नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, पुस १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • गेरुवाद्वारा ६ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
गेरुवाद्वारा ६ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, जेठ १७, २०७८ बागेश्वरी पोस्ट
गेरुवाद्वारा ६ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

नेपालगन्ज । गेरुवा ग्रामीण जागरण संघले कोभिड-१९ प्रतिकार्यका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एस एन भी नेपालको आर्थिक सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले आज जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेलाई ६ लाख ९ हजार ९ सय ४८ रुपैयाँ बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । 

एस एन भी नेपाल र गेरुवा ग्रामीण जागरण संघ बर्दियाको साझेदारीमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत् संचालित 'स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता परियोजना' अन्तर्गत् कोभिड-१९ प्रतिकार्यका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र मार्फत् नेपालगन्जको ६ वटा आइसोलेसन सेन्टर र २० वटा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । 

गेरुवा ग्रामीण जागरण संघ बर्दियाका अध्यक्ष कृष्णजंग शाहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको हो । स्वास्थ्य सामग्री ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारी गेलालले स्वास्थ्य संकटका बेला गेरुवाले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो । गेरुवाका अध्यक्ष शाहले गत वर्ष पनि कोभिड संकटमा साढे ३ करोड सहयोग गरेको जानकारी दिँदै यसपटक पनि अन्य पालिकाहरुलाई सहयोग जुटाउन लागिरहेको बताउनुभयो ।

सहयोग गरिएका स्वास्थ्य सामग्रीमा सेनीटाइजर ५ सय एमएल १३० पिस, सेनीटाइजर ५ लिटर १३० पिस, ह्याण्ड वास ७५० एमएल २०८ पिस, सर्जिकल मास्क ३ लेयर(५० पिस प्रति बकस) १०४ बक्स, फेस शिल्ड १३० पिस, स्प्रेयर टेंक १६ लिटर २६ पिस, हार्पिक १०४ पिस, चर्पी ब्रस १०४ पिस, पिपिई सेट ३० पिस, लाइफ ब्वाई साबुन २७०४ पिस छन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा गैर सरकारी संस्थान महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, नेपालगन्ज वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख राम बहादुर चन्द, जिल्ला आपतकालीन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवाली, गेरुवाका कार्यकारी निर्देशक हरि सुवेदी, कार्यक्रम संयोजक रामरुप कौशल, गफार अलि शेख लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: सोमबार, जेठ १७, २०७८  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
पत्रकार महासंघ बाँकेले पुस ६ गते रक्तदान कार्यक्रम गर्ने
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
दर्ता र नवीकरण नभएका इ-रिक्सामाथि नेपालगञ्ज उपमहानगरपालिकाद्वारा कडाई
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
शीतलहरको पूर्व तयारीका लागि नेपालगञ्जमा विषयगत छलफल
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
खजुरा क्षेत्रमा अवैध उत्खनन् गर्ने जेसीबीसहित १३  सवारी साधन नियन्त्रणमा
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP