prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • पत्रकारको निःशुल्क पिसिआर गर्न प्रेस युनियन बाँकेको माग
पत्रकारको निःशुल्क पिसिआर गर्न प्रेस युनियन बाँकेको माग
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १३, २०७८ बागेश्वरी पोस्ट
पत्रकारको निःशुल्क पिसिआर गर्न प्रेस युनियन बाँकेको माग

नेपालगन्ज । पत्रकार तथा सञ्चारकर्मीका लागि विभिन्न माग राख्दै नेपाल प्रेस युनियन बाँकेले आज ‘जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र’ बाँकेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । 

केन्द्रका संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले उक्त पत्र बुझाएका हुन् ।  

प्रेस युनियनको ३१ औं स्थापना दिवसको सन्दर्भ पारेर बुझाइएको ध्यानाकर्षण पत्रमा  पिसिआर परिक्षणको कामलाई  छिटो, छरितो र सहज बनाउनुका साथै बाँकेका पत्रकार तथा सञ्चारकर्मीका लागि निःशुल्क रूपमा पिसिआर परिक्षण गरिदिनुपर्ने र कोरोनाबाट संक्रमित भएका पत्रकार तथा सञ्चारकर्मीको निःशुल्क रुपमा औषधि उपचारको ब्यवस्था मिलाउन माग गरिएको छ ।

‘रिपोर्टिङमा खटिने पत्रकार तथा सञ्चारकर्मीलाई कोरोना संक्रमणको पूर्व सावधानीका लागि पनि पिसिआर परिक्षण महत्वपुर्ण पक्ष हो, पिसिआर परिक्षण रिपोर्ट ढिलो आउँदा ब्यक्तिमा अन्यौलता छाउने र त्यो बेलामा यदि पोजेटिभ भएको भए अन्यलाई पनि संक्रमण फैलिन सक्ने जोखिम हुन्छ,’ ध्यानाकर्षण पत्रमा उल्लेख छ । 

जटिल र कठिन परिस्थितिमा पनि उच्च जोखिम मोलेर बाँकेका पत्रकार तथा सञ्चारकर्मीले आफ्नो पेशागत दायित्व निभाइरहेका र कोरोना संक्रमणको अवस्था यथावत नै रहेकाले रिपोर्टिङमा खटिने पत्रकारहरु असुरक्षित रहेको युनियनले जनाएको छ । युनियनको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘नयाँ भेरियन्टसहित दोस्रो चरणमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) महामारी अझै नियन्त्रण बाहिर रहेको र कोरोना महामारीको ‘हटस्पट’ का रुपमा चिनिएको बाँकेमा पहिलेको तुलनामा संक्रमण दर केही घट्दो अवस्था भएपनि दैनिकजसो संक्रमितको मृत्यु भने भइरहेको छ, अस्पतालमा संक्रमितको चाप थोरै मात्र घटेको छ, महामारी नियन्त्रण गर्नकै लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञाको समय थप गरिरहेको छ ।’ 

फ्रन्टलाइनमा रहेर समाचारका माध्यमबाट जनतालाई सु–सूचित गरिरहेका पत्रकार तथा सञ्चारकर्मीका लागि सरकारले कुनै पनि राहत प्याकेज/कार्यक्रम नल्याउँदा अत्यन्त दुःखी एवम् स्तब्ध भएको प्रेस युनियनले जनाएको छ । कोरोना संक्रमणबाट बाँकेस्थित खबर नेपालगन्ज डटकमका सम्पादक तथा प्रकाशक रईस साईको केही दिन अघि दुःखद् निधन भएको, कोरोना संक्रमणबाट अहिलेसम्म बाँकेका २७ जना पत्रकार तथा सञ्चारकर्मीहरु संक्रमित भइसकेको र संक्रमित मध्ये धेरै जना निको भएपनि केहीले होम आइसोलेसनमा बसेर स्वास्थ्यलाभ गरिरहेको युनियनले जनाएको छ । 

पत्र बुझाइसकेपछि युनियनका अध्यक्ष ओलीले जिल्लाका समग्र पत्रकारको गुनासा र सुझाव अनुसार ध्यानाकर्षण पत्र बुझाइएको भन्दै प्रेस युनियनले उठाएका मागलाई सम्बोधन गर्न आग्रह गरे । कोरोना महामारीमा फ्रन्टलाइनमा उभिएर काम गर्ने पत्रकारका लागि राहत कार्यक्रम तथा प्याकेज ल्याउन उनले सरकारलाई अनुरोध गरे ।

सो क्रममा प्रजिअ गेलालले माग सम्बोधनका लागि आफूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए । ध्यानाकर्षण पत्र बुझाउने क्रममा युनियनका जिल्ला सचिव विजय मल्ल, कोषाध्यक्ष मधु पौडेल, कार्यसमिति सदस्यद्वय नन्दलाल साहु र लक्ष्मी शर्माको पनि उपस्थिति रहेको थियो । 


प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP