prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरले ल्यायो ४९ करोडको बजेट, शिक्षा र स्वास्थ्यमा साढे १८ करोड विनियोजन
नरैनापुरले ल्यायो ४९ करोडको बजेट, शिक्षा र स्वास्थ्यमा साढे १८ करोड विनियोजन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ९, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरले ल्यायो ४९ करोडको बजेट, शिक्षा र स्वास्थ्यमा साढे १८ करोड विनियोजन

(नरैनापुर), बाँके । नरैनापुर गाउँपालिकाले जिल्लामै सबैभन्दा पहिले बजेट ल्याएको छ । असार १० गतेभित्रै पालिकाले बजेट ल्याउनुपर्ने प्रावधान छ । बाँकेका अरु सबै पालिकाले भोलि बजेट ल्याउँदैछन् ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आज गाउँपालिकाको १०औं गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को ४९ करोड १ लाख ४६ हजार रकमको आयव्यय विवरण भएको वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

  • ४९ करोड १ लाख ४६ हजारको बजेट

बजेटमा नेपाल सरकार समानीकरण अनुदानतर्फ ११ करोड ५५ लाख, सशर्त अनुदानतर्फ १९ करोड २ लाख, विशेष अनुदानतर्फ १ करोड ४ लाख, समपुरक अनुदानतर्फ ४९ लाख, प्रदेश सरकार समानीकरण अनुदान ५४ लाख ३८ हजार, प्रदेश सरकार सशर्त अनुदान ८५ लाख ४४ हजार, प्रदेश सरकार विशेष अनुदानतर्फ ६० लाख, प्रदेश सरकार समपुरक अनुदान १ करोड ५० लाख र आन्तरिक श्रोत ५४ लाख ३० हजार हुने आय अनुमान गरिएको छ । त्यसैगरी व्ययतर्फ चालु खर्च ३० करोड ३ लाख ४६ हजार, पुँजीगततर्फ १८ करोड ९८ लाख गरी कुल जम्मा ४९ करोड १ लाख ४६ हजार हुने अनुमान गरिएको छ ।

व्ययतर्फ मुख्यगरी कृषितर्फ १ करोड ७३ लाख, उद्योगतर्फ २७ लाख र पर्यटनतर्फ १ करोड २० लाख गरी आर्थिक विकासमा जम्मा ३ करोड २० लाख विनियोजन गरिएको छ । त्यसैगरी सामाजिक विकासतर्फ २० करोड १५ लाख रकम विनियोजन गरिएको छ । शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी बजेट विनियोजन गरिएको हुँदा शिक्षा तर्फको बजेट १३ करोड ५६ लाख र स्वास्थ्यतर्फको बजेट ५ करोड ६ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताउनुभयो । त्यसैगरी पूर्वाधारमा १० करोड ७९ लाख, यातायात पूर्वाधारमा ७ करोड ५४ लाख, भवन, आवास तथा सहरी विकासतर्फ २ करोड ९७ लाख र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ५ करोड १८ लाख विनियोजन गरिएको छ ।

  • कृषिमा १ करोड ३० लाख, पर्यटनमा १ करोड २० लाख, सामाजिक विकास-२० करोड १५ लाख, शिक्षा-१३ करोड ५६ लाख  र स्वास्थ्यमा ५ करोड ६ लाख

उक्त बजेट तथा कार्यक्रम अन्तर्गत् 'ब्यवसायिक किसान:नरैनापुरको शान' अभियान सञ्चालनार्थ  कृषकलाई आधुनिक यन्त्र औजार, मल विउविजन एवं बजारीकरणमा १ लाख सम्मको नगद र वस्तुगत सहयोग गरी १०० जना नमूना कृषि ब्यवसायी सृजना गरिने र व्यवसायिक कृषकलाई बार्षिक उत्पादन र कारोबारका आधारमा मासिक २ हजार 'कृषक पेन्सन'को व्यवस्था गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

  • 'ब्यवसायिक किसान:नरैनापुरको शान' अभियान सञ्चालनार्थ बजेट विनियोजन

'One day stay at narainapur homestay' कार्यक्रम संचालन गर्दै व्यक्तिगत र  सामुहिक लगानीमा होमस्टे संचालन गर्ने युवा उद्यमीलाई जनही २ लाख सम्मको नगद र वस्तुगत सहयोग गर्ने गरी बजेट विनियोजन गरिएको छ । 'छोरी पढाउः अगाडि बढाउ' कार्यक्रमलाई अभियानको रुपमा संचालन, सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा १ देखि ३ सम्मका छात्रालाई मासिक २०० रुपैयाँ छात्राबृत्तिको व्यवस्था, कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने सबै छात्रालाई साइकलको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

  • होमस्टे संचालन गर्ने युवा उद्यमीलाई जनही २ लाख सम्मको नगद र वस्तुगत सहयोग

सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई नि:शुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, 'खोजी खोजी बनाऔं साक्षर' अभियान संचालन गरी गाउँपालिकाभित्र रहेका साक्षरले निरक्षरलाई साक्षर बनाउन प्रोत्साहित गरिने र एक जना निरक्षरलाइ साक्षर गराए बापत् २ सय रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराइनेछ ।

  • एक जना निरक्षरलाइ साक्षर गराए बापत् २ सय रुपैयाँ प्रोत्साहन स्वरूप उपलब्ध गराइने
  • सरकारी कोटामा डाक्टर, इन्जिनियर तथा विज्ञान बिषय अध्ययन गर्न चाहने बिद्यार्थीलाई नि:शुल्क अध्ययनको व्यवस्था मिलाइने, पढाईमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने

गाउँपालिका भित्रका सबै मूल सडक, सहायक गल्ली एवं कृषि सडकहरु पिसिसी, ग्राभेल र कालोपत्रेयूक्त गराई हिलो र धुलो मुक्त नरैनापूर निर्माण गर्ने, नरैनापुरका सम्पूर्ण सडकलाई ग्राभेल गर्नका लागि १ करोड विनियोजन गरिनुका साथै 'सफासुग्घर रोड' कार्यक्रम संचालन गरिने बजेटमा उल्लेख छ ।

  • सम्पूर्ण सडक ग्राभेल गर्न १ करोड विनियोजन

गाउँपालिकाबाट प्रदान गरिने हरेक सेवा, सुविधा एवं सहुलियतहरुमा महिला, दलित र अपाङ्गहरुलाई पहिलो प्राथमिकता दिई दलित समुदायका सबै बालबालिकालाई नि:शुल्क पोशाक र स्टेशनरीको व्यवस्था, पर्यावरण संरक्षण अन्तर्गत् दाउराको बढ्दो प्रयोगलाई निरुत्साहित, वनजंगलको विनास नियन्त्रण र गृहणी महिलाको सुस्वास्थ्यको लागि 'हरेक गृहिणी के भन्छःधुवाँरहित भान्छा' कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो ।

  • 'हरेक गृहिणी के भन्छःधुवाँरहित भान्छा' कार्यक्रमलाई अभियानकै रुपमा संचालन गरिने

स्वास्थ्य तथा सरसफाई अन्तर्गत् 'एक घर एक शौचालय' अनिवार्य गर्ने, हरेक टोल र वस्तीमा शिक्षा तथा सरसफाई समिति गठन र परिचालन गरिने, शिक्षा तथा सरसफाई कार्डको माध्यम अपनाई गाउँपालिकाले दिने सबै सेवा सुविधाबाट वञ्चित गरी कारबाहीको दायरामा ल्याइने उल्लेख गर्दै शौचालय निर्माण सहयोगका लागि वस्तुगत सहयोग गर्न ५० लाख व्यवस्था गरिएको छ ।

  • शौचालय निर्माण सहयोगका लागि वस्तुगत सहयोग गर्न ५० लाख

त्यसैगरी प्रथामिक स्वास्थ्य केन्द्र लक्ष्मणपुरमा अत्याधुनिक आँखा उपचार केन्द्र, सर्पदंश उपचार केन्द्र तत्काल संचालन गरी आकस्मिक कक्षलाई थप सुबिधा सम्पन्न बनाउने गरी बजेटमा सुनिश्चित गरिएको छ । बेरोजगार र सीप विहिनहरुका लागि सीपमूलक तालिम र आयआर्जन कार्यक्रम संचालन गर्ने बजेटमा उल्लेख छ । २५० जनालाई १०० दिन बराबरको रोजगारीको व्यवस्था गर्ने गरी बजेट ल्याइएको छ ।

  • २५० जनालाई १०० दिन बराबरको रोजगारीको व्यवस्था


प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
पत्रकार ओलीलाई ‘नयनराज रावल स्मृति पुरस्कार तथा सम्मान’
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
सहयात्री नेपालद्वारा नीलसागर र क्यान्सर पीडित महिलालाई नगद सहयोग
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
रेन परियोजनाबारे विपद जोखिम व्यवस्थापन सम्बन्धि जिल्ला स्तरीय परामर्श वैठक सम्पन्न
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
दिवंगत आफन्तको सम्झनामा नेपालगन्जमा सामूहिक गाईजात्रा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP