नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • लैंगिक हिंसा विरुद्ध सम्वाद:स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड
लैंगिक हिंसा विरुद्ध सम्वाद:स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, फागुन २१, २०७७ बागेश्वरी पोस्ट
लैंगिक हिंसा विरुद्ध सम्वाद:स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड

नेपालगञ्ज । लैंगिक हिंसा नियन्त्रणका लागि स्थानीय सरकार थप जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा सम्वाद समूह बाँकेद्वारा आज नेपालगञ्जमा आयोजित लैंगिक हिंसा नियन्त्रणका लागि स्थानीय तह र सरोकारवाला निकाय विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् ।

'महिला नेतृत्व कोभिड-१९ को संसारमा समान भविष्यप्राप्ति' भन्ने मूल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका उपाध्यक्ष, न्यायिक समितिका संयोजक, सम्वद्ध सरकारी कार्यालयका प्रमुख, अधिकारकर्मी, सुरक्षाकर्मी, हिंसा विरुद्ध क्रियाशील संघसंस्थाका प्रतिनिधि, कानुन व्यवसायी, शिक्षक लगायतको सहभागिता रहेको थियो । बढदो यौन हिंसा नियन्त्रणमा स्थानीय सरकार र सरोकारवाला बीचको प्रभावकारी समन्वय र सहकार्य अनिवार्य रहेको आवश्यकता औंल्याइएको थियो । अधिकांश सहभागीरुले हिंसा नियन्त्रण र पीडितको न्यायका लागि सरोकार पक्षले आ-आफनो स्थानबाट अग्रसरता देखाएपनि प्रमुख दायित्व स्थानीय सरकारको भएकाले थप सम्वदेनशील र जिम्मेवार बन्नुपर्ने सुझाव दिएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख महिला विकास अधिकृत शोभा शाहले लैंगिक हिंसा, समग्र अवस्था, कानुनी प्रावधान र प्रयोग तथा सरोकारवीचको सहकार्यको पाटोमा कार्यपत्र प्रस्तुत गरेपछि व्यापक विमर्श गरिएको थियो ।

खजुरा गाउँपालिका उपाध्यक्ष एवं सम्वाद सदस्य एकमाया विकले यौन हिंसाका घटनामा पीडितलाई न्याय दिलाउन अनेकन चुनौति देखिएपनि सामूहिक सहकार्यबाटै हिंसा रोक्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता वासुदेव शर्माले हिंसाका घटनामा प्रहरीको अनुसन्धान प्रभावकारी बनाउन सकियो भने कानुनी कारवाहीमा समस्या नहुने स्पष्ट पार्नुभयो ।

जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख रामसुरेश यादवले शिक्षकमार्फत् पनि लैंगिक हिंसा नियन्त्रणका कार्यक्रम सञ्चालन गर्न सकिने भएकोले त्यस्ता कार्यक्रम सञ्चालनको बातावरण बनाउन आह्वान गर्नुभयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईद्वारा सहजीकरण गरिएकोे कार्यक्रममा जिल्ला वार अध्यक्ष जनक बहादुर शाही, जिल्ला कानुनी सहायता समितिका अधिवक्ता मान वहादुर बुढा, नेपाल मानव अधिकार संगठन बाँकेका सभापति अधिवक्ता प्रहलाद वहादुर कार्की, जिल्ला प्रहरी अन्तर्गत् जेष्ठ नागरिक सेवा केन्द्रकी प्रमुख श्यामा पाइजा मगर, भेरी अस्पताल एकद्वार संकट व्यवस्थापन केन्द्रकी प्रतिनिधि कविता पौडेल, भानु माविकी शिक्षिका गीता अर्याल, अधिकारकर्मी कमला पन्त लगायतले आ-आफनो विचार, अनुभव र सुझाव राख्नुभएको थियो ।


प्रकाशित मिति: शुक्रबार, फागुन २१, २०७७  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
लैङ्गिक हिंसा न्यूनीकरणका लागि अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP