नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, फागुन १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके कांग्रेसको माग
बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके कांग्रेसको माग
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २७, २०७८ बागेश्वरी पोस्ट
बाँकेलाई ‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न बाँके कांग्रेसको माग

नेपालगन्ज । नयाँ भेरियन्टसहित तिब्र रुपमा फैलिरहेको कोरोना महामारी नियन्त्रणका लागि बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न नेपाली कांग्रेस बाँकेले माग गरेको छ ।

नेपाली कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले यस्तो माग गरेको हो । बाँकेमा कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने कांग्रेसको निस्कर्ष छ । 

बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघिय सरकार र प्रदेश सरकार गम्भिर नै नभएको कांग्रेसको ठहर छ । यस्तै कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधी र दक्षजनशक्ति सहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ । अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति कांग्रेसले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै बिरामीहरु कोहीपनि उपचार पाउनबाट बञ्चित नहुने बातावरण बनाइदिन सरकारलाई जोडदार रुपले आग्रह गरेको छ । 

कोरोना महामारीको निहुँमा अस्पतालमा ननकोभिड बिरामीले समेत उपचार नपाईरहेको गुनासो आएको भन्दै कांग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन अनुरोध गरेको छ। कांग्रेस बाँकेका सभापति किरण कोईरालाको सभापतित्वमा बसेको उक्त बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ। कोरोनाको पिसिआर जाँच प्रक्रिया सहज बनाउनुपर्ने, पिसिआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिका स्तरमै स्वाब संकलनको ब्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ । 

अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न माग गर्दै रेम्डिसिबिर औषधी, स्यानिटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तिब्रता दिन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ । 

बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघिय सरकारलाई दवाव सिर्जना गर्न नेपाली कांग्रेस केन्द्रिय समितिलाई समेत बैठकले अनुरोध गरेको छ । कोरोना संक्रमितको उपचार गरिरहेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज, आईसोलेसन सेन्टर, अक्सिजन उद्योग लगायतको स्थलगत अनुगमन तथा निरीक्षण गर्ने निर्णय गरेको छ ।

आफ्नो मातहतका सम्पुर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधीलाई कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाईरसबाट सुरक्षित भएर बस्न कांग्रेस बाँकेले निर्देशन पनि दिएको छ । 

बैठकले कोरोना भाईरसबाट संक्रमित बिरामीको स्वास्थ्य लाभको कामनाका साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ ।

कोभिड सम्बन्धी स्वास्थ्य मापदण्ड पालना गरेर बसेको उक्त बैठकमा सभापति कोइरालाका साथै जिल्ला सचिवद्धय तप्त पौडेल र कपिलदेव शर्मा लगायतको उपस्थिती रहेको थियो । 


प्रकाशित मिति: सोमबार, वैशाख २७, २०७८  १८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP