नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान खजुरामा बीउ प्रशोधन प्लान्ट उद्घाटन
कृषि अनुसन्धान खजुरामा बीउ प्रशोधन प्लान्ट उद्घाटन
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १४, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान खजुरामा बीउ प्रशोधन प्लान्ट उद्घाटन


खजुरा(बाँके) । कृषि अनुसन्धान निर्देशनालय खजुराले बीउ प्रशोधन प्लान्टको शुभारम्भ गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद्, बाली तथा बागवानी अनुसन्धानका निर्देशक राम बहादुर केसीले बीउ प्रशोधन प्लान्टको उद्घाटन गरे । निर्देशनालयले आज एक कार्यक्रमको आयोजना गर्दै बीउ प्रशोधन प्लान्टको उद्घाटन गरेको हो ।

केही बर्ष अघि निर्माण सम्पन्न भएको भवनमा बीउ प्रशोधन प्लान्ट जडान गरिएपछि यसको शुभारम्भ गरिएको निर्देशनालयले जनाएको छ । ५० लाख ४० हजार बढीको लगानी लागेको उक्त प्रशोधन प्लान्टले अनुसन्धानमा उत्पादन हुने धान, गहुँ जस्ता बीउहरुलाई थप गुणस्तरीय बनाउन टेवा पुग्नेछ । औसतमा प्रति घण्टा एक टन बीउ प्रशोधन गर्ने क्षमता रहेको कृषि अनुसन्धान निर्देशनालय खजुराका प्राविधिक अधिकृत तथा सुचना अधिकारी रविन गिरीले जानकारी दिए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश बाँके खजुराका निर्देशक अमर बहादुर पुनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बाली तथा बागवानी अनुसन्धानका निर्देशक केसीले अनुसन्धानका गतिविधिका बारेमा किसानलाई जानकारी हुनपर्नेमा जोड दिए । कृषि अनुसन्धानले विकास गरेका विभिन्न जातहरु किसानले चासो लिएर लगाउन सके उत्पादन बढाउन सकिने उनले उल्लेख गरे । उनले बीउ प्रशोधन प्लान्ट निर्माण भएपछि गुणस्तरीय विउ किसान माझमा पुग्न समस्या नहुने उल्लेख गरे ।

कृषि अनुसन्धान निर्देशनालय खजुराका निर्देशक पुनले अनुसन्धानका कार्यक्रमलाई किसानसंग जोडेर किसानलाई जानकारी गराउने उद्देश्य रहेको बताए । उनले अनुसन्धानले गरेका कामबाट नजिकका किसानले समेत फाइदा लिन नसकेको बताउँदै यसतर्फ किसानले पनि चासो दिनुपर्नेमा जोड दिए । अनुसन्धानले गरेका कामको बारेमा जानकारी लिन किसानहरुलाई निर्देशनालयमा आउन पुनले आग्रह गरे । किसानहरुलाई कृषि अनुसन्धान निर्देशनालयमा पालैपालो सिकाई गर्न पठाउन समेत उनले पालिकाहरुलाई अनुरोध गरे । एग्री इन्जिनियर सागर महर्जनले मेसिनहरुले गर्ने कामका बारेमा उपस्थित किसान तथा सरोकारवालाहरुलाई जानकारी गराए ।

कार्यक्रममा किसानहरुले पनि निर्देशनालयले गरेको कामका बारेमा चासो व्यक्त गरेका थिए । कृषि अनुसन्धान निर्देशनालयले आफ्ना गतिविधिहरु बाहिर ल्याउन वेबसाइट पनि निर्माण गरेको छ । उक्त वेबसाइटको पनि निर्देशक केसीले सोही कार्यक्रममा उद्घाटन गरे । कृषि अनुसन्धानको वेबसाइट यस्तो रहेको छ- www.doarkhajura.narc.gov.np


प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  १५:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP