नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, चैत १७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा बन्यो दलित निगरानी केन्द्र भवन
नरैनापुरमा बन्यो दलित निगरानी केन्द्र भवन
मुलुककै पहिलो केन्द्र भवन भएको दाबी
बागेश्वरी पोस्ट
मंगलबार, पुस ६, २०७८ बागेश्वरी पोस्ट
नरैनापुरमा बन्यो दलित निगरानी केन्द्र भवन

नरैनापुर(बाँके) । बाँकेको नरैनापुरमा दलित निगरानी केन्द्र भवनको उद्घाटन गरिएको छ । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले एक कार्यक्रमका बीच उद्घाटन गरेका छन् । दलित समुदायको हक अधिकार स्थापित गर्दै उनीहरुको उत्थान र विकासका लागि गाउँपालिकाको सहयोगमा भवन बनेको हो ।

No description available.

दलितका सवालमा छलफल गर्ने थलोका रुपमा रहने भवन १८ लाख ४२ हजार ६ सय ४७ रुपैयाँको लागतमा निर्माण भएको हो । नरैनापुरमा क्रियाशील दलित संघर्ष समिति र तराई दलित विकास मञ्चको अग्रसरतामा भवन बनेको हो । नरैनापुरमा बनेको दलित निगरानी केन्द्र भवन ७५३ पालिकामै पहिलो भएको दाबी गरिएको छ ।

भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष शाहले सबै समुदाय मिलेर नरैनापुरलाई विकसित र समृद्ध बनाउनतर्फ लाग्न आह्वान गरे । उनले दलित समुदायको उत्थानका लागि आफू सधैं क्रियाशील रहेको बताउँदै उनले समुदायका सबै जातजाती, बर्ग, लिंग र सम्प्रदायको लागि सबैले हातेमालो गर्नुपर्ने बताए । अध्यक्ष शाहले दलित निगरानी केन्द्रलाई मजबुत बनाउन गाउँपालिकाको कृषि शाखामार्फत् एम्बुलेन्स प्रदान गर्ने घोषणा समेत गरे । अध्यक्ष शाहले गरिब विपन्न दलित समुदायका बालबालिकाका लागि विद्यालय पोशाक उपलब्ध गराउने बताए । उनले शिक्षा आर्जनमा आफ्ना बालबालिकालाई केन्द्रित गर्न आग्रह गरे । दलित बालबालिकाको शिक्षामा सहज पहुँचका लागि आफूले हरसम्भव प्रयास गर्ने बताए ।

No description available.

नरैनापुरका कांग्रेस नेता रामचन्द्र मौर्यले शिक्षा विना दलित समुदायको उत्थान सम्भव नभएकाले शिक्षामा जोड दिन आग्रह गरे । दलित महासंघका पूर्व केन्द्रिय अध्यक्ष गजाधर सुनारले विभेद अन्त्य गरेर सामाजिक विकासका लागि हातेमालो जरुरी रहेको बताए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले दलित समुदायमा साक्षरता जरुरी रहेको बताउँदै छोराछोरीलाई स्कुल पठाउन अभिभावकहरुलाई आग्रह गरे । उनले गाउँपालिकाले निःशुल्क बस सञ्चालन गरेर बालबालिकालाई पढाईमा केन्द्रित गर्न हरसम्भव प्रयास गरेको बताए ।

No description available.

कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्य हिक्मत विक, नरैनापुर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, दिपेन्द्र प्राविका प्रधानाध्यापक दुर्गाप्रसाद श्रीवास्तव, नेपाल ट्रेड युनियन कांग्रेस बाँकेका सचिव तोजिन्द्रबहादुर विक, जयकिसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादव, भारतीय अतिथि देवधर शास्त्री, रेडियो प्रतिवोधका अध्यक्ष बुद्ध सुनार, दलित मुक्त जागरण अभियान बाँकेका सचिव रामबालक पासवान, दलित एकता सञ्जाल नरैनापुरका अध्यक्ष नरेश चमारले मन्तब्य व्यक्त गरेका थिए ।

दलित संघर्ष समिति नरैनापुरका संयोजक मोलहे आर्य धोवीको अध्यक्षतामा भएको कार्यक्रममा धोबीलाई गाउँपालिकाका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भवनको चाँबी हस्तान्तरण गरेको दलित सेवा संघ नरैनापुरका अध्यक्ष सियाराम धोवीले जानकारी दिए । कार्यक्रमको सञ्चालन जयकिसान माविका शिक्षक अरुण यादवले गरेका थिए । 

No description available.

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  ०९:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP