नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरण प्रमुखलाई ज्यान मार्ने धम्की
लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरण प्रमुखलाई ज्यान मार्ने धम्की
RSG-2
नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
शनिबार, मंसिर १८, २०७८ नगेन्द्र प्रसाद आचार्य (एन.पी.)
लुम्बिनी प्रदेश पुर्वाधार प्राधिकरण प्रमुखलाई ज्यान मार्ने धम्की

नेपालगन्ज ।हाल संचालन हुँदै आएको लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवलबाट स्थायी राजधानी तोकिएको दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी सार्न थालेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेलाई सामाजिक संजाल फेसबुक प्रयोग गरी म्यासेन्जरमा खुलेयाम मार्ने धम्की दिइएको छ। सुबोध बेलबासे नामबाट पठाइएको म्यासेन्जरमा मार्ने धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ । 

अस्थायी मुकाम बुटवलबाट संचालन हुँदै आएको लुम्बिनी प्रदेश सरकारलाई स्थायी राजधानीबाट संचालन गर्नका लागि लुम्बिनी सरकारले स्थायी राजधानी संरचना निर्माणका लागि दाङमा भौतिक पूर्वाधार विकास प्राधिकरण स्थापना गरेको छ । प्राधिकरणले अहिले स्थायी राजधानीमा तत्काल सरकार संचालन गर्न भौतिक पूर्वाधारको कामलाई गति दिएको छ ।

सुबोध बेलबासे नामको फेसबुक म्यासेन्जरबाट पठाइएको म्यासेजमा प्राधिकरणका प्रमुख घिमिरेलाई ‘बाँच्न मन छ र परिवारको माया छ भने राजधानीको काम तुरुन्त रोक नत्र बुटवल आएपछि दाङ फर्कन पाउदैनस् है’ भन्दै लेखिएको छ । 

यति मात्रै होईन म्यासेजमा ‘‘राजधानी सार्ने नै हो त ? काम छैन पागल जस्तै गरेको छ । अर्थले बजेट रोकिसक्यो ठेकदार काम रोक्न तयार छ सीईओलाई मर्न मन छ हो ? कि अख्तियार लगाएर सक्छौं कि खुकुरी ? अब तेरो दिन सकियो।’ भनी लेखिएको छ । 

म्यासेज बिहीबार राति ८ बजेर १० मिनेटमा पठाइएको उल्लेख छ । म्यासेजमा लेखिएको छ, ‘तेत्रो सम्झाउन पठाइएको मान्ने त कुरै छैन लातको भूत बातले मान्दैन, हाम्रो ४ सय करोड लगानी छ, साला अपशब्द प्रयोग गर्दै बाँच्न मन छ भने काम रोक नत्र मर्छस् ।’

यस विषयमा प्रमुख  घिमिरेले भने, ‘म एउटा कर्मचारी हुँ, मैले चाहेर दाङमा राजधानी बन्ने र बुटवल नबन्ने भन्ने हुँदैन । मार्ने धम्कीदेखि अख्तियारसमेत लगाएर नभए खुकुरीसम्मको धम्की दिनु गलत छ । यस विषयमा मैले आफ्नो ज्यानको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय दाङमा लिखित जानकारी गराएको छु ।’

घिमिरेका अनुसार दाङमा राजधानी ल्याउन वा आउन नदिने नियत भएकाहरुबाटै आफूलाई धम्की आएको आशंका गरेका छन् । ‘राजधानीसँग हरेक व्यक्तिका स्वार्थ जोडिएका हुन सक्छन्, घिमिरेले भने । 

राजधानी आउन नदिने वा ल्याउन नदिनेहरुको समूहबाट धम्की आएको उनको आशंका छ । हाम्राकुराडटकमबाट।

 


प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
नकवजनी चोरी मुद्दाका फरार प्रतिवादी नेपालगन्जबाट पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
कोहलपुर–बैजनाथ क्षेत्रबाट २ दिनमै ठुलो परिमाणमा लागूऔषध बरामद, ५ जना पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगञ्जको थुकैला गाउँबाट ६३ ग्राम बढी ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
नेपालगन्ज बजार क्षेत्रबाट ब्राउन सुगरसहित दुई युवक पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP