नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, फागुन २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जको भाटभटेनीमा गुणस्तरहिन बेकरी आइटम !
नेपालगञ्जको भाटभटेनीमा गुणस्तरहिन बेकरी आइटम !
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज १३, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्जको भाटभटेनीमा गुणस्तरहिन बेकरी आइटम !
फाइल फोटो

नेपालगञ्ज । नेपालगञ्जमा अवैधरुपमा सञ्चालित एक बेकरी उद्योगले गुणस्तरहिन बेकरी उत्पादन गरी विक्रि गर्ने गरेको पाइएको छ । म्याद गुज्रेका कच्चा पदार्थ प्रयोग गरी बेकरी तयार गर्ने गरिएको अनुगमनका क्रममा पाइएको हो । उपभोक्ता हित संरक्षण समिति बाँकेले गरेको संयुक्त बजार अनुगमनका क्रममा अबैधरुपले सञ्चालित बेकरी उद्योगबाट ठूलो मात्रामा म्याद गुज्रेको कच्चा पदार्थ बरामद गरेको हो ।

नेपालगञ्ज–१८ सुर्खेतरोडमा अपरक्राष्ट प्रालि चुच्चेपाटी काठमाण्डौको नामले सञ्चालनमा रहेको बेकरी उद्योगबाट म्याद गुज्रेका बेकरी उत्पादन गर्ने कच्चा पदार्थ भेटिएको हो। अनुगमन टोलीमा रहेका जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत हरिश्चन्द्र शर्माले बेकरी उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ काठमाण्डौबाट ल्याइएको र सबैको म्याद गुज्रेको अवस्थामा भेटिएको बताए । नेपालगञ्ज सुर्खेतरोडमा नेपाल टेलिकमको क्षेत्रीय कार्यालय अगाडिको घरमा उद्योगको कुनै पनि बोर्ड नराखी सञ्चालन गरेको अवस्थामा अनुगमनको क्रममा भेटिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य अनुसन्धान अधिकृत विवेक कुमार सुवेदीले बजार अनुगमनका क्रममा नेपालगञ्ज बजारका केही होटल तथा सपिङ मलमा यस उद्योगको उत्पादनहरुमा उत्पादन मिति, म्याद समाप्त हुने मिति उल्लेख नभएको अवस्थामा पाइएकोले खोजी गर्दै जाँदा सुर्खेतरोडमा उद्योगको कुनै बोर्ड नराखी, खाद्य अनुज्ञापत्र समेत नलिएर सञ्चालनमा रहेको अवस्थामा गोदाम भरी म्याद गुज्रेका बेकरी उत्पादन गर्न आवश्यक पर्ने कच्चा पदार्थ भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको बताए ।

अपरक्रष्ट प्रालिका नेपालगञ्ज शाखाका प्रबन्धक विपुल बमले भने कारखानामा सप्लायर्सले भूलबस म्याद गुज्रेको कच्चा पदार्थ पठाएकाले आफूहरुले सबै सामान फिर्ता पठाउने तयरी गर्दैगर्दा संयुक्त अनुगमन समितिले भेट्टाएको दाबी गरे । उद्योगले म्याद गुज्रेको कच्चा पदार्थ प्रयोग गरी बेकरी उत्पादन नगरेको उनले दाबी गरे । 

त्यस बेकरी उद्योगबाट उत्पादन हुने बेकरी आइटम नेपालगञ्जको भाटभटेनी सुपर मार्केटमा विक्रि वितरण हुँदै आएको थियो । सो उद्योगलाई उपभोक्ता हित विपरित सञ्चानल गरेको अभियोगमा २ लाख जरिवाना गरिएको छ । बरामद गरिएको ब्रेड, पाउरोटी, केक, डुनट र म्याद गुज्रेको अवस्थाका कच्चा पदार्थ गरी २ लाख २२ हजार ६७ रुपैयाँ बराबरको सामाग्री मुचुल्का तयार गरी नष्ट गरिएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १३, २०७८  १६:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
नेपालगञ्जमा भूकम्पीय सुरक्षा सचेतनार्थ समुदायको सहभागितामा कृत्रिम घटना अभ्यास
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP