नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • महिला तथा किशोरीका लागि नेपालगञ्जमा आत्मसुरक्षा तालिम शुरु
महिला तथा किशोरीका लागि नेपालगञ्जमा आत्मसुरक्षा तालिम शुरु
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २१, २०७७ बागेश्वरी पोस्ट
महिला तथा किशोरीका लागि नेपालगञ्जमा आत्मसुरक्षा तालिम शुरु

नेपालगञ्ज । महिला तथा किशोरीहरुका लागि तीन दिने आत्मसुरक्षा तालिम आजदेखि नेपालगञ्जमा शुरु भएको छ । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका मूल समरोह समितिको आयोजनामा महिलाहरुका लागि तीन दिने तालिम शुरु गरिएको हो ।

तालिमको उद्घाटन शत्रमा बोल्दै बरिष्ठ प्रहरी उपरिक्षक किरण रााणाले शारीरिक र मानसिकरुपमा सक्रिय हुनुले महिलाहरुलाई आत्मसुरक्षामा सहयोग पुग्ने बताउनुभयो । उहाँले किशोरी तथा महिलाहरु यस सृष्टिको सबैभन्दा बलवान व्यक्ति भएकाले आफूलाई कहिल्यै पनि पुरुष भन्दा कमजोर नठान्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।

'महिलाहरु यस सृष्टिका अमूल्य शक्ति हुन्', बरिष्ठ प्रहरी उपरिक्षक राणाले भन्नुभयो, 'जुन शक्ति र क्षमता महिलालाई सृष्टिले दिएको छ, त्यो अरु कसैलाई पनि दिएको छैन, यसर्थ आफ्नो मनोबल जहिले पनि उच्च राख्नुपर्छ । तालिमले खासगरी बिधि प्रक्रिया सिकाउने भए भनि त्यसलाई आवश्यकता परेको समयमा उपयोग गर्न भने आत्मबल र मानसिक तयारीले मात्र गर्न सकिन्छ । त्यस कारण जतिबेला पनि प्रतिरक्षाका लागि सक्रिय रहनहोस् ।'

उद्घाटनमा बोल्दै नेपालगञ्जकी उपमयेर उमा थापा मगरले महिला तथा किशोरीलाई आत्मसुरक्षा तालिमले आफ्नो सुरक्षाका लागि प्रतिरक्षा गर्न सिकाउने आशा व्यक्त गर्नुभयो । उहाँले राज्यले महिलालाई सुरक्षा, समाबेशिता, सहभागिताको हिसाबले धेरै व्यवस्था गरेको भएपनि स्वयंको असक्षमताले कार्यान्वन गर्न नसकिने भएको हुँदा सक्षमता आवश्यक रहेको बताउनुभयो ।

'यो समाजले पनि महिला तिमी कमजोर हौ, तिमी कसैको इसारामा चल्नुपर्छ भन्ने सोच हालिदिएको छ ।' उपमेयर थापाले भन्नुभयो, 'यही सोचकै कारण महिलाले आफूलाई कमजोर ठान्ने अवस्था छ । यही कमजोरीपनका कारण महिलामाथिको हिंसा, हत्या, बलात्कार जस्ता अपराध भएका छन् । यो यस्ता सोचलाई कम गर्दै हाम्रो आत्मबल बढाउने यो कार्यक्रमको उद्देश्य छ ।'

कार्यक्रममा गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका प्रमुख महिला बिकास अधिकृत शोभा शाह, इन्प्रोकका अध्यक्ष तेज बिक्रम शाह, स्वास्थ्य तथा शिक्षा बिकास केन्द्रका उपाध्यक्ष गणेश प्रसाद भट्टराई लगायतको उपस्थितिमा तालिमको शुभारम्भ कार्यक्रमलाई महिला तथा बालबालिका शाखा अधिकृत मञ्जु पाण्डेले संचालन गर्नुभएको थियो ।

आत्मसुरक्षा तालिम २३ गतेसम्म संचालन हुनेछ । सहभागीहरुको सहजताका लागि पहिलो सिफ्ट बिहान ७ देखि १० बजेसम्म र दोस्रो सिफ्ट २ देखि ५ बजेसम्म संचालन गरिएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने राष्ट्रिय नाराका साथ यही मार्च ८ का दिन परेको महिला दिवस मनाउन नेपालगञ्जमा खुल्ला वक्तृत्वकला प्रतियोगिता, आत्मसुरक्षा तालिम, फुटसल प्रतियोगिता, र्याली तथा व्यानर प्रदर्शन र दिप प्रज्वलनका कार्यक्रम तय गरिएका छन् ।


प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  १३:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP