नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विदेशबाट फर्किएपछि कृषि खेतीमा रमाउंदै राप्तीसोनारीका वली
विदेशबाट फर्किएपछि कृषि खेतीमा रमाउंदै राप्तीसोनारीका वली
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत ७, २०७७ बागेश्वरी पोस्ट
विदेशबाट फर्किएपछि कृषि खेतीमा रमाउंदै राप्तीसोनारीका वली

श्याम बिष्ट/नेपालगन्ज। राप्तीसोनारी गाँउपालिका वडा नं १ कुशुम बाघखोरका झग्गु प्रसाद वलीले ३ वर्ष विदेशी भूमिमा पसिना बगाए । वैदेशिक रोजगारीका लागि सन् २०१४ मा मलेसियाको मलकामा पुगेका थिए ।

केही वर्ष विदेशमै काम गरेर ६ वर्षअघि स्वदेश फर्किए । विदेश जानुअघिदेखि वलीले डेढ विगाह कागतीका बेर्ना लगाएर गएका थिए । उनी विदेशमा छँदा त्यो काम पत्नीले सम्हाल्दै आइन् । छोरा/छोरी हुर्काउँदै कागतीका बेर्नाहरु स्याहार गरिन् ।

वलीलाई कागती खेतीप्रति रुची जगाउने र मनग्ये आम्दानी हुन्छ भन्ने प्रेरणा दिने राप्तीसोनारी गाँउपालिका वडा नं १ का मेदलाल वलीले दिएका थिए । कागती खेतीबाट राम्रो आम्दानी हुन्छ भन्नेमा झग्गुलालले विश्वास गरेका थिएनन् । तैपनी प्रेरणाको श्रोतका रुपमा रहेका मेदलालले सल्लाह दिएपछी कागती पेशा शुरुवात गरेका थिए ।

झग्गु प्रसादले विदेशमा गर्नुपरेको परिश्रमका बारेका पूर्ण जानकार छन् । १२ घण्टाको कडा मेहनेत र परिश्रमले आफ्नो खर्च कटाएर महिनाको २०/३० हजार घरमा पठाउथे ।तैपनी उनी खुसी थिएनन् । घरपरिवार देखी टाढाँ र समाजदेखी टाढा बिनारो मुलुकमा काम गर्नुपर्दाको पीडा थियो। विदेशमा गर्नुपर्ने मेहनेत आफ्नै जन्मभुमीमा गर्नुपर्छ भन्ने सोच वलीलाई आयो । वैदेशिक रोजगारबाट फर्केपछी आफुले लगाएका कागतीका बेर्नाहरुलाई संरक्षण गर्दै एक युवा सफल व्यवसायी बन्ने परिकल्पना गरे ।

२०६९ सालमा कागती खेती शुरुवात गरेका वली अहिले बार्षिक ६ लाख भन्दा बढि आम्दानी गर्न सफल भएका छन् । राप्तीसोनारी गाँउपालिका वडा नं १ बाघखोरमा उत्पादन भएका वलीका कागतीहरुको बजार अहिले घोराई, लमही, तुल्सीपुर,काठमाण्डौ, पोखरा र समेत पुग्ने गर्दछ् । वलीले शुरुवात गरेको कागती पेशाबाट उनीमात्र रोजगार नभएर ६ जना युवाहरुलाई रोजगार समेत दिन सफल भएका छन् ।

कृषि क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका वलीलाई राप्तीसोनारी गाँउपालिकाले उत्कृष्ट कृषकको रुपमा सम्मान समेत गरिसकेको छ । युवा कृषक वली भन्छन् विदेश भनेको क्षेणिक समयका लागी मात्र हो , दुख गर्नको लागी जाने हो । परिवार संग बसेर पैसा कमाउनका लागि त आफ्नै जन्मभूमीमा थुप्रै अवसरहरु छन् तर मेहनेत गर्नुपर्छ उनको भनाई रहेको छ । वलीको कागती खेतीबाट आकर्षण भएर राप्तीसोनारी गाँउपालिका वडा नं १ का अन्य कृषकहरु पनी उक्त पेशालाई निरन्तरता दिएका छन् ।

राप्तीसोनारी गाँउपालिका वडा नं १का प्रकाश घर्तिले अहिले ६ कठ्ठा जमिन भाडामा लिएर कागती खेती गरेका छन् भने राप्तीसोनारी १ कै इश्वरी वली ,दिलिप केसी पनी कागती खेती गरिरहेका छन् । प्रतिकेजी ८० देखी१ सय ३० रुपँया सम्म कागतीको कारोबार हुनेगर्दछ । भारतीय बजार संग स्थानिय स्तरमा उत्पादन भएको कागती खेती प्रतिस्पर्धाका लागि चुनौती समेत रहेको छ ।

राप्तीसोनारी गाँउपालिकाले समय समयमा कृषि क्षेत्रका लागि आवश्यक पर्ने सामग्रीहरु वलीले पाएको खुसी सुनाए । वलीका अनुसार कृषि क्षेत्रमा युवाहरुलाई आकर्षण गर्नका लागि स्थानिय तहले विभिन्न फरक फरक खालका प्रभावकारी कार्यक्रमहरु वडा स्तरमा ल्याउनुपर्ने उनको बुझाई रहेको छ । आफ्नै जन्मभूमीमा युवाहरुलाई परिश्रम गर्ने बातारण सिर्जना गर्न सकिएमा बेरोजगार भएर विदेश जानुपर्ने बाध्यता अन्त्य हुने वलीको भनाई रहेको छ ।

वलीले पछिल्लो समयमा कुखुरा पालन व्यवसाय गर्दै आएका छन् । कागती खेती फार्ममा कुखुरा पालन सहज हुनेभएकाले व्यवसायीक रुपमै कुखुरा पालनलाई पनि विशेष ग्राहयता दिने उनको सोचाई रहेको छ ।


प्रकाशित मिति: शनिबार, चैत ७, २०७७  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP