नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • १० र १२ नेपालगञ्जका पहिलो बाल विवाहमुक्त वडा घोषणा
१० र १२ नेपालगञ्जका पहिलो बाल विवाहमुक्त वडा घोषणा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असार २६, २०७८ बागेश्वरी पोस्ट
१० र १२ नेपालगञ्जका पहिलो बाल विवाहमुक्त वडा घोषणा

नेपालगञ्ज । नेपालगञ्जका दुई वटा वडा आज नगरमै पहिलो बाल विवाहमुक्त वडा घोषणा भएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको वडा नम्बर १० र १२ लाई आज एक कार्यक्रमका बीच बाल विवाहमुक्त वडा घोषणा गरिएको हो ।

No description available.

नेपालगञ्ज उपमहानगरपालिकाको बाल अधिकार समितिले आवश्यक मापदण्ड पूरा गरेपछि यी दुई वडालाई बाल विवाहमुक्त घोषणा गर्न स्विकृति दिएको हो । २० प्रतिशत भन्दा कम बालविवाह भएको वडालाई बाल विवाहमुक्त वडा घोषणा गर्न सकिने निर्देशिका बमोजिम १० र १२ नम्बर वडालाई बाल विवाहमुक्त वडा घोषणा गरिएको हो । उपमहानगरको बाल अधिकार समिति संयोजक उपमेयर उमा थापा मगरले वडा नम्बर १० र १२ का वडा अध्यक्षलाई घोषणा पत्र प्रदान गरेपछि वडा नम्बर १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत र वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुवेदीले वडालाई बाल विवाहमुक्त भएको घोषणा गर्नुभएको हो ।

No description available.

No description available.

त्यस क्रममा वडाको सर्वेक्षण प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो । सामाजिक सरोकार सचेतन मञ्च (स्याक नेपाल)का बालविवाह रोकथाम परियोजना प्रमुख जगदिश थापाले वडा नम्बर १० र पत्रकार शंकर खनालले १२ नम्बर वडाको सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँहरुका अनुसार वडा नम्बर १० मा १०.७१ र वडा नम्बर १२ मा १२.२८ प्रतिशत बालविवाह छ । जिल्ला समन्वय समितिका संयोजक अजय कुमार श्रीवास्तवको प्रमुख आतिथ्यतामा सम्पन्न बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा बालविवाह मुक्त वडा घोषणाका लागि योगदान दिने विभिन्न कार्यालय, संघसंस्था तथा व्यक्तिहरुलाई सम्मानपत्र प्रदान गरिएको थियो ।

घोषणासभामा बोल्ने बक्ताहरुले बालविवाह समाजको कलंक भएकाले यसको अन्त्यका लागि सबैले हातेमालो गरेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए । नगरका दुई वटा वडा बाल विवाहमुक्त घोषणा गरेर सुखद् सुरुवात भएको बताउँदै बक्ताहरुले बालविवाह विरुद्धको अभियानलाई अझ सशक्त बनाउनुपर्ने बताएका थिए । घोषणा गरिएका वडामा प्रभावकारी कार्यान्वयन र अनुगमनको खाँचो पनि औंल्याइएको थियो । घोषणासभामा प्रमुख अतिथि श्रीवास्तव, उपमेयर थापा मगर, बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी, १० का वडा अध्यक्ष विन्दुभुषण बस्नेत, १२ का अध्यक्ष बुद्धिसागर सुवेदी, जिल्ला बाल क्लब सञ्जाल बाँकेका अध्यक्ष मेनुका रावत, बाल क्लब सञ्जाल वडा नम्बर १० का अध्यक्ष आदित्यसिंह थापा, वडा नम्बर १२ का अध्यक्ष मनिषा वली लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । बाँकेमा गैरसरकारी तहबाट प्लान नेपालको सहयोगमा स्याक नेपालले बालविवाह विरुद्ध काम गरिरहेको छ । 


प्रकाशित मिति: शनिबार, असार २६, २०७८  १६:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
सीपसँग जोडिँदै कोहलपुरका युवा
सीपसँग जोडिँदै कोहलपुरका युवा
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP