नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ठाकुरद्वारामा स्थानीय कुखुरा प्रबद्र्धनका लागि समन्वयात्मक गोष्ठी
ठाकुरद्वारामा स्थानीय कुखुरा प्रबद्र्धनका लागि समन्वयात्मक गोष्ठी
बागेश्वरी पोस्ट
मंगलबार, चैत ३१, २०७७ बागेश्वरी पोस्ट
ठाकुरद्वारामा स्थानीय कुखुरा प्रबद्र्धनका लागि समन्वयात्मक गोष्ठी

ठाकुरद्वारा(बर्दिया) । ग्रामीण तथा स्थानीय कुखुरा प्रबद्र्धनका लागि स्थानीय तहहरु तथा अन्तर प्रदेशसंग समन्वयात्मक गोष्ठी बार्दियाको ठाकुरद्वारामा सम्पन्न भएको छ ।

कुखुरा विकास फार्म खजुरा बाँकेको आयोजनामा भएको समन्वयात्मक गोष्ठीमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका स्थानीय तह तथा अन्तर प्रदेश कार्यालयहरुबाट सहभागिता रहेको थियो । गोष्ठीमा तीन वटा कार्यपत्र प्रस्तुत गरिएको थियो । लुम्बिनी प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख तुलसीराम भण्डारी, सुदुरपश्चिम प्रदेश भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख डा.हेमराज अवस्थी र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक डा.जितेन्द्र श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यस अवसरमा कुखुरा विकास फार्मका प्रबन्ध डा.शंकर न्यौपानेले फार्मले गरिरहेका गतिविधि र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो । डा.न्यौपानले चालू आर्थिक बर्षमा ७७ लाख राजश्व संकलन भएको जानकारी दिनुभयो । उहाँले यस अवधिमा २ लाख चल्ला उत्पादन भइसकेको समेत बताउनुभयो । गोष्ठीमा सहभागीहरुले समुदायमा ग्रामीण कुखुराको माग अत्याधिक रहेकाले चल्ला उत्पादनको क्षमतालाई थप बढाउनुपर्नेमा जोड दिएका थिए । तीन वटै प्रदेशमा ग्रामीण कुखुरा पुर्याउन सहकार्यमा पनि जोड दिइएको थियो । उनीहरुले सरकारी चल्ला किसानले नपाउँदा महंगो मूल्य तिर्नुपरेको भन्दै उत्पादन क्षमतालाई बढाउन सुझाब दिएका थिए ।

गोष्ठीमा बोल्दै प्रमुख अतिथि भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख भण्डारीले लुम्बिनी प्रदेश कुखुराको मासु र अण्डामा आत्मनिर्भरको अवस्थामा रहेको बताउनुभयो । उहाँले ग्रामीण कुखुराको बजारीकरण गर्न आवश्यक रहेको बताउनुभयो । ठाकुरबाबा नगरपालिकाकी उपप्रमुख कृष्णा कुमारी थारुले ग्रामीण कुखुरालाई प्रबद्र्धन गर्न आवश्वक रहेको भन्दै समन्वय र सहकार्यमा जोड दिनुभयो । उहाँले हरेक स्थानीय तहले ग्रामीण कुखुरा प्रबद्र्धन र व्यवसायीकरणमा यथेष्ट बजेट छुट्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय नेपालगञ्जका प्रमुख डा.माधव अर्यालले रैथाने कुखुराको संरक्षणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । गोष्ठीमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेका प्रमुख कमला अधिकारी, एकिकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरे, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीका प्रमुख डा.प्रवेज आलम लगायत स्थानीय तहका कर्मचारी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । गोष्ठीको अध्यक्षता पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा.हरि बहादुर कुँवरले गर्नुभएको थियो । 
पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ 
कुखुरा विकास फार्म खजुरा बाँकेले पोल्ट्री व्यवस्थापन सफ्टवेयर शुभारम्भ गरेको छ । कुखुरा, अण्डा तथा चल्लाको उत्पादन, वितरण, विवरण व्यवस्थित राख्न फार्मले सफ्टवेयर निर्माण गरी सञ्चालन गरेको हो ।

बर्दियाको ठाकुरद्वारामा आयोजित समन्वयात्मक गोष्ठीमा लुम्बिनी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपंक्षी विकास महाशाखाका प्रमुख तुलसीराम भण्डारीले सफ्टवेयर शुभारम्भको उद्घाटन गर्नुभएको थियो । सफ्टवेयर सञ्चालनमा आएसंगै कुखुरा विकास फार्मले गर्ने दैनिक कार्य विवरण उक्त सिस्टमले सहज बनाउनेछ । कुखुरा विकास फार्मको सहकार्यमा निन्जा इन्फोसिस प्रालिले उक्त सफ्टवेयर निर्माण गरेको हो ।


प्रकाशित मिति: मंगलबार, चैत ३१, २०७७  १७:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP