नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँके कांग्रेसले भन्यो-'कोरोना विरामीलाई उपचारबाट बञ्चित नगर'
बाँके कांग्रेसले भन्यो-'कोरोना विरामीलाई उपचारबाट बञ्चित नगर'
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २८, २०७८ बागेश्वरी पोस्ट
बाँके कांग्रेसले भन्यो-'कोरोना विरामीलाई उपचारबाट बञ्चित नगर'

नेपालगन्ज । नेपाली कांग्रेस बाँकेले कोरोना संक्रमित बिरामी कसैलाई पनि उपचारबाट बञ्चित नगर्न आग्रह गरेको छ । जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका संयोजक एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेसले यस्तो आग्रह गरेको हो । 

अक्सिजनले धान्न नसकेको भन्दै अस्पतालले बिरामीलाई भर्ना समेत नलिएको भन्ने समाचारहरु सुन्नमा आएको भन्दै कसैलाई पनि स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र सबै नागरिकका लागि उपचारको सम्पूर्ण प्रबन्ध मिलाउनुपर्ने कांग्रेसको माग छ ।

अस्पतालमा कतिपय कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार सेवा पाउन नसकेको, भर्ना हुनका लागि घण्टौं समयसम्म प्रतिक्षा गर्नु परिरहेको, बिरामी भर्नामै पक्षपात हुने गरेको, पहुँच नपुगेका र अस्पतालमा समयमै भर्ना हुन नपाएका बिरामीले ज्यानै गुमाउनु परिरहेको जनगुनासो ब्यापक रुपमा आइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको कांग्रेसले जनाएको छ ।

कोरोना महामारीको निहुँमा नेपालगन्जका अस्पतालमा नन–कोभिड बिरामीले समेत उपचार नपाइरहेको गुनासो आइरहेको अवस्थामा सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन पनि अनुरोध गरेको छ । अस्पतालमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्राविधिकको दीर्घकालीन ब्यवस्थापन गर्न तथा रेम्डिसिभिर, स्यानीटाइजर, मास्क तथा खाद्यान्न र तरकारीमा कालोबजारी नियन्त्रण गर्न कांग्रेसले आग्रह पनि गरेको छ । 

कोरोना संक्रमित बिरामीको निःशुल्क उपचार ब्यवस्था मिलाउनुका साथै पिसिआर परिक्षणको कामलाई सहज र छिटो, छरितो बनाउन तथा स्थानीय तह (पालिकास्तर)सम्म स्वाब संकलनको ब्यवस्था चाँडो मिलाउन र अक्सिजन, औषधि र दक्ष जनशक्ति सहितको आइसोलेसन स्थापना गर्ने कार्यलाई जोड दिनुपर्ने जनाइएको छ । 

नयाँ भेरियन्टसहित तीब्र रुपमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को महामारीले बाँकेमा भयावह स्थिति उत्पन्न भइरहेको अवस्थामा दिनहुँ बढिरहेको कोरोना संक्रमण र मृत्युले पार्टीलाई स्तब्ध बनाएको कांग्रेसले उल्लेख गरेको छ । ध्यानाकर्षण पत्र बुझाउँदै जिल्ला सभापति किरण कोइरालाले कोरोना संक्रमितको उपचार, पिसिआर परिक्षणको दायरालाई बढाउन सुझाव दिनुभयो । कोरोना संक्रमितको उपचारका लागि आवश्यकता परेमा कांग्रेस बाँकेले नेपालगन्जस्थित आफ्नो पार्टी कार्यालयलाई आइसालेसन सेन्टर बनाउन दिने उहाँले सुनाउनुभयो । 

‘कोरोना संक्रमणको भयावह अवस्थालाई मध्यनजर गर्दै हामीले बाँके जिल्लालाई स्वास्थ्य आपतकाल घोषणा गर्न यसअघि नै माग गरिसकेका छौं, आफ्नो पार्टी कार्यालयलाई पनि आइसोलेसन सेन्टरको प्रयोग गर्न दिने निर्णय पनि गरेका छौं,’ उहाँले भन्नुभयो । सो क्रममा जिल्ला सचिव तप्त पौडेल, क्षेत्रीय सभापति रमेश गुप्ता, महासमिति सदस्य मेघराज ओली र जिल्ला कार्यसमिति सदस्य सुधान्सु कोइरालाले पनि प्रमुख जिल्ला अधिकारी गेलाललाई कोरोना संक्रमण नियन्त्रणबारे महत्वपूर्ण सुझाव दिनुभएको थियो ।


प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८  २१:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP