Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अफगानी भित्रिन सक्ने भन्दै सादा पोशाकमा खटिए जमुनाहा प्रहरी इन्चार्ज
अफगानी भित्रिन सक्ने भन्दै सादा पोशाकमा खटिए जमुनाहा प्रहरी इन्चार्ज
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, कात्तिक १८, २०७८ बागेश्वरी पोस्ट
अफगानी भित्रिन सक्ने भन्दै सादा पोशाकमा खटिए जमुनाहा प्रहरी इन्चार्ज

नेपालगन्ज । नेपालगन्जको मुख्य सीमा नाका जमुनाहामा निकै कडाई गरिएको छ । 

अवैध सामाग्रीको ओसारपसार र अफगानी नागरिक नेपाल भित्रिन सक्ने भन्दै इलाका प्रहरी कार्यालय जमुनाहाले नाकामा भारतबाट नेपालगन्ज भित्रिरहेका ब्यक्तिहरुमाथि निगरानी बढाउँदै सोधपुछ गर्दै आएको छ ।  

अफगानिस्तानमा तालिवानले सरकार हातमा लिएपछि अफगानी नागरिकहरु त्यहाँबाट शरणार्थीको रुपमा नेपाल भित्रिन सक्ने हुँदा जमुनाहा प्रहरीका प्रमुख प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट आजभोलि सादा पोशाकमा खटिएर भारतबाट सामान ढुवानी गरी आएका ठूला ट्रकमा आफैं चढेर चेकजाँच गर्दै आएका छन् । 

प्रहरी नायब निरीक्षक बिष्टले ट्रकमै चढेर त्यहाँ रहेका चालक तथा अन्य ब्यक्तिहरुको परिचयपत्र जाँच गर्दै आएका छन् । नायब निरीक्षक बिष्टले साना गाडीमा आएका ब्यक्तिहरुको समेत सोधपुछ गदै आएका छन् ।

"अफगानी नागरिकलाई नेपाल प्रवेश गर्न नदिनु भन्ने माथिल्लो आदेशको पालना गर्दै कहिले चेकपोष्ट त कहिले दशगजामै गएर सादा पोशाकमा बसेर कडा जाँच गर्दै आएको छु," नायब निरीक्षक बिष्टले भने ।

उनी भन्छन्-"जमुनाहा नाकाबाट अफगानी नागरिकलाई प्रवेश गर्न नदिने नै मुख्य बिषय हो। धेरै जसो प्रहरीलाई सादा पोशाकमा खटाएर अफगानी नागरिकको मुभमेन्ट रोक्न  रातदिन लागि परेको छु ।"

दिपावलीको समयमा रुपईडिहाबाट ल्याइएका लाखौंका पटाका समेत बरामद गरी नष्ट गरिएको बिष्टले बताए । "भन्सार छलीका सामाग्री ओसारपसार गर्न नदिने, त्यहाँको शान्ति सुरक्षा चुस्त पार्ने र अहिले पटाका ल्याउनबाट  रोक्ने हाम्रो मुख्य उद्देश्य हो,"  बिष्टले भने । त्यसका साथै देशमा अवैधरुपमा आउने अफगानी नागरिकलाई प्रवेशमा रोक लगाउनु अहिलेको समसामयिक कुरा रहेको नायब निरीक्षक बिष्टले बताए ।

त्यस्तै जमुनाहा नाकामा तैनाथ रहेको सशस्त्र प्रहरीले पनि अवैध सामाग्री ओसारपसार गर्न नदिन चनाखो भएर बसेको छ । सशस्त्र प्रहरीले भारतबाट ल्याइने हरेक सामाग्री चेकजाँच गर्दै भन्सार गराउँदै आएको छ । त्यहाँ रहेको सशस्त्र प्रहरीले पनि अफगानी नागरिकलाई प्रवेश गर्न नदिन उच्च सुरक्षा सतर्कता अपनाएको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP