prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीले तीन महिनामै उठायो झण्डै ७ करोड राजश्व
बाँके प्रहरीले तीन महिनामै उठायो झण्डै ७ करोड राजश्व
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज १९, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीले तीन महिनामै उठायो झण्डै ७ करोड राजश्व

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले तीन महिनाको प्रगति विवरण सार्वजनिक गरेको  छ ।  जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा आज आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले चालू आर्थिक बर्षको श्रावण १ देखि आश्विन १८ गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेका थिए । 

गत वर्षको श्रावण १ देखि आश्विन १८ सम्म सर्वसाधारण ७७८ जनालाई सेवा प्रदान गरेको बाँके प्रहरीले सोही अवधिमा भने यसपटक सर्वसाधारण १५५० जनालाई सेवा प्रदान गरेको छ ।गत वर्ष  श्रावण १ देखि आश्विन १८ सम्म मुद्दा दर्ता संख्या २२५ रहेकोमा अहिले यो अवधिमा मुद्दा दर्ता संख्या २३७ छ ।त्यस्तै पक्राउ पर्नेको संख्या गत वर्षको सुरुको तीन महिनामा २६३ रहेकोमा यस वर्षको पक्राउ संख्या ३६५ रहेको बाँके प्रहरीले जनाएको छ ।

यस्तै फैसला कार्यान्वयनको क्रममा गत वर्ष श्रावण १ देखि आश्विन १८ गतेसम्म ३१२ जनालाई पक्राउ ६ लाख ५० हजार २ सय ३५ रुपैयाँ जरिवाना असुल गरेकोमा यस आर्थिक वर्षको सोही अवधिमा फैसला कार्यान्वयनको क्रममा २९ जनालाई पक्राउ गरी ११ लाख ७५ हजार ७ सय १० रुपैयाँ  जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

भन्सार चोरी पैठारीको सामान तथा ट्राफिक कारबाहीबाट गत वर्षको सुरुको तीन महिनामा १ करोड ५० लाख ७४ हजार ४ सय ५३ रुपैयाँ राजश्व संकलन भएकोमा यस वर्ष भन्सार चोरी पैठारीको सामान तथ ट्राफिक कारबाहीबाट ३ करोड ७८ लाख ९८ हजार ७ सय ३३ रुपैयाँ राजश्व संकलन गरिएको छ ।

गत वर्षको यो अवधिमा सुनचाँदी बरामद शून्य रहेकोमा यस वर्ष भने ३ करोड १३ लाख ९७ हजार ६ सय ७५ रुपैयाँको ४ किलो २९.१९ ग्राम सुनचाँदी बरामद गरेको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीले चालू आर्थिक वर्षको हालसम्म कुल ६ करोड ९२ लाख ६९ हजार ४ सय ८ रुपैयाँ राजश्व संकलन गरेको छ । अघिल्लो पटक यो अवधिमा रेडपाण्डाको छाला १ थान सहित ५ जना पक्राउ परेकोमा यस पटक हात्तीको दाँत २, चितुवाको छाला १ सहित ७ जना पकाउ परेका छन् । 

यस्तै गत वर्ष भरुवा बन्दुक ४ थानसहित ४ जना पक्राउ पर्दा यस वर्ष कटुवा पेस्तोल १ थान, भरुवा बन्दुक १ थान सहित २ जना पक्राउ परेका छन् । यस्तै बरामद लागू औषध तथा पक्राउको गत वर्ष श्रावण १ देखि आश्विन १८ गतेसम्म्को विवरण यस्तो छ:
मुद्दा दर्ता:- ११
पक्राउ:- ३६
अफिम:- १४ किलो १७४ ग्राम
ब्राउन सुगर:- ८७ .१२५ ग्राम
चरेश:- ३ किलो ५०० ग्राम
गाँजा:- १३ किलो
कोरेक्स:- १४ लिटर, ८०० मिलिलिटर
नाईट्राजेपाम:- ६० ट्याव्लेट
यस वर्ष सोही अवधिको बरामद लागू औषध तथा पक्राउको विवरण भने यस प्रकार छ:
मुद्दा दर्ता:- २५
पक्राउ:- ४२
अफिम:- --
ब्राउन सुगर:- ९७ ग्राम
चरेश:- ३ किलो
गाँजा:- २० ग्राम
कोरेक्स:- --
नाईट्राजेपाम:- २१२३ ट्याव्लेट

प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले स्वागत मन्तब्य व्यक्त गर्नुभएको सार्वजनिक सुनुवाई कार्यक्रममा ५० बढी सहभागीले बाँके प्रहरी प्रमुख अधिकारी समक्ष प्रश्न गर्दै बाँकेको शान्ति सुरक्षाको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए । एसपी अधिकारीले सबैको जवाफ दिएका थिए ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सशस्त्र प्रहरी उपरीक्षक अशोक बम, नेपालगन्ज उपमहानगरपालिकाका उप-प्रमुख उमा थापा मगर, अनुसन्धान विभाग बाँके प्रमुख उप-अनुसन्धान निर्देशक नगेन्द्रराज गिरी, पत्रकार महासंघ बाँकेका अध्यक्ष  दामोदर भण्डारीले आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढीको सहभागिता थियो । कार्यक्रमको संचालन प्रहरी निरीक्षक इश्वरदेब गिरीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  २०:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP