नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • आज पनि जमुनाहा पुुगे एसपी, भारतबाट फर्किनेलाई सहज
आज पनि जमुनाहा पुुगे एसपी, भारतबाट फर्किनेलाई सहज
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १४, २०७८ बागेश्वरी पोस्ट
आज पनि जमुनाहा पुुगे एसपी, भारतबाट फर्किनेलाई सहज

नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले आज विहान पनि जमुनाहा नाकाको निरिक्षण गरेका छन् । हिजो जस्तै आज पनि जमुनाहा नाका पुगेका एसपी अधिकारीले आजको त्यहाँको वातावरण भने शान्त पाएको बताएका छन् । उनका अनुसार रिक्सा र गाडीका स्टाफहरु शान्त भएका छन् ।

उनले भने-"जमुनाहामा सुरक्षाकर्मीहरुले आज राम्रो काम गरेका छन्, भीड ब्यबस्थापन गरिरहेका छन्, रोजगारी गरेर भारतबाट चाडपर्व मनाउन आउने नेपालीलाई सहज तरिकाले कोरोना परिक्षण गर्दै नेपालगञ्ज पठाइएको छ ।" भारतबाट धेरैको संख्यामा एकैपटक नेपालीहरु आउने भएकाले नेपालगञ्ज उपमहानगरपालिकासंग समन्वय गरेर कोरोना परिक्षण गर्ने अन्य कक्ष पनि बनाउन बनाउन पहल गर्ने एसपी अधिकारीले बताए । त्यहाँबाट आउने नेपालीलाई कोही दलालले जर्बजस्ती आफ्नो बसमा राखेको देखिएमा तत्काल पक्राउ गर्न निर्देशन दिएको पनि एसपी अधिकारीले बताए । डिएसपी मधुसुदन न्यौपाने पनि एसपीसंगै निरिक्षणमा गएका थिए ।

सवारी साधनहरुलाई तल्लो भन्सार कार्यालय भन्दा तल आउन दिइएको छैन । यात्रुहरु पनि आफूले चाहेको सवारी साधनमा बसेको पाइएको छ । जमुनाहामा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रहरी प्रमुख नै सीमा नाकामा गएर नेपाल फर्किने यात्रुहरुसंग आफैं सम्पर्क गरी चासो दिएपछि उनीहरु खुसी भएका छन् । भारतबाट फर्केका नेपालीहरुले रुपैडिहाको बसपार्कमा केही दलालहरुले पैसा मागेको बताएपनि भारतीय सुरक्षाकर्मीहरुले दुःख नदिएको बताए ।

सिम्लाबाट फर्केका कालिकोट घर भएका अर्जुन बुढाले एसपी जस्तो मान्छे सीमामा आएर आफ्ना दुःख पीडा बुझ्दा अत्यन्त खुसी लागेको बताए। प्रहरीले सीमामा यसरी नै कडाई गरे भारतबाट फर्किने नेपालीहरु नलुटिने बुढाले बताए । जमुनाहा प्रहरी इन्चार्ज प्रहरी नायब निरिक्षक पूर्ण खत्रीले दैनिक रोजगारी गरेर भारतबाट फर्किनेको संख्या २ हजारको हराहारीमा भएको बताए । खत्रीले संख्या धेरै भएकाले प्रहरीलाई भीड ब्यबस्थापनमा केही कठिनाई भएको बताए ।

बुधबार पनि एसपी अधिकारी र डिएसपी न्यौपानेले कडा छड्के जाँच गरेका थिए । त्यहाँ प्रहरीको कार्य चित्त नबुझ्दो पाएपछि एकै पटक डेढ दर्जन प्रहरीलाई एसपी अधिकारीले जिल्ला तानेका थिए । एसपी अधिकारीले प्रहरीले गलत कार्य गरे र फर्किने नेपालीले दुःख पाएको खबर आए आफूलाई त्यो सैह्य नहुने बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १२:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP