नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ५९५ थान मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रहरी प्रमुखको संलग्नता
५९५ थान मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रहरी प्रमुखको संलग्नता
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, साउन २८, २०७८ बागेश्वरी पोस्ट
५९५ थान मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रहरी प्रमुखको संलग्नता

काठमाडौं  । मोबाइल तस्करी प्रकरणमा लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मुकुन्दराज आचार्यको समेत संग्लनता रहेको भन्दै प्रतिनिधि सभाको बैठकमा  आचार्यलाई कार्वाहीको माग गरिएको छ।

गत साउन २२ गते रातीको ११ बजेको समयमा नवलपुर प्रहरीले चितवनका अर्जुन ढकाल र ईन्द्रलाल श्रेष्ठलाई ५९५ थान विभिन्न मोडलका मोबाइलसहित दुम्किबासबाट पक्राउ गरि  आवश्यक कारबाहीका लागि गरेर महेशपुर भन्सार पठाएको थियो ।

बरामद गरिएको मोबाइल र पक्राउ परेका व्यक्तिहरुलाई रिहा गराउन राजनीतिक रुपबाट ठूलो दबाब आएको कुरा बाहिर आईरहदा बिहिबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य एवं कांग्रेस  नेता देवेन्द्र राज कंडेलले लुम्बिनी प्रहरी प्रमुख मोबाइल तस्करी काण्डमा मुछिएको र इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको भन्दै भट्राचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भट्राचार हुने कसुर समेत गरेको भन्दै कारवाही गर्न माग गरेका हुन्। 


प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले व्यक्त गरेको घटना विवरण : 

साउन २२ गते नवलपरासी पश्चिम बर्दघाटमा  प्रहरी चेकजाँचका क्रममा ५९५ थान मोबाइल सहित २ जनालाई पक्राउ गरेको थियो । 

प्रदेश नम्बर ३ ०१ ०२३ च ५५४४ को सेतो पिकअपमा उनीहरुले अवैध मोबाइल तस्करी गरेर ल्याएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा आवश्यक कारवाहीका लागि राखिन्छ । चोरी पैठारी गरेको ल्याएको मोबाइल र सवारी साधानलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ व्यक्तिलाई छाडिएको थियो । 

प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना काट्दै दाउन्ने हुँदै गण्डकी प्रदेशको दुम्कीबासमा  इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइलसहित २ जना पक्राउ पर्छन् । 

जिल्ला प्रहरी कार्यालय कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाएपछि छाड्ने निर्देशन आएपछि छाडिएको बताउँछन् ।  घटना सार्वजनिक भएपछि ती प्रहरी जवानलाई निलम्बन गरियो । साउन २२ गते जिल्ला प्रहरी कार्यालय कावासोतीले कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो । 

पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ ।  लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले नवलपरासी जिल्ला प्रहरी कार्यालयमा एसपी भई काम गरेको अनुभव पनि रहेको छ। उनले आफू मातहत रहेका प्रहरी चौकीबाट मासिक निश्चित रकम उठाउने गरेको सांसद कँडेलले दावी गरे । 

बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वठा पुरस्कार पाएको नेता कँडेलले बताए । वाग्लेले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरी भएको उल्लेख गरे । 

साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसरी सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेमाथि माथिल्लो तहबाट मानसिक यातना दिएको र साउन २५ गते आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले–‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए । प्रहरी कार्यालयबाट २ सय मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भएको सांसद कँडेलले सदनमा जानकारी गराए । उनले २२ वर्ष प्रहरीमा सेवा गरेको इमान्दार प्रहरी भएको बताउँदै उनको लागि न्यायको माग गरे । 

सांसद कँडेलले मानसिक तनावमा रहेका उनले  बाटो काट्दा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिए पनि लुम्बिनी प्रदेश प्रमुख आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको दावी गरे । 

उनले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८५ को कसुर र तस्करी समेतको कसुरमा तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेन समेतको कलडिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटालाई आग्रह गरेका छ्न।हाम्राकुराबाट।


प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८  २१:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP