नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, जेठ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शिक्षामा महिलाको पहुँचका लागि सम्वाद
शिक्षामा महिलाको पहुँचका लागि सम्वाद
बागेश्वरी पोस्ट
आइतबार, फागुन २३, २०७७ बागेश्वरी पोस्ट
शिक्षामा महिलाको पहुँचका लागि सम्वाद

नेपालगन्ज। शिक्षामा महिलाको पहुँचका लागि सरोकार पक्षबीचको सम्वाद र सहकार्य अपरिहार्य रहेको सम्वद्ध व्यक्तिहरुले बताएका छन् ।

अन्तराष्ट्रिय महिला दिवसका सन्दर्भमा सम्वाद सहयोगी समूह नरैनापुरद्धारा आइतबार नरैनापुरमा आयोजित शिक्षामा महिलाको पहुँच विषयक अन्तरक्रियात्मक सम्वादमा सहभागी सम्वद्ध सरोकार व्यक्तिहरुले सो कुरा बताएका हुन् । महिला नेतृत्व कोभिड १९ को संसारमा समान भविश्यप्राप्ती भन्ने मुल नाराका साथ भएको कार्यक्रममा स्थानीय तहका जनप्रतिनीधी, शिक्षा सम्वद्ध अधिकारी, प्राध्यापक, अभिभावक, विद्यार्थी लगायतको सहभागीता रहेको थियो ।

४० हजार जनसंख्या रहेको नरैनापुको शैक्षिक स्तर वृद्धि गर्न अनेकन चुनौती रहेका बेला महिलाको शिक्षामा पहुँच नबढाइकन समग्र स्थिती सुधार नहुने पाइएपछि सरोकारबीच सम्वाद बढाइएको हो । शिक्षामा महिलाको पहुच अभिवृद्धिका लागि एकल पहलले मात्र सम्भव नहुने भन्दै सम्वद्ध विज्ञहरुले स्थानीय सरकारकै अगुवाईमा सरोकारवाला पक्षबीच प्रभावकारी सम्वाद र सहकार्यको आवश्यक्ता औल्याएका हुन् ।

नरैनापुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण कुमार थारुले गाउँपालिकाको समग्र शैक्षिक अवस्था, गरिएका पहल र आगामी योजनाबारे कार्यपत्र प्रस्तुत गर्नु भयो। उहाँले छात्राको विद्यालयमा पहुच अभिवृद्धिका लागि प्रोत्साहन गर्ने कार्यक्रम ल्याइएपनि कोभिड १९ काकारण प्रभावित भएको बताउनु भयो। नरैनापुर गाउँपालिका उपाध्यक्ष जयन्ती श्रीवास्तवले महिला केन्द्रीत शैक्षिक कार्यक्रम ल्याउन पहल गरिने विश्वास दिलाउनु भयो।

नरैनापुर गाउँपालिका वडा नं ३ का अध्यक्ष राजकुमार मौर्यले अभिभावकको साेंच परिवर्तन गर्ने कार्यक्रमदेखि छात्रालाई प्रोत्साहन र सेवा सुविधाका कार्यक्रम प्रदान गर्नु पर्ने सुझाव दिनु भयो । नरैनापुर महिला तथा बालबालिका शाखा प्रमुख कृष्णा कुमारी चन्दले महिला तथा बालबालिकाको शिक्षाका लागि वडातहमै प्रयाप्त वजेट छुटयाएर कार्यान्वयन गरिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नरैनापुर गाउँपालिका वडा नं ६ का अध्यक्ष विरेन्द्र पाल सिंह, वडा नं २ का अध्यक्ष मसुद अहमद शाह, आदर्शमाविका प्राध्यापक त्रीलोकी नाथ मौर्य, महेन्द्र माविका प्राध्यापक सन्तोष तिवारी, सशस्त्र प्रहरी निरिक्षक नरेश सुवाल वाटा, वडा नं १ र २ का सचिव लक्ष्मीकान्त मिश्रा, वडा नं ६ सचिव जीवनलाल यादवले शिक्षाको विकासका लागि आपसी समन्वय र सहकार्यलाई बढाइनु पर्ने सुझाव दिनुभयो ।

सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले कार्यक्रमको उदेश्य र महत्वमाथि प्रकाश पार्दै शैक्षिक सम्वादको आवश्यक्तामा जोड दिनुभएको थियो । सम्वाद सहयोगी समूह नरैनापुरका सहजकर्ता मकबुल मुकेरीद्धारा सहजीकरण गरिएको कार्यक्रममा शिक्षासँग सम्वन्धि कानून नीती कार्यान्वयनमा जोड दिने, शिक्षामा महिला पहुच अभिवृद्धिका लागि सचेतना र प्रोत्सानका कार्यक्रम सञ्चालन गर्ने, विद्यालय, अभिभावक, जनप्रतिनीधीबीचको सम्वाद र सहकार्य बढाउने, गाउँपालिकालाई साक्षार घोषणाका लागि सशक्त भूमिका निर्वाह गर्ने लगायतका प्रतिवद्धता पनि व्यक्त गरिएको छ ।


प्रकाशित मिति: आइतबार, फागुन २३, २०७७  १७:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP