prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान निर्देशनालय खजुराद्वारा बोर बोका हस्तान्तरण
कृषि अनुसन्धान निर्देशनालय खजुराद्वारा बोर बोका हस्तान्तरण
banijya office
बागेश्वरी पोस्ट
बिहीबार, असार १७, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान निर्देशनालय खजुराद्वारा बोर बोका हस्तान्तरण

प्रियास्मृति गजमेर (दाङ) । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेले समुदायस्तरमा बोर बाख्राको प्रजनन स्टक स्थापना तथा बोर बोका हस्तान्तरण कार्यक्रम अन्तर्गत् आज दाङको लमही नगरपालिका वडा नम्बर ९ हर्दवामा पुगेर शतप्रतिशत शुद्ध बोर जातको बोका प्रदान गरेको छ ।

nepalgunj 081-082

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेका निर्देशक अमर बहादुर पुन मगरले लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीमार्फत् त्यहाँका स्थानीय किसानलाई बोका प्रदान गर्नुभएको हो । कार्यक्रममा किसानका तर्फबाट अम्मर कवँरले बोर जातको बाख्रा उत्पादनमा किसानको बढ्दो मागलाई सम्बोधन गरिदिएको भन्दै खुशी ब्यक्त गर्नुभयो । परम्परागतरुपले बाख्रापालन गर्दै आएको स्मरण गर्दै उहाँले भन्नुभयो-“अब ब्यवसायिक बन्नका लागि आधुनिकीकरण बन्नैपर्ने रहेछ ।"

त्यस्तै लमही नगरपालिका वडा नम्बर ९ का वडा सदस्य खिम बहादुर योगीले अब व्यवसायिक बाख्रापालक किसानहरुले बाख्राको बिमा कार्यक्रमलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो । नगरपालिकाले पनि बोर जातलाई फस्टाउनका लागि हरेक वर्ष किसानलाई बोर जातको बोका बितरण गर्दै आएको योगीले बताउनुभयो ।

निर्देशनालयका पशु डाक्टर चेतमान जिसीले बोर जातको बोका, बाख्रालाई लाग्ने रोग, रोगका प्रकार, रोग लागेमा उपचार कसरी गर्ने भन्ने बारे किसानलाई बताउनुभएको थियो ।

बोर जातको बोका हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालिकाका प्रमुख केसीले लमही नगरपालिका बाख्रा उत्पादनको अत्यन्तै राम्रो क्षेत्र भएको बताउनुभयो । "देश संघियतामा नजाँदै नेपाल सरकारले दाङको लमहीलाई बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । त्यति बेला अजेमेरी जातका बाख्राको वृद्धि विकास गरेका थियौं र पछिल्लो समयमा बोर जातको बोका किसानको रोजाईमा परेको छ"–प्रमुख केसीले भन्नुभयो ।

साथै केसीले बाख्राका लागि दाङको लमही उर्बरभूमी भएकोले बाख्रामै जोड दिन किसानलाई आग्रह गर्नुभयो । ब्यवसायिक किसानको बाख्रा पालनलाई लिएर वडाको रिहारमा दक्ष पशु प्राविधिक सहित पशु उपशाखा स्थापना गरेको उहाँको भनाई छ ।

अन्य खेतीपाती नहुने र पशुपालनका लागि उत्तम स्थान भएको हुँदा उन्नत जातको बोर बोका दिएर यहाँका किसानको आर्थिक स्थिति बलियो बनाउने उद्देश्यले बोका प्रदान गरेको कृषि अनुसन्धान निर्देशनालयका निर्देशक पुन मगरको भनाई छ । केही समयपछि हर्दवाका किसानलाई एक सय प्रतिशत क्षमता भएको माउ बाख्रा समेत दिने उहाँले बताउनुभयो ।

“हिजोका दिनमा जसरी गरिन्थ्यो त्यो तरिकाले हुँदैन, अब नयाँ र फरक तरिकाले पशु र कृषिलाई ब्यवसायीकरण गर्नुपर्छ”, उहाँले भन्नुभयो । कार्यालयको काम कृषि भए पनि किसानका लागि कृषि र पशुपालन एक अर्काको परिपूरक भएको हुँदा सहकार्य गरेको पुनले बताउनुभयो ।

किसानलाई प्राविधिक ज्ञानको बारेमा जानकारी हुनुपर्छ, किसानले आफ्नो आर्थिकस्तर बदल्नका लागि पशु पालनलाई पनि ब्यवसायिक गर्न जरुरी छ । बोर जातको बोका ७/८ महिना पालियो भने ४५/५० किलो तौल हुन्छ । सरकारी तौरबाट नेपालमा बाँकेको खजुरा र तनहुँको बन्दीपुरमा मात्र स्टक स्थापना गरेको छ ।

कृषि अनुशन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका निर्देशक पुन मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कृषि अनुशन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका पशु बैज्ञानिक जगन्नाथ बञ्जाडेको स्वागत मन्तब्य रहेको कार्यक्रमको सहजीकरण कार्यालयका प्राविधिक अधिकृत रबिन गिरीले गर्नुभएको थियो ।


प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  २१:३०
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP