prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १०, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरी वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश
सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरी वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश
banijya office
बागेश्वरी पोस्ट
बुधबार, पुस २८, २०७८ बागेश्वरी पोस्ट
सामाजिक सुरक्षा भत्ता तत्काल निकासा गरी वितरण गर्न सर्बोच्चको अन्तरिम आदेश

डुडुवा (बाँके) । जेष्ठ नागरिकहरुका लागि सामाजिक सुरक्षा भत्ता नरोक्न र तत्काल उपलब्ध गराउन सर्बोच्च अदालतले विपक्षीमा नाउँमा अन्तरिम आदेश जारी गरेको छ । बाँके डुडुवा गाउँपालिकाका जेष्ठ नागरिकहरुले आफ्नै घरमा सहज र सरल रुपमा भत्ता पाउनुपर्ने माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका थिए ।

nepalgunj 081-082

रिट निवेदनमाथि सुनवाई गर्दै अदालतले बृद्ध भत्ता, जेष्ठ नागरिकहरुलाई व्यवहारिक रुपमा सहज र सरल तरिकाबाट वितरण गर्नुपर्ने भनेको छ । यस्तै अशक्त हिंड्डुल गर्न नसक्ने विरामी तथा गाउँ गाउँमा बैंक नखुलेको र बैंकिङ्ग प्रणालीमा तत्काल आबद्ध हुन नसकेका कारण सरकारबाट जेष्ठ नागरिकहरुलाई दिइएको बृद्ध भत्ताको रकम समयमा निकासा नहुँदा बृद्धहरुले प्राप्त गर्न नसकी सरकारले दिएको उक्त सुविधाको कार्यान्वयनमा समेत बाधा पुगेको अदालतको ठहर छ भने जेष्ठ नागरिकहरुलाई पूर्ववत रुपमा बृद्ध भत्ता रकमको निकास नरोक्नु नरोकाउनु भनी विपक्षीका नाउँमा सर्बोच्च अदालतले आन्तरिम आदेश गरेको हो । 

सर्बोच्च अदालतका न्यायाधीश विश्म्भर प्रसाद श्रेष्ठको एकल इजलासले विपक्षीहको नाउँमा आदेश कार्यन्वयन गर्न गराउन अन्तरिम आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको विषय भन्दै डुडुवाका जेष्ठ नागरिकहरुको तर्फबाट बरिष्ठ अधिबक्ता गोपाल कृष्ण घिमिरे र अधिबक्ता सुरेशकुमार पौडेलले बहस गरेका थिए । अदालतको आदेश अनुसार अब देशभरका बैंक नभएका स्थानीय तहहरुले पनि सेवाग्राहीका घरघरमा पुगेर भत्ता उपलब्ध गराउन सक्ने एउटा नजिरको रुपमा पनि लिन सक्नेछन् ।   

डुडुवा गाउँपालिका स्थानीय जेष्ठ नागरिकहरुले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, अर्थ मन्त्रालय, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, पञ्जीकरण विभाग तथा कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्ज लगायतका निकायलाई विपक्षी बनाई रिट निवेदन दायर गरेका थिए । 

सरकारले उपलब्ध गराउने सामाजिक सुरक्षा भत्ता गाउँ गाउँमा बैंक नखुलेको र बैकिङ्ग प्रणाली मार्फत् जेष्ठ नागरिक असहाय, अपांगता भएकाहरुले नेपालगन्ज सदरमुकाम गएर रकम भुक्तानी गर्न सक्ने अवस्था नरहेकाले स्थानीय तहले घरघर मै उपलब्ध गराइरहेको भत्ता वितरणको कार्यलाई निरन्तरता दिन अदालतमा रिट दायर गरिएको थियो । 

यसैगरी कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्जले भत्ता रकम उपलब्ध नगराउँदा बृद्धहरुले समयमा रकम नपाएपछि डुडुवा गाउँपालिकाले बैंकमार्फत् भएपनि समयमा रकम उपलब्ध गराउने व्यवस्था मिलाएको छ । विगत तीन दिनदेखि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरी वडा नं. १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई नेपालगन्जका बैंकहरुसम्म ल्याएर रकम वितरण गराइरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । 

अध्यक्ष चौधरीले भने–‘सर्वोच्च अदालतको यो अन्तरिम आदेशलाई म स्वागत गर्दछु र म विश्वस्त पनि छु कि अब हामीले जेष्ठ नागरिककै घरमा पुगेर भत्ता रकम उपलब्ध गराउने बाटो खुलेको छ ।’ गाउँमा बृद्ध बृद्धाहरु बजारसम्म आएर बैकिङ्ग प्रणाली मार्फत् भत्ता बुझ्ने अवस्था सहज नभएको र स्थानीय सरकारको पनि दायित्व र जिम्मेवारी भएकाले घरमै सेवा उपलब्ध गराउने अध्यक्ष चौधरीले बताए । 

डुडुवाले सेवाग्राहीका घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएकोमा पछिल्लो समय नेपाल सरकार र कोष लेखा नियन्त्रण कार्यालय नेपालगन्जले जेष्ठ नागरिकका भत्ता उपलब्ध नगराउँदा समयमा वितरण गर्न नसकिएको प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायले बताए ।  

सरकारले ७० वर्ष पुगेका जेष्ठ नागरिक, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, अपांगता भएका व्यक्ति, जन्मेदेखि ५ वर्ष मुनीका दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । 
 


प्रकाशित मिति: बुधबार, पुस २८, २०७८  २०:५८
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
जानकीको नीति तथा कार्यक्रम सार्वजनिक
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ मा सार्वजनिक सुनुवाई  
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कर्मचारीसंग छलफल तथा समिक्षा कार्यक्रम
सामी कार्यक्रम प्रभावकारी !
सामी कार्यक्रम प्रभावकारी !
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP