prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोरोना प्रभावित पत्रकारलाई भेट्दै बाँके प्रेस युनियन
कोरोना प्रभावित पत्रकारलाई भेट्दै बाँके प्रेस युनियन
banijya office
नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
मंगलबार, जेठ ११, २०७८ नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
कोरोना प्रभावित पत्रकारलाई भेट्दै बाँके प्रेस युनियन
बागेश्वरीपोस्टका प्रधान सम्पादक नवीन गिरीलाई निवासमै पुगेर स्वास्थ्य सामग्री दिँदै अध्यक्ष ओली

नेपालगन्ज । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित भएका पत्रकारसँग नेपाल प्रेस युनियन बाँकेले भेटघाट अभियान सुरु गरेको छ । 

nepalgunj 081-082

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको नेतृत्वमा मंगलबारबाट भेटघाट उक्त अभियान सुरु गरिएको हो । कोरोना भाइरसबाट संक्रमित भएर होम आइसोलेसनमा बसिरहेका, संक्रमण पश्चात निको भई घरमा पूर्ण स्वास्थ्य लाभ गरिरहेका र संक्रमणको जोखिममा रहेका पत्रकार तथा सञ्चारकर्मीलाई उहाँहरुको घर र सञ्चार संस्थामै पुगेर भेटघाट गरी स्वास्थ्य सामग्री (मास्क र स्यानिटाइजर) प्रदान गरिएको युनियन बाँकेका अध्यक्ष ओलीले बताउनुभयो । 

कोरोनाको ‘हटस्पट’ बनेको बाँकेमा फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकार तथा सञ्चारकर्मी अत्यन्त जोखिममा छन् । ‘बाँकेको स्थिति अझै पनि जटिल छ, परिस्थिति असहज हुँदा हुँदै पनि संक्रमित हुनुभएका र संक्रमण पश्चात निको भई पूर्ण स्वास्थ्य लाभ गरिरहनुभएका तथा जोखिममा रहनुभएका सहकर्मी साथी र अग्रजहरुलाई भेटेर उहाँहरुको अवस्था बुझ्न मन लाग्यो,’ ओलीले भन्नुभयो- ‘लामो समयको अन्तरालपछि भएको भेटघाटका क्रममा केही गफगाफ गर्न पाइयो, खाली हात भेट्नु भन्दा थोरै भएपनि स्वास्थ्य सामग्री प्रदान गरियो, यो अभियान जारी नै रहनेछ ।’

भेटघाटका क्रममा अध्यक्ष ओलीले सबैको पूर्ण स्वास्थ्य लाभको कामना गरेको र कुनै समस्या परेमा सम्झिन विशेष आग्रह गरेको युनियन बाँकेका सचिव विजय मल्लले बताउनुभयो । ‘पत्रकारको घर र काम गर्ने सञ्चार संस्थामा  पुगेपछि धेरैजना खुसी हुनुभयो, उहाँहरुले धन्यवाद पनि दिनुभयो,’ उहाँले भन्नुभयो । भेटघाटका क्रममा स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णरुपले पालना गरिएको मल्लले बताउनुभयो । युनियनले पत्रकार तथा सञ्चारकर्मीलाई भेटघाट गर्ने कार्यलाई निरन्तरता दिने उहाँले सुनाउनुभयो । युनियनले केही दिन अघि मात्र पत्रकारलाई मास्क र स्यानीटाइजर वितरण गरेको थियो । 

यसैबीच प्रेस युनियन बाँकेले कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझै पनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउन पत्रकार तथा सञ्चारकर्मीलाई अपिल गरेको छ । युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले मंगलबार एक अपिल मार्फत् यस्तो आग्रह गर्नुभएको हो । 

‘दोस्रो चरणमा नयाँ भेरियन्टको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९) को महामारी अझै नियन्त्रणमा आएको छैन, कोरोना महामारीको ‘हटस्पट’ बनेको बाँके जिल्लामा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो अस्पतालहरुमा संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको हो,’ अपिलमा भनिएको छ, ‘महामारी नियन्त्रण गर्नकै लागि बाँके प्रशासनले निशेधाज्ञाको समय थपिरहेको छ, यस्तो जटिल र कठिन परिस्थितिमा पनि आफू सुरक्षित भएर बाँकेका पत्रकार तथा सञ्चारकर्मीहरुले आफ्नो पेशागत दायित्व निभाइरहेको कुरा अविस्मरणीय छ, तसर्थ कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले अझै पनि सुरक्षित भएर आफ्नो पेशागत दायित्व निभाउनु हुन प्रेस युनियन बाँके शाखा पत्रकार तथा सञ्चारकर्मीमा पुनः  हार्दिक अपिल गर्दछ ।’

कोरोना संक्रमणबाट बाँकेमा खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक एवम सञ्चारकर्मी रइस साईको केही दिन अघि दुःखद् निधन भएको थियो । कोरोना संक्रमणबाट अहिलेसम्म जिल्लामा क्रियाशील २५ जना पत्रकार तथा सञ्चारकर्मी संक्रमित भइसकेका छन् । संक्रमित मध्ये धेरै जना निको भइसकेका छन् भने केहीले होम आइसोलेसनमा बसेर स्वास्थ्य लाभ गरिरहनुभएको छ । ‘कोरोना संक्रमणबाट ज्यान गुमाउनु हुने सञ्चारकर्मी साईप्रति पुनः हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु, साथै संक्रमित हुनु भएका र निको हुनुभएका सबै पत्रकार तथा सञ्चारकर्मीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दछु,’ अध्यक्ष ओलीले भन्नुभएको छ । 

कोरोना भाइरस महामारीका कारण पत्रकार तथा सञ्चारकर्मी साथीहरू कतै अप्ठ्यारोमा परेको भए, स्वास्थ्य सम्बन्धि परामर्शका साथै कुनै समस्या वा जटिलता भएको छ भने सहजताको लागि नेपाल प्रेस युनियन बाँके समन्वयकारी भूमिका खेल्न तयार रहेको उहाँले पुनः स्मरण गराउनुभएको छ । अपिलमा भनिएको छ, ‘यसका लागि जुनसुकै बेला पनि मलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ ।’ बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि कोरोना संक्रमणको निःशुल्क औषधि उपचारका साथै सहज र निःशुल्क रूपमा कोरोनाको पिसिआर परिक्षणको ब्यवस्था मिलाउन सरकारसँग युनियन बाँकेले जोडदार माग पनि गरेको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ ११, २०७८  २०:५४
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP