Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेको चिसापानीमा ट्राफिक इन्चार्जको जिम्मेवारी महिलालाई
बाँकेको चिसापानीमा ट्राफिक इन्चार्जको जिम्मेवारी महिलालाई
RSG-2
ट्राफिक व्यवस्थापन चुस्त बनाउँदै रावल
बागेश्वरी पोस्ट
शुक्रबार, कात्तिक २६, २०७८ बागेश्वरी पोस्ट
बाँकेको चिसापानीमा ट्राफिक इन्चार्जको जिम्मेवारी महिलालाई

नेपालगन्ज । बाँकेमा ट्राफिक व्यवस्थापन गर्न निकै कठिन र चुनौतीपुर्ण मानिन्छ । तराईको जिल्ला अनि सीमा नाका भएर पनि होला बाँकेको ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण भएपनि बाँके ट्राफिक प्रहरीले दिनरात खटिएर ट्राफिक व्यवस्थापनलाई मजबुत बनाउने पर्यत्न गर्दै आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले दुर्घटना न्यूनीकरणका लागि  ट्राफिक सचेतना कार्यक्रमदेखि बेलाबेलामा चालकहरुको स्वास्थ्य जाँच समेत गराउँदै आएको छ ।

सवारी चापको हिसाबले भन्ने हो भने ट्राफिक व्यवस्थापनमा कठिन नेपालगन्ज हो भने त्यसपछि कोहलपुर र राजमार्गका शम्शेरगन्ज, चिसापानी र सम्झनामा पनि कठिन छ । बाँकेमा अहिले एक दर्जन ट्राफिक पोष्टहरु छन् । सबै ट्राफिक पोष्टले ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै आएका छन् । 

बाँकेका सबै ट्राफिक पोष्टहरुमा पुरुष ट्राफिक प्रहरीले कमाण्ड सम्हाल्दै आएको अवस्था थियो । तर, अब भने महिला ट्राफिक प्रहरीले पनि ट्राफिक पोष्टको कमाण्ड सम्हालेकी छिन् । बाँकेमा पहिलोपटक उत्तर चिसापानीमा कमाण्ड सम्हाल्ने महिला ट्राफिक हुन्, प्रहरी हवल्दार सबिता रावल । 

No description available.

महिलाले चाहे पुरुष सरह काम गर्न सक्छन् भन्ने कुरा ती महिला ट्राफिक रावलले चिसापानीमा अब्बल कार्य गरेर साबित गरिदिएकी छिन् । संगठनप्रतिको कार्य इमानदारीसाथ गर्ने निडर स्वाभावकी प्रहरी हवल्दार रावल चिसापानी गएको १७ दिन जति पुगेको छ ।  गएको १७ दिनको अन्तरालमा उनले ९० हजार रुपैयाँ  बढी राजश्व समेत संकलन गरिसकेकी छिन् । सहीलाई सही र गलतलाई गलत नै हो भन्ने महिला ट्राफिक  प्रहरी रावलले राजश्व संकलन गर्ने मात्र होइन, सवारी चालकहरुलाई ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण सम्बन्धि ज्ञान समेत दिँदै आएकी छिन् ।

"संगठनप्रतिको जिम्मेवारी पूरा गर्न म यहाँ आएको छु, इमान्दारीताका साथ काम गरेकी छु । मेरो कार्य गर्ने शैलीले गर्दा मलाई बिश्वास गरेर बाँके ट्राफिक प्रमुखले चिसापानीको जिम्मेवारी दिनुभएको छ, यहाँको ट्राफिक व्यवस्थापन मजबुत बनाउने त्यो जिम्मेवारी पूरा गर्नु मेरो कर्तब्य हो," प्रहरी हवल्दार रावलले बताइन् ।

No description available.

महिलाहरू अनुशासित पनि हुन्छन्, काममा उनीहरू लगनशील भएर लाग्छन् । ट्राफिक व्यवस्थापनको चुनौती सामना गर्न सक्ने क्षमता महिला प्रहरीसँग धेरै हुने जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख प्रहरी निरीक्षक ऐन बहादुर मल्लले बताए ।

"अहिलेसम्म ट्राफिक पोष्टमा महिला ट्राफिक इन्चार्ज थिएनन्, यसपटक मैले ती महिला प्रहरीको मेहनत, संगठनप्रतिको उत्कृष्ट कार्य गर्ने शैली देखेर महिला ट्राफिकलाई इन्चार्जको जिम्मेवारी दिएको छु । गएदेखि अहिलेसम्म उनले ट्राफिक व्यवस्थापनमा राम्रो कार्य गरेकी छिन्, राजश्व संकलन पनि चित्तबुझ्दो गरेको पाएको छु," प्रहरी निरीक्षक मल्लले भने । 

गल्ती भेटे ठाउँको ठाउँ कारबाही गर्ने शैलीले पनि ट्राफिक प्रहरी हवलदार रावलसँग चिसापानीमा सवारी चालकहरु तर्सिने गरेको त्यहाँका स्थानीयहरु बताउँछन् ।  ट्राफिक व्यवस्थापन चुस्त राख्ने, दुर्घटना हुन नदिन सवारी चालकहरुलाई नियम कानुन सिकाउने उनको दिनचर्या नै भएको छ ।

No description available.

उनलाई चिसापानी मात्रै होइन, कुनै दुर्घटना भएमा देउराली डाँडा र बबईसम्म नै पुग्नुपर्ने बाध्यता छ । संगठनको जिम्मेवारी पूरा गर्न पहिलोपटक चिसापानी पोष्टको  कमाण्ड सम्हालेकी प्रहरी हवल्दार रावलले सकेसम्म सुर्खेत हुँदै उच्च हिमाली भेगमा जाने सवारसाधनमा यात्रु सिट क्षमता भन्दा बढी यात्रु राखिएको पाएमा जरिवाना तिराउँदै ट्राफिक नियमबारे क्लास दिन भने छुटाउँदिनन् ।

No description available.

रावल भन्छिन्-"महिलाले पनि उत्कृष्ट कार्य गर्न सक्छन् भन्ने कुरा देखाउनु र आफ्नो कमाण्डरले  आफूप्रति गरेको बिश्वास र भरोसा जित्नु नै मेरो लक्ष्य हो ।" ट्राफिक व्यवस्थापनमा कुनै सम्झौता आफूले नगर्ने रावल बताउँछिन् । 

No description available.

 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७८  १५:०८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP