Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • फरार भएका घोराही जेलका नाइके परियारलाई भगाउन विरामी बनाइएको खुलासा
फरार भएका घोराही जेलका नाइके परियारलाई भगाउन विरामी बनाइएको खुलासा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, पुस १०, २०७८ बागेश्वरी पोस्ट
फरार भएका घोराही जेलका नाइके परियारलाई भगाउन विरामी बनाइएको खुलासा
सांकेतिक तस्बिर

नेपालगन्ज । बिहीवार दिउँसो प्रहरीको मोटरसाइकल लिएर अस्पतालबाट फरार भएका केदी आफैं नभागी मिलेमतोमा भगाइएको तथ्य खुलेको छ । अस्पतालबाट प्रहरीकै मोटरसाइकल लिएर फरार भएका घोराही कारागारका नाइके २८ वर्षीय जयराम परियार बिरामी नै नभए पनि अस्पताल लगिएको तथ्य उजागर भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद सजाय भई कारागारमा रहेका परियार कुनै पनि बिरामी नभए पनि उपचारका लागि अस्पताल पठाइएको पाइएको  बताए । 'कुनै पनि बिरामी नभएका कारागारका नाइके परियारलाई किन उपचारका लागि अस्पताल पठाइएको हो, त्यो कुराबाटै अनुसन्धान गर्नुपर्ने भएको छ,’ एसपी काफ्लेले भने, ‘अनुसन्धानपछि परियारलाई भगाउन क-कसको मिलेमतो छ भन्ने कुरा स्पष्ट भन्नेछौं।’

अनुसन्धानले जिल्ला कारागार घोराहीका जेलर युवराज परियारमाथि शंका देखाएको प्रहरी दाबी छ ।

तर, परियारले भने, ‘कतिले जयरामलाई मेरै भाइ भनेर समेत लेखेको देखेँ, उनीसँग मेरो कुनै नाता पर्दैन र उनलाई मैले जेलर भएर आएपछि मात्रै चिनेको हो।’ बिरामी नभएका व्यक्तिलाई किन अस्पतालाई पठाइएको हो ? भन्ने प्रश्नमा जेलर परियारले व्यक्तिगत रूपमा त्यो सबै कुरा आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।

‘छाला सम्बन्धि समस्या छ भन्ने रिपोर्टिङ गरेपछि पठाइएको हो,’  उनले भने ।

रिपोर्टिङकै आधारमा आफूले कारागार सुरक्षागार्डलाई छाला सम्बन्धि उपचारका लागि आफूले पठाएको जेलर परियारले जानकारी दिए ।

कारागारका नाइके परियारलाई कारागार लैजाने जवानलाई प्रहरीले हिरासतमा राखेको हुँदा आफूसँग सम्पर्क नभएको र सोध्न समेत नपाएको जेलर परियारले बताए ।

बिहीबार बिहान ११ बजेतिर उपचारका लागि नाइके परियारलाई कारागारबाट लगिएको भए पनि दिउँसो तीन बजेसम्म पनि नआएपछि आफूले खोजी गरेको जेलेर परियारले बताए ।

‘दिउँसो तीन बजेसम्म पनि फर्किएर नआएपछि मैले सोधीखोजी गरेको थिएँ,’ जेलर परियारले भने, ‘त्यसपछि असई साहेबले उपचारमा लैजाने प्रहरी जवानलाई धेरै फोन गर्नुभयो, पहिलो फोन लाग्यो र पछि स्वीच अफ भन्यो ।’

त्यसपछि धेरै पछाडि चार बजेतिर मात्रै ती प्रहरी जवानले अरुकै मोबाइल नम्बरबाट फोन गरेर कारागारका नाइके आफ्नो मोटरसाइकल लगेर फरार भएको सूचना दिएको जेलर परियारले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी काफ्लले परियारलाई भगाउन मद्दत गरेको आशंकामा थप तीन जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन् ।

पक्राउ परेका तीन जनाको नाम भने खुलाइएको छैन। ‘परियारलाई भगाउन कम्तीमा पनि पाँच जनाले सहयोग गरेको देखिएको छ,’ एसपी काफ्लेले भने ।

परियारले लगेर फरार भएको प्रहरी जवानको मोटरसाइकल शुक्रबार लमही भन्दा केहीमाथि जंगलमा फेला परेको एसपी काफ्लेले बताए ।

फरार परियारलाई खोज्न प्रहरीले जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालको नेतृत्वमा दुई दर्जन जति प्रहरी खटाइएको छ । सेतोपाटीबाट


प्रकाशित मिति: शनिबार, पुस १०, २०७८  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP