prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरले ल्यायो नीति तथा कार्यक्रम, असार ९ गते बजेट आउने
नरैनापुरले ल्यायो नीति तथा कार्यक्रम, असार ९ गते बजेट आउने
banijya office
गाउँपालिकाले डाक्टर, इन्जिनियर र विज्ञान आफ्नै खर्चमा पढाउने
बागेश्वरी पोस्ट
आइतबार, असार ६, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरले ल्यायो नीति तथा कार्यक्रम, असार ९ गते बजेट आउने

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आज दशौं गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । कोभिड नियन्त्रण, शिक्षा, स्वास्थ्य, रोजगार, भौतिक पूर्वाधार विकास, कृषि, बाढी नियन्त्रणलाई प्राथमिकता दिएर नीति कार्यक्रम ल्याइएको छ । हालसम्म गाउँपालिकाले गरेका उपलब्धिहरु सहित नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ । अब आगामी ९ गते बजेट ल्याइने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । 

nepalgunj 081-082

यस्तो छ नरैनापुरको नीति तथा कार्यक्रम(पूर्ण विवरण)

१. कोभिड महामारी तथा प्राकृतिक बिपत्तिको असहज परिस्थितिले मानव समुदायका आवश्यकता र प्राथमिकताहरुलाई नै बदलिदिएको छ । यसले अर्थतन्त्र र समग्र शासन प्रकृयामा पनि गम्भीर असर परेको छ । यस्तो परिस्थितिमा हरेक तहका सरकारले आफ्नो तर्फबाट प्रवाह गरिने सार्वजनिक वस्तु तथा सेवाको पुनः प्राथमिकीकरण गर्नुपर्ने भएको छ । यस विषम् परिस्थितिबाट यसको असरलाई न्यूनीकरण गर्दै जनजीवनलाई कसरी नियमित तुल्याउने भन्ने कुरा अहिले विश्व सामू चुनौतिको विषय बन्न पुगेको छ । विश्वव्यापी महामारीका कारण उत्पन्न असहज परिस्थितिका बीच आज २०७८/०७९ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष सम्बोधन गरिरहँदा जनताको जीवन रक्षा र मुलुकको आर्थिक, सामाजिक जीवनको सुरक्षाको प्रश्नले म अत्यन्त गम्भीर भएको छु ।

२. कोभिड १९ को संकट विरुद्ध जुट्न स्थानीय तहहरुले सुरुवात चरणदेखि नै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्य सबैले अनुभूत गरेकै विषय हो । यसबाट नेपालमा स्थानीय सरकारको औचित्य समेत स्पष्टरुपमा स्थापित हुन पुगेको छ । विश्वव्यापी समस्याबाट सिर्जित प्रतिकूल परिस्थितिको सामना गर्नको लागि आगामी दिनहरुमा स्थानीय सरकारले आफ्ना प्रयासहरुलाई अझ बढी व्यवस्थित गर्नुपर्ने आवश्यकता छ । असहज परिस्थितिको निरन्तरता रहिरहेको विद्यमान अवस्थामा हाम्रो पालिकाले पनि विगत वर्ष जस्तो सामान्य प्रकृया र नियमित प्राथमिकता भन्दा अझ माथि उठेर नयाँ आवश्यकताका आधारमा आफ्नो नीति, कार्यक्रम तर्जुमा गर्नुपर्ने आवश्यकता देखिएको छ ।

३. यस चुनौतीपूर्ण घडीमा गाउँसभालाई सम्बोधन गरिरहँदा लोकतान्त्रिक गणतन्त्रात्मक राज्य प्रणाली तथा संघीय शासन प्रणाली स्थापनाको लागि भएका आन्दोलन र संघर्षमा बलिदान गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति उच्च सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । यसैगरी कोभिड १९ कोरोना भाइरसको कारणले ज्यान गुमाउनेहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै कोरोना संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

४. महामारी रोकथाम र नियन्त्रणको लागि अपनाइएको बन्दाबन्दी, भौतिक दुरी लगायतको कार्यको कार्यान्वयनमा अनुशासित भई सक्रियतापूर्वक सहयोग गर्नुहुने सम्पुर्ण नरैनापुरवासीहरुमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु । रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिनु हुने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी, जनप्रतिनिधि तथा व्यवस्थापन कार्यमा संलग्न सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु, हामीले जित्नै पर्ने यो रोग बिरुद्धको लडाईंमा सबैको थप ऐक्यवद्धता, सहकार्यता, धैर्यता, आत्मविश्वासको आवश्यकता रहेको छ। 'जीवन रहे जीवन सुधार्न र सिंगार्न सकिन्छ' भन्ने मान्यतालाई आत्मसाथ गर्दै यस महामारीका बिरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आह्वान गर्दछु ।

५. स्थानीय सरकार  स्थापना पश्चात् करिब ४ बर्षको अवधिमा ४ वटा नीति तथा कार्यक्रमहरुको माध्यमबाट संबिधान प्रदत्त अधिकार बमोजिमका कार्य जिम्मेवारीहरु व्यवस्थित र नतिजा उन्मुखरुपमा सम्पादन गरी स्थानीय सरकार खोजिने, देखिने  र भेटिने  सरकारको रुपमा स्थापित हुन सफल भएको छ । “सम्बृद्ध स्थानीय तह, खुशी जनता” को दिर्घकालीन सोच प्राप्त गर्न आर्थिक, सामाजिक  र सांस्कृतिक विकासका उद्देश्यसहित नीति र कार्यक्रम  व्यवस्थित रुपमा अघि बढाइएका बेला हामी महामारीका कारणले उत्पन्न परिस्थितिको  सामाना गर्न  बाध्य  भएका छौं ।

६. नेपालको संविधान, २०७२ ले शक्ति र अधिकार सम्पन्न स्थानीय तहको परिकल्पना गरेको भएता पनि पछि गएर विभिन्न कानुनको माध्यमबाट स्थानीय सरकारको अधिकारमा अंकुश लगाउन थालिएको तर हामी स्थानीय जनप्रतिनिधिहरुप्रति जनताको अपेक्षा धेरै नै भएको अवस्थामा जनताका चुलिँदा इच्छा, आकांक्षाहरु पूरा गर्नुपर्ने दायित्व हामी जनप्रतिनिधिमा विद्यमान छ ।
  
७. स्थानीय सरकारले प्रत्येक वर्षको आषाढ १० गतेभित्र बजेट तथा कार्यक्रम पेश गर्नुपर्ने कानूनी व्यवस्था भएकोले समयमै बजेट तथा कार्यक्रमको तयारी गर्नुपर्नेमा कोभिड १९ विश्वव्यापी संकटले चालू आर्थिक वर्षका कार्यक्रमहरुको कार्यान्वयन तथा अनुगमन गर्नुपर्ने, कर्मचारीहरुको अभाव रहेको विशिष्ट परिस्थितिमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रमबाट प्राप्त सिकाईलाई आधार मानेर प्रस्तुत नीति तयार परिएको छ ।

८. कोभिड संक्रमित बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको छ, कोभिड १९ को पहिलो लहरदेखि नै पालिकामा निःशुल्क एम्बुलेन्स सेवा सुचारु गरिएको छ, कोभिड १९ रोकथाम र नियन्त्रणको लागि प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा २५ सैयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालन गरिएको छ, आदर्श मावि लक्ष्मणपुरमा २५ शैयाको अक्सिजन सहितको आइसोलेसन केन्द्र तयारी अवस्थामा राखिएको छ । हालसम्म करिब १००० भन्दा बढीको पिसिआर परिक्षण, ८५० एन्टिजिन परिक्षण गरी नरैनापुरलाई कोरोनामुक्त बनाउन जिल्लामै अग्रस्थान हासिल गर्न सफल भएका छौँ ।

९. कोभिड १९ नियन्त्रणको लागि गरिएको प्रयास, हुलाकी सडकको कार्यमा तिव्रता ल्याउन गरिएको पहल, हुलाकी सडकदेखि गाउँ गाउँ टोल टोलसम्म वाटो जोडने काम, वारुण यन्त्र तथा एम्वुलेन्सको संचालन, सिंचाई तथा खानेपानी नल्का वितरण, उच्च आर्थिक अनुशासन कायम गरी अनियमिततामा नियन्त्रण, पूर्ण खोपयुक्त पालिका घोषणा, प्राथामिक स्वास्थ्य केन्द्रमा आकस्मिक सेवा संचालन, इन्टरनेटको सुविधा, हरेक वडा कार्यालय, स्वास्थ्य चौकी र समुदायमा गरिएको बिद्युतीकरण, अनलाइन मार्फत् व्यक्तिगत घटना दर्ताको सुरुवात, प्रशासनिक भवनको कार्य प्रारम्भ, १५ शैया हस्पिटलको डीपीआर तथा हस्पिटल निर्माणको लागि १८ करोड बजेटको सुनिश्चितता, गौशाला निर्माणको थालानी, करिब १०० जना कोरना संक्रमितको निःशुल्क उपचार, निःशुल्क एम्बुलेन्स सेवा संचालन, औद्योगिक ग्राम निर्माणको आवश्यक पहलका साथै स्थानीय सरकारलाई आवश्यक केही कानूनहरु निर्माण गर्नु स्थानीय सरकारले यस वर्षमा गरेको महत्वपूर्ण उपलव्धिको रुपमा हामीले लिएका छौं  । 

सदस्य ज्युहरु, 
अब म आ.व. २०७८०७९ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा पेश गर्दछु ।

१०. कोभिड १९ संक्रमणलाई न्यूनीकरण गर्ने  र क्रमशः रोकथाम तथा नियन्त्रणमा सफलता हासिल गरिनेछ, कोरोना बिरुद्धको खोप खरिदको लागि संघिय सरकार र प्रदेश सरकारसंग आवश्यक पहल गरिनेछ, आइसोलेसन संचालन, लक्षण देखिएका मानिसलाई  परिक्षण गरी उपचारको समुचित प्रबन्ध मिलाइनेछ ।

११. स्थानीय सरकार गठन भए पश्चात् सम्पादन गरिएका कार्यबाट कानुनी आधार, प्रशासन व्यवस्था र योजना प्रणाली लगायतका क्षेत्रमा कार्य पद्धतिको निर्माण भइसकेको अवस्थामा सार्वजनिक खरिद प्रक्रियालाई अझ वढी प्रतिष्पर्धी, पारदर्शी र गुणस्तरीय वनाउँदै वडा कार्यालय तथा विषयगत शाखाहरुको खरिद प्रशासनको क्षमता विकास गरी समृद्ध नरैनापुरको सोच पूरा गर्न जनअपेक्षा अनुरुप सेवा प्रवाह गरिनेछ ।

१२. गाउँपालिकाका सबै सडक पक्की गरिनेछ । कार्यपालिकाको कार्यालय तथा प्रत्येक वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरुको सेवा प्रवाहलाई सूचना प्रविधिमैत्री बनाउन आवश्यक बजेटको व्यवस्था गरिने छ ।

१३. नरैनापुर गाउँपालिका बाढी तथा आगलागीको उच्च जोखिममा रहेकोले गाउँ विपत् व्यवस्थापन योजनालाई कार्यान्वयन गरिनेछ । विपत् व्यवस्थापन इकाई तथा आपतकालीन कार्य संचालन केन्द्रमार्फत्  विपत् जोखिमलाद्ध बनाउने गरी गाउँ विकास गुरुयोजनालाई क्रमशः कार्यान्वयन गर्दै लगिनेछ । 'नमुना गाउँ आफैं बनाउँ' कार्यक्रम संचालन गरिनेछ, गाउँपालिकामा कृषि हबको निर्माण, व्यवसायिक एवम् रोजगारमुखी कृषि प्रणालिको विकास, औद्योगिक ग्रामको स्थापना गरी गाउँपालिकामा उद्यम ब्यवसायको प्रवद्र्घन गरिनेछ ।

१५. “स्वदेशमै  श्रम, स्वदेशमै पसिना” को नीति अनरुप कृषि क्षेत्रको  उत्पादन र उत्पादकत्व बृदद्धका  कायक्रम अघि  वढाइनेछ । कृषि प्राविधिक सेवा तथा उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गरिनेछ । कृषकलाई प्रोत्साहित नगरी कृषि क्षेत्रमा गुणात्मक परिवर्तन हुन नसक्ने कुरा अबगत नै छ, कृषकको मनोबल, आत्मसम्मान, प्रोत्साहन बढाउन कृषक पेन्सन कार्यक्रम संचालनमा ल्याइनेछ, आ.व २०७८/०७९ मा पहिलो चरणमा कृषक पेन्सन मापदण्डमा छनोट हुने ५०० जना कृषकलाई मासिक रु. ५०० का दरले पेन्सन उपलब्ध गराइनेछ, हालको अनुदान दिने प्रकियालाई  थप विश्वसनीय, प्रभावकारी र पहुँचमा बृद्धि हुने गरी परिस्कृत गरिनेछ । व्याज अनुदानको नीति अवलम्वन गरी कृषक सुलभ कर्जा उपलव्ध गराइनेछ । 

१६. 'म किसान नरैनापुरको सान' भन्ने नारासहित उत्कृष्ट कृषक, कृषक उद्यमी, कृषक समूह तथा कृषक सहकारीलाई अध्यक्ष सर्वउत्कृष्ट, उत्कृष्ट पुरस्कारको व्यवस्थापन गरी कृषकहरुको मनोबल उच्च गरिनेछ, प्रति परिवार १० वटा फलफुलका बिरुवा रोपे उक्त फलफूलका बिरुवा स्याहार भत्ता स्वरूप प्रति परिवार ५०० रुपैयाँ वितरण गरिनेछ  । 

१७. वैकल्पिक सडकका रुपमा रहेको नरैनापुर–अगैया सडकलाई शिघ्र निर्माण गर्नका लागि नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार तथा राप्तीसोनारी गाउँपालिकासँग समन्वय गरी वाटो विस्तार कार्यलाई अघि वढाइनेछ ।

१८. लैंगिक समानता, महिला सशक्तीकरण, लैगिक मूलप्रवाहीकरण र महिला सहभागिता वृद्धि गर्ने नीति प्रोत्साहन गरिनेछ । सामाजिक सुरक्षा भत्तालाई बैंकिङ्ग प्रणालीमा लगेर निरन्तरता दिइनेछ ।  जेष्ठ नागरिक सम्मान कार्यक्रम, वालवालिकाको सशक्तिकरण बालमैत्री स्थानीय शासन कार्यक्रम, दलित, विपन्न, अपांग एवम् युवा समेतलाई लक्षित गरी कार्यक्रम संचालन गरिनेछ । गाउँपालिका स्तरवाट निर्माण हुने सरकारी भवन अपांगमैत्री वनाइनेछ । 

१९. गाउँपालिकाबाट नेपालकै अन्य स्थानमा उच्च शिक्षा अध्ययन गर्न जाने विपन्न परिवारका महिलाहरुलाई अध्ययन सहयोगार्थ छोरी बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिनेछ । डाक्टर, इन्जिनियर तथा बिज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाइनेछ, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्नेछ  ।

२०. प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र, सर्पदंस उपचार केन्द्र तत्काल संचालन गरी आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न गरिनेछ  । स्वास्थ्य संस्थाहरुमा औषधि लगायत अन्य पूर्वाधारहरुले सुसज्जित गरी संविधान प्रदत्त नागरिकको आधारभूत स्वास्थ्यको हकलाई सुनिश्चित गरिनेछ । 

२१. प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, विद्यालयहरुको सुधार तथा गाउँपालिका भवन निर्माण लगायतका अत्यावश्यक पूर्वाधारहरुको निर्माणको कार्यान्वयन प्रक्रियालाई चुस्त दुरुस्त बनाउनका लागि आवश्यक ब्यवस्था मिलाइनेछ । 

२१. प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत् काममा आधारित पारिश्रमिकबाट शौचालय नभएका घरमा शौचालय स्थापना गरी घर घर शौचालय कार्यक्रम कार्यान्वयन गरिनेछ । एक घर एक शौचालय अनिवार्य गरिनेछ, आर्थिक बर्ष २०७८/७९ मा ६०० चर्पी निर्माण गरिनेछ, स्वच्छ, सफा नरैनापुर अभियानलाई सघनरुपमा अबलम्बन गरी हरेक घरपरिवारमा एउटा शौचालय हुनैपर्ने व्यवस्थालाई अनिवार्य गरिनेछ । खुल्ला दिसालाई दण्डनीय बनाइनेछ । सरसफाईमा वडा तथा बस्तीहरुबीचमा प्रतिष्पर्धाको वातावरण सिर्जना गरिनेछ । सरसफाईमा अब्बल ठहरिएका बस्ती तथा वडामा प्रोत्साहन स्वरुप थप बजेट व्यवस्था गरी पुरस्कृत गरिनेछ । पूर्ण सरसफाईमा दिगोपना कायम गरिनेछ, वन कार्यालयको समन्वय र सहयोगमा बृक्षारोपण कार्यक्रम संचालन गरी गाउँ बस्तीको हरियाली तथा सुन्दरतालाई थप मजबुत बनाइनेछ ।

२१. सवैका लागि शिक्षालाई मूर्तरुप दिन सवैका लागि अनिवार्य शिक्षाको नीति अनुरुप सवै वालवालिकालाई विद्यालय जाने वातावरण तयार गरिनेछ । हरेक गाउँटोलमा शिक्षा शैक्षिक सुधार समिति निर्माण गरिनेछ, आगामी आ.व.मा साक्षर पालिका घोषणा गर्न खोजी खोजी बनाउँ साक्षर अभियान संचालन गरिनेछ, उमेर पुगेका वालवालिकालाई विद्यालय भर्ना नगर्ने अभिभावक र भर्ना भइसकेका वालवालिकालाई विद्यालय नपठाउने अभिभावकलाई वडा कार्यालयवाट र गाउँपालिकावाट दिइने सेवा प्रवाहबाट बञ्चित गरिनेछ । बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई विद्यालय भर्ना गर्ने अभिभावक तथा सहयोग र समन्वय गर्ने शिक्षकलाई प्रोत्साहन गरिनेछ, पालिका भित्रका सम्पूर्ण शिक्षकलाई शैक्षिक दुतको रुपमा प्रयोग गरिनेछ  ।

२२. विद्यालय बन्द रहेको अवस्थामा नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम बैकल्पिक विधिहरुको प्रयोग गरी पठन पाठन सूचारु गर्न आवश्यक बजेट व्यवस्था गरिनेछ ।

२३. शिक्षक विद्यार्थी अनुपातका आधारमा शिक्षक दरबन्दीको मिलान तथा समायोजन गरिनेछ । विद्यार्थी नहुने, अति कम विद्यार्थी हुने तथा नजिकमा रहेको विद्यालयहरुलाई मर्जरमा लगिनेछ ।

२४. शिक्षा क्षेत्रलाई राजनीति मुक्त पारी निष्पक्षताको आधारमा राम्रो काम गर्ने शिक्षकलाई सम्मान गरिनेछ भने कर्तब्यच्यूत हुने शिक्षकलाई कारबाहीको दायरामा ल्याइनेछ । शिक्षकहरुको क्षमता अभिबृद्धि गर्न तालिम संचालन गर्ने तथा विद्युतीय शिक्षा प्रणालीका माध्यमबाट अध्यापन गर्ने व्यवस्था गरिनेछ । 

२५. गाउँपालिका भित्रका शिक्षित युवा युवतीलाई सरकारी सेवामा आकर्षण गर्न निःशुल्क लोक सेवा आयोग, शिक्षक सेवा आयोग तयारी  कक्षाहरुको व्यवस्था गरिनेछ । 

२६. गाउँपालिकामा एक प्राविधिक शिक्षालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरी आवश्यक पहल गरिनेछ । यस सम्बन्धमा संघीय तथा प्रदेश सरकारसँग तदारुकताका साथ माग गरिनेछ । जय किसान मा.वि.मा १२ कक्षा संचालनको लागि आवश्यक बजेट तथा जनशक्तिको ब्यवस्था गरिनेछ ।

२७. व्यवसायिक कृषि खेती गर्ने युवा कृषकहरुको गाउँपालिका स्तरीय संजाल बनाई तिनीहरुलाई अनुदान तथा सहयोगको ब्यवस्था गरिनेछ । १०० जना नमुना ब्यवसायिक कृषक उत्पादन गरिनेछ, अनुदान तथा सहयोग पाउने नियतले मात्र स्थापना भई अन्य समयमा निष्क्रिय रहने कृषक समूह, सहकारी तथा फर्महरुको पहिचान गरी कडा कारबाहीको दायरामा ल्याइनेछ ।

२८. नरैनापुर वाढीको उच्च जोखिममा रहेको र प्रत्येक वर्ष वाढीले खेतीयोग्य जमिन वगरमा परिणत गर्न भएको हुँदा वगर खेती गर्ने अश्वगंधा, मेन्था, खरभुजा, तरभुजा लगायतको व्यवसायिक कृषि खेती गर्न कृषि समूहलाई प्रोत्साहन तथा अनुदानको व्यवस्था गरिनेछ । सार्वजनिक जग्गामा कृषि हबको निर्माण गरी उत्पादन वृद्धि गर्दै खाद्यान्नमा आत्मनिर्भर गराउँदै लगिनेछ ।

२९. कृषिको पकेट क्षेत्र सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गर्ने र पकेट क्षेत्रमा व्यवसायिक कृषि खेतीलाई प्रोत्साहन गरिनेछ । छाडा पशु चौपायालाई नियन्त्रणको व्यवस्था गरिनेछ । यसै आ.व.मा अत्याधुनिक गौशालाको निर्माण गरी दिर्घकालीन रुपमा छाडा चौपाया नियन्त्रण गरिनेछ ।

३०. पशु नश्ल सुधारका लागि वाख्रापालन तथा गाई भैंसी पालनमा सक्रिय कृषि समूहको लागि प्रत्येक वडामा उन्नत जातको नश्ल भएका पशु वितरण गरिनेछ । नश्ल सुधार कार्यक्रम अन्तरगत् कृत्रिम गर्भाधारणका लागि आवश्यक मेसिन ल्यावको समेत व्यवस्था गरिनेछ ।

३१. सहकारीलाई उत्पादन तथा स्वरोजगार स्थापनातर्फ लक्षित गरिनेछ । सहकारी संस्थाहरुको नियमन तथा क्षमता अभिबृद्धि गरी कृषि विकासको मूल आधारको रुपमा सहकारी संस्थालाई स्थापित गरिनेछ । 

३२. राप्ती नदि तथा अन्य खहरे खोलाहरुमा प्रत्येक वर्ष आउने वाढीवाट हुने अति कटानलाई न्युनीकरण गर्न तटवन्ध निर्माण वा अन्य वैकल्पिक व्यवस्था गर्न प्रदेश सरकार र संघिय सरकारसँग समन्वय गरी उँचो स्थानमा एकिकृत वस्ती विकास आयोजना सुरु गर्न पहल गरिनेछ ।

३३. सामुदायिक वन क्षेत्रको खाली जमिनमा वृक्षारोपण गर्ने र सार्वजनिक वाटो दुवै किनारामा वृक्षारोपण गरी गाउँपालिकालाई सौन्दर्ययुक्त बनाई पर्यटन प्रबद्र्धन गरिनेछ  ।

३४. सरोकारवाला निकायसँग समन्वय गरी सामुदायिक विद्युतीकरणको कार्यक्रम अगाडि बढाइनेछ । 

३५. आठौ गाउँसभाले तय गरेका कतिपय नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ । खरिद प्रक्रिया पूरा गरी कार्य आरम्भ भई विविध कारणले काम सम्पन्न हुन नसकेका योजनाहरुलाई नयाँ आर्थिक वर्षको योजनाको अंग मानी निरन्तरता दिने तथा भुक्तानी प्रकृयामा लगिनेछ । स्थानीय कच्चा पदार्थ, सीप र प्रविधिको प्रयोग हुने र रोजगारी सिर्जना गर्ने गरी आयोजना छनौट गरिनेछ ।

३६. गाउँपालिकाभित्र रहेका परम्परागत कला, संस्कृतिको संरक्षण, सम्बद्र्धन गर्दै कुरिती, कुसंस्कारको अन्त्य गरिनेछ । बालविवाहलाई निरुत्साहित गरिनेछ । असल संस्कार र संस्कृतिलाई पर्यटन प्रबद्र्धनको माध्यमको रुपमा विकास गरिनेछ । 

३७. काम गर्ने उमेर र जोश जाँगर भएका युवायुवतीलाई व्यवसायिक तथा सिपमूलक तालिमको माध्यमद्वारा ५०० युवालाई स्वरोगार तथा रोजगारीमा आबद्ध गरिनेछ । 

३८. भ्रष्टाचार विरुद्ध शून्य सहनशिलताको नीति अबलम्बन गरिनेछ । न्यायिक समितिको क्षमता र क्रियाशीलता अभिबृद्धि गरी स्थानीय शान्ति, सद्भाव तथा मेलमिलापलाई स्थापित गरिनेछ । 

३९. व्यवस्थित भूउपयोगको नीति अबलम्बन गरी अव्यवस्थित तथा असुरक्षित बसोबास र सुकुम्बासी ऐलानी जग्गाको व्यवस्थापन गरिनेछ । सार्वजनिक सरकारी जग्गाको खोजी गरी अतिक्रमण हटाउने र नक्साङ्कन गर्ने कार्यलाई तिव्रता दिइनेछ ।

४०. नरैनापुर गाउँपालिका वडा नम्बर ४ जयरामपुर्वामा १५ शैयाको अस्पताल स्थापना गरिनेछ, अत्याधुनिक प्रशासकीय भवनको निर्माण सम्पन्न गरिनेछ । 

४१. विद्यालयहरुमा प्रविधिमैत्री शिक्षण तथा कक्षा संचालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ । प्राथमिक तहका विद्यालयमा छापमय कक्षा कोठाको निर्माण गरिनेछ ।

४२. गाउँपालिका स्तरीय खाद्य तथा पोषण योजना निर्माण गरी खाद्य र पोषणसँग सम्बन्धित सूचना र शिक्षामूलक सामग्रीको प्रकाशन र प्रशारण गरिनेछ ।

४३. पालिकाभित्र रहेका खरको छानालाई विस्थापित गर्ने कार्य अन्तरगत् क्रमशः आवश्यक अनुदान तथा सामग्री उपलब्ध गराई फुस (खरको) को छाना विस्थापित गर्दै लगिनेछ ।

४४. स्थानीय कच्चा पदार्थमा आधारित लघु तथा घरेलु उद्यमहरुको प्रवद्धन गर्न सीपमुलक तालिमको व्यवस्था गरी उत्पादित वस्तुको बजारीकरणको सुनिश्चितता प्रदान गर्न सहयोग पुग्ने गरी कार्यक्रम तथा बजेट व्यवस्था गरिनेछ ।

४५. विदेशबाट छर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरुमा रहेको सीपको विवरण रोजगार सूचना केन्द्रमा अध्यावधिक गरी त्यस्तो जनशक्तिलाई स्थानीय तहभित्र उपलब्ध हुने निर्माण सेवा, व्यवसाय, उद्योग, कृषि लगायतका क्षेत्रको रोजगार दातासँग समन्वय गरी रोजगारी प्रदान गर्न सहजिकरण गर्ने व्यवस्था मिलाइनेछ ।

४६. राष्ट्रिय र स्थानीय महत्वका खाद्य तथा पोषण सुरक्षामा सेवा पुर्याउने वाली वस्तुको साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम संचालन गरिनेछ ।

४७. सेवा प्रदायक संस्थाहरु मार्फत् लघु उद्यम विकास मोडलमा नयाँ लघु उद्यमी सिर्जना गर्ने व्यवस्था मिलाइनेछ ।

४८. दिवा खाजाका लागि विद्यालयलाई आवश्यक अनुदान उपलब्ध गराइनेछ ।

४९. व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली संचालनका लागि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको  प्रणाली सम्बन्धि वडाका कर्मचारीहरुलाई तालिम  दिई वडामा आवश्यक पर्ने इन्टरनेटको सुविधा उपलब्ध गराइनेछ । 

५०. आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई पर्यटन काजको व्यवस्था गरिनेछ, 'बारफानी बाबा सुन्दर ठाउँ नरैनापुर घुम्न जाऔं' अभियान संचालन गरिनेछ, नरैनापुर घुम्न आउने पर्यटकलाई सिमामा स्वागत गर्ने व्यवस्था मिलाईनेछ  ।  
    


प्रकाशित मिति: आइतबार, असार ६, २०७८  १७:५०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP