नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको गाभरमा बाघको आतंक, निकुञ्जको टोली गाभर जङ्गलभित्र
बाँकेको गाभरमा बाघको आतंक, निकुञ्जको टोली गाभर जङ्गलभित्र
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ ३०, २०७८ बागेश्वरी पोस्ट
बाँकेको गाभरमा बाघको आतंक, निकुञ्जको टोली गाभर जङ्गलभित्र

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिका १ गाभरमा गत आइतबार साँझ एक जना "भैया" भनिने ४५ वर्षीय पुरुषलाई बाँके राष्ट्रिय निकुञबाट निस्केको पाटेबाघले मारेर खाएपपछि स्थानीयवासीहरु त्रसित बन्दै गएका  छन् । 

बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएर मान्छे खाने दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका १ का कांग्रेस नेता कमल कार्कीले बताए।  अहिले राप्तीसोनारी १ बाँकेका गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु बाघ आएर कतै झम्टिने पो हो कि भन्ने  डरले त्रसित अवस्थामा रहेको कार्कीले भने । मंगलबार पनि  स्थानीय बासिन्दाले दिउँसै बाघ गाउँ नजिकै राजमार्गमा ओहोरदोहोर गरिरहेको बताए । 

मान्छे खान दुई दिन अघिदेखि नै गाभर सडकको वरपर दुई पाटेबाघ घुमिरहेको पाइएको स्थानीयवासीहरुले बताए । मान्छे खाएको भोलिपल्ट मात्रै छ पटकसम्म ती दुई वटै बाघ मङ्गलबार फेरि मान्छे खाएको घटनास्थल नजिकै राजमार्गमा देखापरेको बाँके राष्ट्रिय निकुञ्ज मध्येवर्ती क्षेत्रका अध्यक्ष गेहेन्द्र कुमार खड्काले  बताए । अध्यक्ष खड्काका अनुसार अहिले मान्छे खाने पाटेबाघलाई नियन्त्रणमा लिनलाई दुईवटा हात्ती, ठुलो संख्यामा सेना परिचालन गरिएको छ । बाघलाई नियन्त्रणमा लिन निकुञ्जबाट आएको प्राविधिक टोलीसहित आफु पनि गाभर जङ्गलमा छिरिसकेको अध्यक्ष खड्काले बताए ।

दुई वटा हात्तीले बाघलाई जङ्गलभित्रै धपाउन सहयोग गरिरहेको खड्काले भने । पाटेबाघले मान्छे खाएको स्थान र अन्य स्थानमा थप दुई वटा सेन्सर क्यामेरा लगाइसकेको बाँके राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ । बाघको आङ्तक फैलिएपछि निकुञ्जले स्थानीयहरुको मदतका लागि बाघ नियन्त्रण गर्न हरेक उपायहरु अपनाइरहेको छ । यता सुरक्षाका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले बाँकेको  पूर्वमा पर्ने शिबखोलादेखि कोहलपुर चेकपोस्टसम्म  रात्रीकालीन समयमा मोटरसाइकल तथा साना गाडी  सञ्चालनमा रोक लगाइसकेको  छ ।


प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ११:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP