नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • अक्सिजन सिलिन्डरको अभावले भेरी अस्पतालमा केहीबेर तनाव
अक्सिजन सिलिन्डरको अभावले भेरी अस्पतालमा केहीबेर तनाव
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख ९, २०७८ बागेश्वरी पोस्ट
अक्सिजन सिलिन्डरको अभावले भेरी अस्पतालमा केहीबेर तनाव

नेपालगन्ज । नेपालगन्जको भेरी अस्पतालमा आज अक्सिजन सिलिण्डर आपूर्तिकर्ताले समयमै सिलिण्डर उपलब्ध नगराउँदा करिब २ घण्टा तनावपूर्ण स्थिति सिर्जना भएको छ । अक्सिजन सिलिण्डर सप्लायर्सको प्लान्टमा विद्युत् ट्रान्सफर्मर बिग्रिएपछि सिलिण्डर भर्न नपाउँदा आपूर्तिमा समस्या भएको बताइएको छ ।

अस्पतालका डा.पारस पाण्डेका अनुसार सप्लायर्सले ठूलो खालको सिलिण्डर समयमै उपलब्ध नगराउँदा अक्सिजन व्यवस्थामा केही चुनौती देखा परेको हो । उनका अनुसार स्टकमा सानो सिलिण्डर रहेकाले धेरै जटिल समस्या भने परेन । ‘ठूलो सिलिण्डर सबै खाली भएपछि हामीले सानो सिलिण्डर जोडेर बिरामीलाई अक्सिजनको अभाव हुन दिइएनौं,’ उनले भने, ‘तर, यो घटनाले विकल्प खोज्नुपर्छ र सतर्क रहनुपर्छ भनेर पाठ भने सिकाएको छ।’

कोभिड वार्डमा पछिल्लो समय बिरामीको चाप बढेसँगै दैनिक अक्सिजनको माग पनि बढेको छ । सामान्य अवस्थामा अस्पतालमा दैनिक १० देखि १५ वटा ठुला अक्सिजन सिलिण्डर मात्रै प्रयोग हुने भएपनि अहिले प्रतिदिन साढे २ सयदेखि ३ सयको हाराहारीमा सिलिण्डर खपत हुने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए ।

डा. थापाका अुनसार नेपालगन्जमा दुईवटा मात्रै अक्सिजन सिलिण्डर सप्लायर्स छन् । ती दुवैले भारतको एउटै कम्पनीबाट लिक्विड अक्सिजन आपूर्ति गरेर सिलिण्डर भरेर नेपालगन्जका विभिन्न अस्पतालमा दिने गर्छन् । नेपालगन्ज मेडिकल कलेज, विभिन्न नर्सिङ होम लगायत अन्य अस्पताललाई पनि ती दुई सप्लायर्सकै भरमा छन् ।  

 ‘हामीसँग अक्सिजन प्लान्ट नभएकोले अरुको भर पर्नु पर्दा अहिलेको अवस्थामा केही तनाव र चिन्ता बढेको छ,’ डा। थापाले भने, ‘माग अनुसार आपूर्ति भएन भने अक्सिजन नपाएर सिकिस्त बिरामीहरुको मृत्यु हुने खतरा नै हुन्छ।’उनका अनुसार अस्पतालसँग विकल्पको रुपमा एकैपटकमा ठूलो संख्यामा स्टक राख्ने क्षमता पनि छैन । दैनिक २०/३० सिलिन्डर ल्याउने, प्रयाग गर्ने अनि खाली सिलिण्डर फेरि भर्न प्लान्टमा पठाउने गरिन्थ्यो।

त्योभन्दा अर्को विकल्प नरहेको उनले सुनाए । डा. थापाले सिलिण्डर स्टक राख्ने ठाउँको समेत अभाव रहेको बताए । ‘त्यसमा पनि ठूला खाले सिलिण्डर नै धेरै संख्यामा छैन । सिलिण्डर भर्ने, लोड गर्ने झन्झटीलो प्रक्रिया छ,’ उनले भने, ‘अस्पतालले यसको विकल्पमा लिक्विड अक्सिजन ट्यांक राख्ने योजना बनाएको छ ।’

डा. थापाका अनुसार भारतमा नै धेरै अक्सिजन खपत भइरहेको अवस्थामा नेपालमा लिक्विड अक्सिजन आपूर्ति गर्न पनि चुनौति हुनसक्ने चिन्ता व्यक्त गरे । ‘बिरामी बढ्दै गएका छन् । अक्सिजन सप्लायर्सको विकल्प बेलैमा सोच्नु आवश्यक छ ।’ उनका अनुसार सप्लाई प्लान्टको क्षमता दैनिक चार सय सिलिण्डर भर्ने रहेको छ । अहिले भेरी अस्पतालमै ६० भन्दा बढी बिरामीलाई निरन्तर अक्सिजनको आवश्यकता रहेको छ । कान्तिपुरबाट।


प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP