नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति बाँकेले बुझायो ज्ञापनपत्र
नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति बाँकेले बुझायो ज्ञापनपत्र
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १०, २०७८ बागेश्वरी पोस्ट
नेपाली कांग्रेस कोभिड १९ अनुगमन समिति बाँकेले बुझायो ज्ञापनपत्र

नेपालगन्ज ।नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति, बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका तथा भेरी अस्पतालमा ज्ञापन–पत्र बुझाएको छ।

कोरोना महामारीको संक्रमण बढदै गईरहेको अवस्थामा बाँके जिल्लामा संक्रमितहरुको लागी आईशोलेसन कक्ष, प्लाज्मा र अक्सिजनको उचित ब्यवस्था गर्न माग गर्दै  ज्ञापन–पत्र बुझाइएको हो ।

समितिका संयोजक लक्ष्मीनारायण शाह नेतृत्वको टोलीले बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापन पत्र बुझाएको छ । कोभिड–१९ संक्रमणका कारण नेपालगन्ज उपमहानगरपालिका सहित जिल्लावासी त्रासमा बाँचिरहेको अवस्थामा संक्रमण पुष्टि भएका नागरिकको जिवन रक्षार्थ आवश्यक पर्ने सबै ब्यवस्थापन हुन नसकेको विषयमा समितिले गम्भिर चिन्ता रहेको ज्ञापन–पत्रमा उल्लेख छ ।

भेरी अस्पतालको पछिल्लो अवस्थाका विषयमा विभिन्न सञ्चार माध्यममा आइरहेका समाचारहरु प्रति पनि समितिले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अस्पताल प्रमुख डा. प्रकाश थापालाई भेटी ज्ञापन पत्र बुझाएको छ । 

नेपाल–भारत सीमाको जमुनाहा नाकामा हेल्थ डेस्कको उचित व्यवस्थापन, नगरमा रहेका अस्पताल तथा स्वास्थ्य केन्द्रमा अक्सिजन सहितको आइशोलेसन र प्लाज्माको अभाव देखिनु गम्भिर विषय रहेको जनाउँदै संक्रमण फैलावटको दरलाई नियन्त्रण तथा न्यूनीकरण गर्न सामाजिक संघ संस्था तथा नीजि क्षेत्र लगाएतका सरोकारवाला पक्षसँग समन्वय र सहकार्य गर्दै जिल्लावासी र यो क्षेत्रबाट आवतजावत गर्ने यात्रुहरुलाई सुरक्षित राख्न क्वारिन्टिन तथा आईशोलेसनको उचित प्रबन्ध गर्न, गराउन समितिले जोडदार माग गरेको छ ।

कोभिड–१९ महामारीको संक्रमण नियन्त्रणका लागी गरिने हरेक प्रयासमा नेपाली कांग्रेस कोभिड–१९ अनुगमन समिति बाँके सहकार्य तथा सहयोग गर्न सदैव तत्पर रहेको प्रतिवद्धता जनाउँदै नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्सेर राणालाई समेत भेटी समितिले ज्ञापन–पत्र बुझाएको छ ।

कोभिड–१९ नियन्त्रणका लागी गत वर्ष यस समितिले प्लाज्मा दान, स्वास्थ्य सुरक्षा सामाग्री वितरण लगाएतका काम गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP