prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कलिलैमा किन हराउँछन् किशोरीहरु...
कलिलैमा किन हराउँछन् किशोरीहरु...
banijya office
बागेश्वरी पोस्ट
बुधबार, मंसिर ४, २०७६ बागेश्वरी पोस्ट
कलिलैमा किन हराउँछन् किशोरीहरु...
सांंकेतिक तस्बिर

घटना १

nepalgunj 081-082

बानेश्वरका एक वृद्ध मंगलबार किशोरी छोरी हराएको उजुरी दिन महानगरीय प्रहरी परिसर टेकु पुगे। प्रहरीले छोरीको मोबाइल नम्बर माग्यो। ‘कल लोकेसन’ हेर्दा सोमबार ललितपुरको च्यासल क्षेत्रमा मोबाइल ‘स्विच अफ’ भएको देखियो। प्रहरीले ती वृद्धलाई प्रश्न गर्‍यो– ‘च्यासलमा तपाईंको कोही आफन्त छ ? ’ किशोरीसँगै पढ्ने साथी त्यहाँ बस्ने गरेको पत्ता लाग्यो। उनले अर्को नम्बरबाट घरमा म्यासेज पठाएकी रहेछन्। ‘मलाई मन पर्ने साथीसँग विवाह गर्दै छु। मेरो चिन्ता नगरिस्यो’, म्यासेजमा थियो।

त्यो नम्बर पत्ता लगाउँदा सर्लाही घर भएका एक किशोरको हुलिया खुल्यो। उनी शान्तिनगरमा मेडिकल पसल चलाउँछन्। सिमकार्ड लिँदा उनले बुवाको नम्बर दिएका रहेछन्। प्रहरीले ती किशोरका बुवालाई फोन गर्‍यो। उनकै छोरासँग किशोरी सर्लाही पुगेको जानकारी प्रहरीले पायो। फेसबुक हेर्दा ती किशोरी र किशोर नजिकिएका देखिए। प्रहरीसँग कुरा गरिरहेकै बेला किशोरीका बुवाको मोबाइलमा म्यासेज आयो। किशोरीले कुनै बैंकबाट ४० हजार रुपैयाँ झिकेकी रहेछन्। दुवै परिवार मिलेर समस्या हल गर्ने भन्दै किशोरीका आफन्त प्रहरी कार्यालयबाट बाहिरिए।

घटना २

राजधानीको नाम चलेकै स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी किशोरी एक सातादेखि सम्पर्कविहीन थिइन्। परिवारका सदस्य उनको खोजीका लागि प्रहरीमा पुगे। ती किशोरी आफूभन्दा एक ब्याच सिनियर केटासँग विवाह गर्न गोरखा पुगेको कुरा प्रहरी अनुसन्धानबाट पत्ता लाग्यो। उनलाई फर्काउन गोरखाकै एक वडाअध्यक्ष लागिपरे। उद्धार गरी काठमाडौं ल्याउनेबित्तिकै किशोरीले बाबुआमासँग दुखेसो पोखिन्। ‘तपाईं मलाई मोबाइल नकिनिदिने। भनेको कुरा खान नदिने। घुम्न जान नदिने। मलाई स्वतन्त्रता चाहिँदैन ?’, किशोरीको भनाइ उद्धृत गर्दै महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले भने।

किशोरीले अभिभावकलाई हकारेपछि प्रहरी चकित पर्‍यो। प्रहरीले किशोरीलाई अभिभावकको जिम्मा लगायो। किशोरी ९ कक्षामा राम्ररी पढिरहेको डीएसपी बोगटीले बताए। यस्ता घटनासम्बन्धी दैनिक पाँचवटासम्म उजुरी काठमाडौं प्रहरीमा पर्छन्। छोरी कोसँग भागिन् भनेर अधिकांश अभिभावक जानकार हुन्छन्। तर, कलिलै उमेरमा छोरीले रोजेको बाटोले परिवार विक्षिप्त भई प्रहरीमा आउने गरेको डीएसपी बोगटीको भनाइ छ। टेकु प्रहरीका अनुसार यो आर्थिक वर्षको कात्तिकसम्म खोजतलासका लागि भन्दै प्रहरीमा ५ सय ८ उजुरी परेका छन्। तीमध्ये ३ सय ३० जना भेटिएका छन्। ‘राजधानीमा यो समस्या धेरै देखियो। राम्रा घरानाका छोरीहरू पनि कलिलै उमेरमा जीवनसाथी खोज्न थाले’, उनले भने, ‘खासमा यो समस्या परिवारले छोराछोरीको लालनपालनमा ध्यान नदिएकाले बढेको हो।’ अभिभावकले छोराछोरीलाई गर्ने व्यवहारमा ध्यान दिन जरुरी रहेको उनको भनाइ छ।

भेटिँदा अर्कैसँग घरजम

वैदेशिक रोजगारीमा जाने युवकको पीडा कम दर्दनाक छैन। नेपाल फर्किंद श्रीमती नभेटेपछि उनीहरूले प्रहरीमा उजुरी दिन्छन्। भेटिँदा अर्कैसँग घरजम गरेको पाइन्छ। चितवन घर भई कालिमाटी बस्दै आएका एक व्यक्ति कतार पुग्छन्। उनले त्यहाँ कमाएको पैसा महिनापिच्छे श्रीमतीलाई पठाउँछन्। एक वर्षपछि उनी गत बुधबार मात्रै नेपाल फर्किए तर श्रीमती डेरामा थिइनन्। उनले खोजतलासका लागि काठमाडौं प्रहरीमा उजुरी दिए। प्रहरीले खोजतलास गर्दा ती महिला अर्कै युवकसँग घरजम गरेको भेटियो।

श्रीमान्ले उनलाई छाडे पनि विदेशबाट पठाएको पैसा दाबी गरे। तर, ती महिला पूर्व श्रीमान्सँग जान राजी भइनन्। बरु केही रकम पूर्वपतिलाई जिम्मा लगाएर हिँडिन्। थानकोट बस्दै आएका अर्का एक युवकको पीडा मंगलबार मात्रै प्रहरीले सुन्यो। उनले कतारमा कमाएको पैसा चार वर्षसम्म श्रीमतीलाई पठाए। फर्किएर आउँदा उनले श्रीमतीलाई अर्कै पुरुषसँग भेटे। त्यो सहन नसकी उनले अर्कै युवतीसँग घरजम गरे। पहिलेकी श्रीमतीबाट दुई बच्चा थिए। पछिल्ली श्रीमतीतर्फ एक जना बच्चा छ। पहिलेकी श्रीमतीले उनीविरुद्ध बहुविवाहको उजुरी हालेकी छन्। प्रहरीले मंगलबार छलफलमा बोलाएको थियो।

टेकु प्रहरीमा कान्छी श्रीमती उपस्थित भइनन्। जेठीले अंशबण्डासहित बहुविवाहको मुद्दाबाट आफू पछि नहट्ने ढिपी कसिन्। यो घटना अदालतसम्म पुग्ने देखिन्छ। टेकु प्रहरीमा यस्ता घटनाको उजुरीमा दैनिक छलफल हुन्छ। यो आर्थिक वर्षमा मात्रै महिला हराएको २ सय ४२ वटा उजुरी परेको देखिन्छ। तीमध्ये १ सय ६४ जनालाई प्रहरीले खोजतलास गर्‍यो। अधिकांश घटनाको अनुसन्धान गर्दा श्रीमान्ले खानलाउन नदिएपछि अर्कैसँग हिँड्नुपरेको गुनासो श्रीमतीको हुन्छ। श्रीमान्ले भने विदेशबाट पठाएको पैसामा मस्ती गरेर अर्कै पुरुषसँग भागेको व्यहोरा प्रहरीमा सुनाउँछन्।श्रोत : अन्नपूर्ण पोस्ट ।


प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  ०८:५०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
रोटरी क्लब अफ सेन्ट्रल बाँकेको छैठौं नेतृत्व हस्तान्तरण
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
बजेटमा आफ्नो समुदायलाई पहिलो प्राथमिकता दिन जनप्रतिनिधिलाई सुझाव
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
चौथो नेपालगञ्ज फोटो फेस्टिबलको पिपुल्स च्वाइस अवार्ड नेपालगञ्जका अमितलाई
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
नेपालगन्ज उपमहानगरपालिकाद्वारा अपांगता भएका ब्यक्तिलाई सहायक सामग्री प्रदान
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP