नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिकमैत्री बनाइने
नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिकमैत्री बनाइने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, पुस १२, २०७८ बागेश्वरी पोस्ट
नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिकमैत्री बनाइने

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकालाई जेष्ठ नागरिकमैत्री बनाइने भएको छ । त्यसका लागि जेष्ठ नागरिक क्लव तथा क्लव सञ्जाल गठनका लागि कार्यविधि मस्यौदा निर्माण भईरहेको छ  । मस्यौदामाथि सुझाव संकलनको काम समेत सुरु भएको छ ।

प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम तथा सुझाव संकलन कार्यक्रमबाट वडा नम्बर २ का वडा अध्यक्ष सुनिलसिंह हमालको संयोजकत्वमा जेष्ठ नागरिकका प्रतिनिधि सम्मिलित मस्यौदा तयारी कार्यदल गठन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले जेष्ठ नागरिकको सवालमा उपमहानगरपालिका सधैं गम्भिर रहेको बताउँदै जेष्ठ नागरिकले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताए ।

उपप्रमुख उमा थापा मगरले नेपालगञ्जलाई जेष्ठ नागरिक नगर बनाउन काम थालिएको बताइन् । उपमहानगरपालिकाले जेष्ठ नागरिकको सेवा सुविधा लगायतका विषयमा नीतिगत निर्णय गर्न थालेको जानकारी दिदै उनले भविष्यमा यसको सकारात्मक प्रतिफल प्राप्त हुने बताइन् । उनले जेष्ठ नागरिकले समाजका लागि महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुको सेवा सुविधाका लागि कुनै कसर बाँकी नराख्ने स्पष्ट पारिन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका महिला वालवालिका तथा जेष्ठ नागरिक महाशाखा प्रमुख शोभा शाहले जेष्ठ नागरिकले पाउनुपर्ने सेवा सुविधाका लागि नीतिगत निर्णय गर्ने, भेरी सम्वद्ध सरोकारवालाहरुसँग अन्तरक्रिया गर्ने, भेरी अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने, जेष्ठ नागरिकहरुको विशेषज्ञ समूह गठन गरी स्थानीय तहले उपयोग गर्न सक्ने लगायतका विषयमा छलफलमा उठेको बताइन् ।

नेपालगञ्ज उपमहानगरपालिकामा वडास्तरमा जेष्ठ नागरिक क्लव गठन भई क्रियाशील रहेका छन् । 


प्रकाशित मिति: सोमबार, पुस १२, २०७८  ०८:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
सन्ध्या गुप्तालाई स्व. नयन राज रावल स्मृति सम्मान तथा पुरस्कार
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
माइती नेपाल नेपालगन्जको आर्थिक बर्ष २०८२/०८३ को सामाजिक परीक्षण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
नरैनापुरका एक सय महिला तथा किशोरीलाई फ्रिडम किट ब्याग वितरण
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
राप्ती किनारमा बोलबम यात्रीको सुरक्षामा रातभर तैनाथ रह्यो सशस्त्रको विपद् उद्धार टोली
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP