नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित
खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ९, २०७८ बागेश्वरी पोस्ट
खजुरा गाउँपालिकाको नीति कार्यक्रम पारित

खजुरा (बाँके) । खजुरा गाउँपालिकाको नवौं गाउँसभामा अध्यक्ष किष्मतकुमार कक्षपतिले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम पारित भएको छ । उपाध्यक्ष एकमाया विकको सभाध्यक्षतामा आजदेखि शुरु भएको गाउँसभामा अध्यक्ष कक्षपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष कक्षपतिले प्रस्तुत गरेको नीति कार्यक्रममा सभा सदस्य कान्तुराम गौतम, देउमाया थापा, भागीरथ सुनार, डिल्लीप्रसाद रेग्मी, हजुरा बलमेले छलफलमा भाग लिँदै सुझाव पेश गरेसंगै नीति कार्यक्रम सर्वसम्मतले पारित भएको हो ।

अध्यक्ष कक्षपतिले नागरिकको जीवनस्तरमा परिवर्तन गर्न उत्पादन सहयोगी भौतिक पूर्वाधारको विकास गर्ने, कृषि क्षेत्रको व्यवसायीकरण आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउँदै बहुआयामिक कृषि क्षेत्र विकासको नीति लिने, गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुँच स्थापित हुने गरी स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने, आधारभूत शिक्षालाई थप सुदृढ र गुणस्तर बनाउनेमा जोड दिनुभएको छ । त्यसैगरी वातावरण संरक्षण र विपत् व्यवस्थापनका लागि पूर्व तयारी र विपतको न्यूनीकरण गर्नुका साथै हाल भएको कोभिड १९ को रोगथाम र नियन्त्रण गर्ने, पर्यटन क्षेत्रको विकासको लागि अध्ययन गर्ने र पर्यटन प्रवद्र्धन गर्ने, चुस्तदुरुस्त सुशासनको प्रत्याभूति दिनका लागि जनप्रतिनिधि र कर्मचारीलाई नागरिकप्रति उतरदायी र जवाफदेही बनाउने, पारदर्शिता अपनाउने कुरामा विशेष जोड दिइएको छ ।

खजुराले मूल नीतिका रुपमा औद्योगिक ग्राम निर्माण र प्रदेश विश्वविद्यालय स्थापना गर्न विशेष कार्यनीति ल्याएर कार्यान्वयन गर्ने, वार्षिक, मध्यकालीन र दीर्घकालीन योजना बनाएर कार्यक्रम कार्यान्वयन गर्ने, राष्ट्रिय योजना, प्रदेश योजना, संघीय सरकार र प्रदेश सरकारको वार्षिक बजेटको लक्ष्य तथा उद्देश्य र नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्त गरेका प्रतिवद्धता समेतलाई मध्य नजर गरी गाउँपालिकाको योजना तथा कार्यक्रम तयार गर्ने, समावेशी र सहभागिता मूलक योजना तर्जुमा पद्धतीको अवलम्बन गर्दै प्राथमिकता प्राप्त योजना तथा क्रियाकलापहरु छनौट र कार्यान्वयन गर्ने नीति लिइएको छ । नागरिकलाई उद्यमशील र सीपमुलक बनाई रोजगारीको अधिकतम् अवसर सृजना गरी गरिबी न्यूनीकरण गर्ने, गाउँपालिकाको सिफारिशमा उद्यम गर्ने युवालाई १० देखि १५ लाख विना धितो ऋण वितीय संस्थामार्फत् उपलब्ध गराउने लगायतका महत्वपूर्ण कार्यक्रम समेटिएको छ ।

कृषि, पशुपालनमा अनुदान, शिक्षामा शतप्रतिशत भर्ना, सेनिटरी प्याड, अपांगता भएका विद्यार्थीलाई छात्रवृत्ति, वडा वडामा खेल गतिविधि, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन, अन्तर्राष्ट्रियस्तरमा सहभागी खेलाडीलाई सम्मान, स्वच्छ खानेपानीका लागि एक घर एक धारा, सांस्कृतिक र धार्मिक संरक्षण, लैंगिक समानताका लागि जेष्ठ नागरिक, महिला, वालवालिका लक्षित कार्यक्रम संचालन, बालमैत्री वडा घोषणाका लागि आवश्यक सूचक पूरा गर्ने, सडक लगायत पूर्वाधार विकास, फोरलेन मानखोलासम्म पुर्याउन पहल गरिने, विपत् व्यवस्थापनमा उचित बजेट विनियोजन गरिने, सामुदायिक भवनको निर्माण लगायतका कार्यक्रम ल्याएको छ ।

क्षेत्रगत कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, सहकारी, सामाजिक विकास, खेलकुद, खानेपानी तथा सरसफाई, संस्कृति, लैंगिक समानता तथा समावेशीकरण, न्याय, पूर्वाधार विकास वन वातावरण तथा विपत् व्यवस्थापन, सुशासन तथा संस्थागत विकास तथ्यांक तथा अभिलेखीकरण व्यवस्थापन, योजना तर्जुमा संस्थागत क्षमता विकास, राजश्व र वित्तीय व्यवस्थापनको लागि विभिन्न नीति र कार्यक्रम ल्याइएको छ । सभाध्यक्ष एकमाया विकले सभामा जनप्रतिनिधिको अब एक वर्ष मात्र बाँकि रहेकाले नीति र कार्यक्रममा टेकेर कार्यान्वयनमा जोड दिन सभा सदस्यहरुको ध्यानाकर्षण गराउनुभयो ।  
 


प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP