prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेको राप्ती नदीमा शान्तपुर्वक दुर्गा भवानी मुर्ति बिसर्जन गरियो [फोटो फिचर]
बाँकेको राप्ती नदीमा शान्तपुर्वक दुर्गा भवानी मुर्ति बिसर्जन गरियो [फोटो फिचर]
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, असोज ३०, २०७८ बागेश्वरी पोस्ट
बाँकेको राप्ती नदीमा शान्तपुर्वक दुर्गा भवानी मुर्ति बिसर्जन गरियो [फोटो फिचर]

नेपालगन्ज । विजया दशमीको पहिलो दिन अर्थात घटनस्थापनादेखि पुजाआजाका लागि राखिएका दुर्गा भगवतीका मूर्ति आज  विसर्जन गरिएको  छ । बाँके जिल्लाभरका विभिन्न ठाउँमा राखिएका  दुर्गा भगवतीका मूर्ति ९  दिनसम्म पुजा आराधना गरी आज धुमधामका साथ विसर्जन गरिएको छ ।

नेपालगन्जमा राखिएका दुर्गा भगवतीका मूर्तिलाई नेपालगन्ज परिक्रमा गराई डुडुवा गाउँपालिका ५  कम्दीपुलस्थित राप्ती नदीमा बिसर्जन गरिएको जिल्ला प्रहरी बाँके प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।

जिल्ला प्रशासन बाँकेले मूर्ति बिसर्जनका लागि कडा सुरक्षा व्यवस्था मिलाएको थियो। सुरक्षा व्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री , नेपाली सेनाका प्रमुख सेनानी जनमत कार्की, जिल्ला प्रहरी बाँकेका प्रमुख श्याम कृष्ण अधिकारी,सशस्त्र प्रहरी बाँके प्रमुख एसपी अशोक बम,अनुसन्धान बिभाग बाँकेका प्रमुख उप-अनुसन्धान निर्देशक नरेन्द्र गिरी आफै सडकमा तैनाथ रही भिड व्यबस्थापन गरेका थिए। यसबर्षको दुर्गा भगवती मूर्ति बिसर्जनमा सुरक्षा व्यवस्था निकै कडा पारिएको लुम्बिनी प्रदेश सभा सदस्य याकुब अन्सारीले बताए। 

बाँकेको नरैनापुर, खजुरा र कोहलपुरलगायतका ठाउँमा मूर्ति विसर्जन गर्न  लागि सम्बन्धित स्थान र सडकमा समेत ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको एसपी अधिकारी बताए। कम्दीस्थित राप्ती नदीमा मुर्ति बिसर्जन गर्नेको ठुलो संख्यामा भिड हुने भएकाले त्यहाँ ठुलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी बाँके प्रमुख एसपी बमले बताए। कम्दी जाने स्थानमा प्रत्येक १०० मिटरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा प्रदान गरेको एसपी अधिकारीले भने। मुर्ति बिसर्जन गर्न जाने मुख्य प्रवेशद्वार त्रिबेणी मोडमा प्रहरी निरीक्षक ईश्वरदेब गिरीको कमान्डमा ठुलो संख्यामा नेपाल प्रहरी ,ट्राफिक प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

मुर्ति बिसर्जनका लागि अन्दाजी  ४ सय बढी सवारीसाधन  राप्ती नदीमा गएको अनुमान गरिएको एसपी अधिकारीले भने। मूर्ति बिसर्जन गर्न जाने क्रम अझै जारी रहेको छ। मुर्ति बिसर्जनमा कुनै पनि सामाजिक सदभाब नखल्बलियोस भनेर हिन्दु धर्म गुरु, मुस्लिम धर्म गुरु, मुस्लिम अगुवा एबम संविधानसभा सदस्य भोला सिद्धिकी, मुस्लिम संघ नेपाल बाँकेका अध्यक्ष मो. कादिर अन्सारी, शिव सेना नेपाल बाँकेका अध्यक्ष दिपक लोध लगायत प्रजिअसहित सबै सुरक्षा प्रमुख दिनभर सडकमै रहेर मुर्ती बिसर्जन गर्न जानेलाई सहज बनाएका थिए। त्यसक्रममा शिव सेना नेपालले मुर्ति बिसर्जनका क्रममा महत्त्वपूर्ण भुमिका निभाउने पत्रकार,समाजसेवी, सुरक्षा प्रमुख लगायत अन्यलाई सम्मान गरेको थियो।

मुर्ति बिसर्जन गर्न जानेहरुका लागि नेपालगन्जको त्रिबेणी मोडमा हरेक बिजया दशमीमा झै आज पनि नेपालगन्ज ४ का अध्यक्ष मो. सफिक बेहनाले हजारौं धर्मावलम्बीलाई बिरयानी तथा पानी खुवाएका छन् ।त्यस्तै त्रिबेणी मोड मै लक्ष्मी मिडियाका प्रमुख सुनिल भण्डारीले धर्मावलम्बीलाई मिठाई बितरण गरेका थिए। मुर्ति बिसर्जन गर्न जानेहरुलाई ठाँउ-ठाँउमा पानीको समेत व्यवस्था गरिएको थियो।


प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १९:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP