prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीले मनायो ६६औं प्रहरी दिवस, २६ प्रहरीलाई सम्मान
बाँके प्रहरीले मनायो ६६औं प्रहरी दिवस, २६ प्रहरीलाई सम्मान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असोज २०, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीले मनायो ६६औं प्रहरी दिवस, २६ प्रहरीलाई सम्मान

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ६६औं प्रहरी दिवस एक कार्यक्रमको आयोजना गरी मनाएको छ ।  कार्यालय परिसरमा आयोजित कार्यक्रम जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको सभापतित्व तथा प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो अवसरमा पूर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक अशोक बहादुर बम, नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख नरेन्द्र राज गिरी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रबक्ता डिएसपी मधुसुधन न्यौपानेले व्यक्त गरेका थिए । 

त्यस अवसरमा प्रहरी महानिरिक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अधिकारीले वाचन गर्नुभएको थियो । कार्यक्रममा पूर्व प्रहरी कर्मचारीको तर्फबाट पूर्व प्रहरी नायव उपरिक्षक ज्योति प्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथि गेलालले माल्यार्पण गरेका थिए । 

कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईका प्रहरी कर्मचारी तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालयबाट प्राप्त कदर पत्र प्रदान गरिएको थियो । अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो । दिवसका अवसरमा उत्कृष्ट काम गर्ने २६ जना प्रहरीलाई सम्मान गरिएको छ ।  । साथै ६६औं प्रहरी दिवस २०७८ को अवसरमा ब्याडमिन्टन, टेबल टेनिस, कुर्सी दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो । त्यस अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेद्वारा तयार पारिएको पुस्तक 'लागूऔषध विरुद्धको निस्तेज अभियान २०७७/०७८' को बिमोचन समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रजिअ गेलालले नेपाल प्रहरीको गर्विलो इतिहास र सुनौलो भबिष्य रहेको बताउँदै जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेकोले त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास व्यक्त गरे । कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरिक्षक अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बीर तथा अमर प्रहरीले देखाएको मार्गमा सधैं अडिक भएर लाग्ने र जनअपेक्षा पूरा गर्नका लागि जस्तोसुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका थिए । प्रहरी निरीक्षक ईश्वरदेव गिरीले कार्यक्रम सञ्चालन गरेका थिए । 


प्रकाशित मिति: बुधबार, असोज २०, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP