नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • फुल्टेक्रा माविले नयाँ भवन निर्माणको विवरण सार्वजनिक गर्‍यो
फुल्टेक्रा माविले नयाँ भवन निर्माणको विवरण सार्वजनिक गर्‍यो
बागेश्वरी पोस्ट
आइतबार, साउन ३१, २०७८ बागेश्वरी पोस्ट
फुल्टेक्रा माविले नयाँ भवन निर्माणको विवरण सार्वजनिक गर्‍यो

नेपालगन्ज । नेपालगन्ज  ६ फुलटेक्रास्थित प्रस्तावित बाबुराम लौघर महतो माध्यमिक विद्यालय फुलटेक्रा माविले नयाँ भवन तथा शौचालय निर्माण सम्वन्धि विवरण आज सार्वजनिक गरेको छ । 

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भरत वर्माको सभापतित्व एंव जिल्ला समन्वय समितिका संयोजक समेत रहनुभएका विद्यालयका कानुनी सल्लाहकार अजय श्रीवास्तवको प्रमुख आथित्यतामा नयाँ भवन तथा शौचालय निर्माणको विवरण सार्वजनिक गरिएको हो । 

भवन तथा शौचालय निर्माणको प्रगति, निर्माणको क्रममा आइ परेका समस्या तथा आर्थिक विवरण बारे वि. व्य. स. सदस्य ओम प्रकाश श्रीवास्तवले प्रकाश पारेका  थिए ।  

निर्माण सम्बन्धि प्रगति, निर्माणको क्रममा आई परेका समस्या तथा आर्थिक विवरण बारे वि. व्य. स. सदस्य ओम प्रकाश श्रीवास्तवले प्रकाश पारेका थिए । 

प्रमुख अतिथिको आसनबाट बोल्दै अजय कुमार श्रीवास्तवले स्थानिय नगरपालिकाले प्रस्ताव गरेमा यस विद्यालयलाई सक्दो सहयोग प्रदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए । 

बांकेको स्थानिय निजी गुठी श्री शिव पार्वती मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका पदाधिकारी विशेष रुपले जग्गादाता माधवराम वर्मा, ओम प्रकाश श्रीवास्तव बिच करिब दुई वर्ष देखिको सकारात्मक वार्ताको परिणामस्वरुप केही शर्त सहित करिब सात करोड मूल्य बराबरको जग्गाको भोगाधिकार विद्यालयलाई निःशुल्क प्राप्त भएको जानकारी कार्यक्रममा दिइयो । 

तत्कालीन बिनौना गाउँबासी स्वर्गीय लौघर महतोद्धारा  फुल्टेक्रा गाउंमा रहेको दुई कोठे भवन विद्यालयलाई प्रदान गरि संवत २०११ सालमा कक्षा ८ सम्मको फुल्टेक्रा मिडिल स्कूलको नामले विद्यालयको स्थापना भएको जानकारी पनि गराइएको थियो । 

जग्गा प्राप्ति पछि कम्तीमा पनि १७ कोठाको नयां भवन, शौचालय, निर्माणस्थलको जग्गा अत्यन्त खाल्टोमा रहेकोले माटो पटान तथा बाउण्ड्री वालको लागि दाताको खोजी गर्ने क्रममा नेपालगन्ज उमपहानगरपालिका शिक्षा, युवा तथा खेलकूद विकास महाशाखा एवं श्री युनेस्को बांकेलाई अनुरोध गरिएको थियो ।

सोही अनृुसार पालिकाले चारकोठे भवन दुई र शौचालय दुईको लागि आर्थिक सहयोग उपलब्ध गराएको हो । भवन निर्माणका लािग ३६ लाख तथा शौचालय निर्माणका लागि ७ लाख दिएको विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीवास्तवले बताए । 

भवन निर्माणकार्यको लागि स्टीमेटमा नभएको तर निर्माणको क्रममा नभै नहुने कार्य जस्तै पानीको व्यवस्थापन, विद्युत, पाईप, निर्माण स्थलमा निर्माणको काम आरम्भ गर्दा माटो पटान आदिमा लाग्ने खर्च विद्यालयले आफैले वेहोरेको पनि उनको भनाइ छ । उक्त कार्यक्रममा जग्गादाता माधमराम वर्मालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा  जग्गा दाता संस्थाका अध्यक्ष  माधबराम वर्मा, वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली बहादुर खडका, नेपाल पत्रकार महासंघ बाँकेका सचिब कमल डांगी, नेपालगन्ज  उपमहानगरपालिकाका प्राविधिक प्रमुक भुपेन्द्र बोहरा, इन्जिनियर चन्दन दास, सहायक इन्जिनियर शुभम वैश्य, विद्यालयका पदाधिकारी र स्थानीय हरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, साउन ३१, २०७८  १८:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP