नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुडुवामा हात्तीपाइले रोग निवारण कार्यक्रम शुरु
डुडुवामा हात्तीपाइले रोग निवारण कार्यक्रम शुरु
RSG-2
२२ प्रतिशत लक्ष्य हासिल गरिने
बागेश्वरी पोस्ट
आइतबार, फागुन १६, २०७७ बागेश्वरी पोस्ट
डुडुवामा हात्तीपाइले रोग निवारण कार्यक्रम शुरु

डुडुवा (बाँके) । हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत् आम औषधि सेवन अभियान यस वर्ष पनि शुरु भएको छ । उक्त अभियानलाई सफल पार्न गाउँपालिकास्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी गरिएको छ । डुडुवा गाउँपालिका स्वास्थ्य शाखाद्वारा आज आयोजित कार्यक्रममा यस वर्ष सतप्रतिशत लक्ष्य हासिल गर्न हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाइने भएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले हात्तीपाइले रोगबाट बच्नका लागि औषधिको सेवन गर्न सबैलाई अनुरोध गर्दै गाउँटोलका आम नागरिकलाई औषधिको फाइदा र सेवनबारे सचेतना फैलाउन जरुरी रहेको बताउनुभयो । नागरिक सचेतनाका लागि हामी सबै जनप्रतिनिधि, शिक्षक, नागरिक अगुवाको भूमिका बढी प्रभावकारी भएकाले यो अभियानलाई सफल बनाउनमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । स्वास्थ्य कार्यलय बाँकेका प्रमुख धीरजंग शाहले निर्धक्कका साथ औषधि सेवन गर्न आग्रह गर्दै कुनै पनि भ्रमका पछि नलाग्न अनुरोध गर्नुभयो । उहाँले विगत वर्षदेखि नियमितरुपमा कार्यक्रम संचालन भएपनि बाँके जिल्लाले सतप्रतिशत उपलब्धि हासिल गर्न नसकेकोप्रति चिन्ता व्यक्त गर्दै यस वर्ष लक्ष्य हासिल गर्न सबैको भूमिकाको आवश्यकता रहेको बताउनुभयो । कार्यक्रममा स्वास्थ्य शाखाका सहसंयोजक विरेन्द्र घलेले औषधि सेवनका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक, कर्मचारी, नागरिक समाज लगायतको सहभागिता रहेको थियो । बाँकेमा यही चैत्र २० गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने कार्यक्रम रहेको छ । डुडुवा गाउँपालिकाले अहिलेसम्म ७७ प्रतिशत उपलब्धि हासिल गरिसकेको छ भने सतप्रतिशत लक्ष्य हासिल गर्न यस वर्ष २२ प्रतिशत पूरा गर्ने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवाका करिब ४४ हजार नागरिकलाई औषधि खुवाइनेछ । त्यसका लागि ४२ जना कर्मचारी र ६० जना महिला स्वास्थ्य स्वयंसेविका खटाइनेछ ।


प्रकाशित मिति: आइतबार, फागुन १६, २०७७  १९:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP