG-2
कमला हमाल
शुक्रबार, कात्तिक २९, २०७६ कमला हमाल
इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार शिवाकोटी पुरस्कृत

काठमाडौ । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)ले इञ्जा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकार अजयबाबु शिवाकोटीलाई पुरस्कृत गरेको छ ।

इञ्जा एसियाले शुक्रबार काठमाडौंको लेखनकुञ्जमा गरेको एक कार्यक्रममा वरिष्ठ मानवअधिकारकर्मी कृष्ण पहाडी , इञ्जा एसियाका अध्यक्ष एवं वरिष्ठ पत्रकार टंक पन्त र पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहालले पुरस्कृत पत्रकार शिवाकोटीलाई एक हजार डलर नगदसहित प्रशंसापत्र हस्तान्तरण गर्नुभयो ।

पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएबापत शिवाकोटीलाई सो पुरस्कार प्रदान गरिएको हो । वरिष्ठ मानवअधिकारकर्मी पहाडीले नेपाली मिडियाले प्रेस स्वतन्त्रता , मौलिक हक, लोकतान्त्रिक आन्दोलनका लागि सबै भन्दा प्रभावकारी भूमिका खेलेको उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रबिना लोकतन्त्र, गणतन्त्रको विकास हुन नसक्ने भन्दै पहाडीले मानव अधिकार र प्रेस स्वतन्त्रता हनन हुने अवस्था आउन नदिन अहिले पनि खबरदारीको आबश्यकता रहेको औल्याउनुभयो ।

संसारभर छरिएका नेपाली पत्रकारहरुको साझा सञ्जाल(इन्जा) को मूख्यालय अमेरिकाको भर्जिनियामा रहेको छ भने एसिया, युरोप, अष्ट्रेलिया र अमेरिकामा यसका महादेशीय शाखाहरु क्रियाशील रहको जानकारी गराउदै इञ्जा एशियाका अध्यक्ष बरिष्ठ पत्रकार टंक पन्तले इन्जाले आफ्ना कार्यक्रमहरु कार्यान्वयन गर्न नेपाली पत्रकारहरु कार्यरत सबै देशमा फ्रेण्डस अफ इन्जा गठन गरेको जानकारी दिनुभयो । उहाँले प्रेस स्वतन्त्रता र मानव अधिकारको पक्षमा काम गर्ने अन्य संस्थाहरुसँग सहकार्य समेत गर्दै आएको बताउनुभयो ।

इञ्जाले प्रेस स्वतन्त्रताको पक्षमा वकालत र पहरेदारी सँगँंगै इन्जाले मर्यादित र विश्वसनीय पत्रकारितामा समेत जोड दिदै आएको अध्यक्ष पन्तले बताउनुभयो ।

नेपाली पत्रकारहरुका व्यवसायिक विकासका लागि आवश्यकता अनुसार तालिम, सामग्री र भ्रमणहरु समेत उपलव्ध गराउंदै आएको इन्जाले कानुनी राज्य स्थापनामा सहयोग पुग्ने गरी खोजमुलक उत्कृष्ट समाचारहरु सम्प्रेषण गर्ने पत्रकारहरुलाई प्रोत्साहन दिन यस वर्षदेखि इन्जा अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गर्ने नीति लिएको उहाँले जानकारी दिनुभयो ।

नेपाली पत्रकारहरु र व्यवसायिक तथा मर्यादित पत्रकारिताको विकासका लागि इन्जाले नोभेम्भर १७ अर्थात मंसिर २ गते अमेरिकाको भर्जिनियामा नेपाली पत्रकारितामा सहयोग गरौं भन्ने बिशेष कार्यक्रम समेत गर्न लागेको जानकारी पनि अध्यक्ष पन्तले गराउनुभयो ।

पुरस्कृत पत्रकार हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिबाकोटीले आफूले पहिलो पटक पाएको पुरस्कारले थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । उहाँले प्राप्त गरेको एक हजार डलर पुरस्कारको राशी मध्ये २५ हजार नेपाली रुपैयाँ उपचारका क्रममा हालै मृत्यु भएका युवा पत्रकार डिलप्रसाद शर्माको परिवारलाई हस्तान्तरण गर्ने घोषणा गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व सभापति इञ्जाका सल्लाहकार तारानाथ दाहाल , लेखन कुञ्जका अध्यक्ष कमल ढकाल , ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डन , इञ्जाका एसियाका महासचिव दीपेन्द्र दोङ तामाङले सरकार जति मिडियाप्रति उदार हुन्छ त्यति नै लोकतन्त्र , गणतन्त्र र प्रेस स्वतन्त्रताका लागि सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पत्रकार महासंघका उपसभापति दिलिप थापा , सचिव रामप्रसाद दाहाल , संसद्धीय मामिला पत्रकार समाजका उपाध्यक्ष कृष्णा पौडेल , इञ्जाका सल्लाहकार किस्मत भण्डारी लगायतले पुरस्कृत पत्रकारलाई बधाइ दिनुभएको थियो । ०००


प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP