prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, भदौ २१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कृषि अनुसन्धान निर्देशनालय खजुरामा कार्यसमूह बैठक सम्पन्न
कृषि अनुसन्धान निर्देशनालय खजुरामा कार्यसमूह बैठक सम्पन्न
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस १८, २०७८ बागेश्वरी पोस्ट
कृषि अनुसन्धान निर्देशनालय खजुरामा कार्यसमूह बैठक सम्पन्न

खजुरा(बाँके) । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुरा बाँकेको आयोजनामा प्रदेश स्तरीय कृषि प्राविधिक कार्यसमूह बैठक आज सम्पन्न भएको छ । निर्देशनालयका निर्देशक डा.समिद अहमदको सभापतित्व एवम् कृषि विकास निर्देशनालय लुम्बिनी प्रदेश बुटवलका निर्देशक याम नारायण देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यसमूह बैठकमा लुम्बिनी प्रदेशका कृषि र कृषि अनुसन्धानसंग सम्बन्धित विभिन्न कार्यालय र शैक्षिक निकायहरुका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता थियो ।

No description available.

कोशेबाली अनुसन्धान कार्यक्रम खजुरा बाँकेका संयोजक डा.राजेन्द्र दराईले स्वागत गर्दै कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेको कार्यक्रममा विभिन्न प्रस्तुतिहरु रहेका थिए । कृषि अनुसन्धान निर्देशनालय लुम्बिनी प्रदेश खजुराका प्राविधिक अधिकृत रविन गिरीले विभिन्न एग्रो इकोलोजीका लागि हालसम्म विकसित कृषि र पशुसंग सम्बन्धित प्रविधिहरु र कृषि अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा नार्कको भूमिकाका विषयमा प्रस्तुति राखेका थिए ।

No description available.

कृषि, खाद्य प्रविधि तथा भूमी व्यवस्था मन्त्रालय लुम्बिनी प्रदेशको योजना तथा अनुगमन महाशाखा प्रमुख हरि प्रसाद पण्डितले प्रदेशस्तरमा कृषि अनुसन्धान तथा अन्य सरोकारवालासंग समन्वयका लागि मन्त्रालयको भूमिका तथा आगामी कार्यदिशाका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यसमूह बैठकमा कृषि विकास निर्देशनालयका निर्देशक देवकोटाले प्रदेशस्तरका कृषिसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरुको प्रस्तुति र कृषि अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिका विषयमा आफ्नो प्रस्तुतिकरण राखेका थिए । यस्तै निर्देशक देवकोटाले नै प्रदेशस्तरमा पशुपंक्षी एवम् मत्स्यसंग सम्बन्धित निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र पशुपंक्षी एवम् मत्स्य अनुसन्धान, प्रसार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश सरकारको भूमिकाका विषयमा प्रस्ततिकरण राखेका थिए ।

No description available.

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रुपन्देहीका बरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत् लुम्बिनी प्रदेशस्थित कार्यालयको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र कृषि अनुसन्धान, प्रचार/विकास र शिक्षा बीचको समन्वयमा प्रदेश कार्यालय इकाईको भूमिका र प्राकृतिक स्रोत व्यवस्थापन कलेज रोल्पाका प्रिन्सिपल सुमन ढकालले प्रदेशस्तरका कृषिसंग सम्बन्धित शैक्षिक निकायहरुको तर्फबाट अनुसन्धानमूलक समस्याहरु र कृषि अनुसन्धान, प्रचार/विकास र शिक्षा बीचको समन्वयमा विश्वविद्यालय क्याम्पसको भूमिकाका विषयमा प्रस्तुतिकरण राखेका थिए ।

त्यसक्रममा सहभागी बीच समूह गठन गरी कृषि अनुसन्धानसंग सम्बन्धित समस्या पहिचान, प्राथमिकीकरण र अबको कार्यदिशाका विषयमा गहन छलफल गरिएको प्राविधिक अधिकृत बशिष्ठ आचार्यले जानकारी दिए ।

No description available.


प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
पुस्तकालय दिवसको अवसरमा छलफल तथा उत्कृष्ट पाठकलाई सम्मान
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP