नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार १७, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • चिनियाँ संगठित आपराधिक गिरोहमाथि रातभर पनि अपरेशन, सयौं पक्राउ
चिनियाँ संगठित आपराधिक गिरोहमाथि रातभर पनि अपरेशन, सयौं पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस ८, २०७६ बागेश्वरी पोस्ट
चिनियाँ संगठित आपराधिक गिरोहमाथि रातभर पनि अपरेशन, सयौं पक्राउ

काठमाडौं । नेपाल प्रहरीले एक हजारको संख्यामा चिनियाँ नागरिक संगठित अपराधमा सक्रिय रहेको पत्ता लगाएर अपरेशन चलाएको छ । यस क्रममा सोमबार दिन र रात गरी सयौंको संख्यामा आपराधिक गिरोहका सदस्य पक्राउ परेका छन् । छ महिना लामो अनुसन्धानपछि उक्त संख्यामा आपराधिक क्रियाकलापमा लागेका चिनियाँ नागरिकको सूची तयार भई पक्राउ शुरु गरिएको हो ।

संगठित अपराधमा लागेकाहरुको सूची तयार भएपछि प्रहरीले सोमबार एकैपटक राजधानीको विभिन्न स्थानबाट छापा मारेको हो । दर्जनौं ठाउँमा एकैपटक छापा मार्दा सयौंको संख्यामा चिनियाँ नागरिक पक्राउ परेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको विवरण भने गोप्य राखिएको छ ।

चिनियाँ नागरिक वित्तीय अपराधमा बढी सक्रिय पाइएका छन् । बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा झिक्ने, ठगी, लागूऔषध कारोबार, वन्यजन्तुको सामाग्री ओसारपसार, विदेशी मुद्राको तस्करी देखि यौन व्यापारमा समेत संलग्न पाइएका छन् । उनीहरुको ठूलो समूहबारे जानकारी पाएपछि नेपाल प्रहरीले चिनियाँ पक्षसँग समन्वय गरी पक्राउ गरेको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको केही हप्ता अघि केही चिनियाँहरु बैंकको सिस्टम ह्याक गरी एटीएमबाट पैसा चोर्ने गतिविधिमा पक्राउ परेपछि चिनियाँ पक्ष गम्भीर भएको थियो । चीनको प्रतिष्ठामाथि आँच पुग्ने कार्य नेपालमा चिनियाँ नागरिकबाट भएको भन्दै चिनियाँ राजदूतावासले समेत चासो लिएको थियो । त्यसपछि विवरणसहित अनुसन्धान अगाडि बढाउँदा ठूलो संख्यामा चिनियाँहरु आपराधिक गतिविधिमा सक्रिय रहेको पाइएका थिए ।

पक्राउ परेका चिनियाँलाई चीन सरकारले आफ्नै देशमा लगेर कारबाही चलाउन खोजेको छ । सुपुर्दुगी सन्धीलगायतको विषय उठ्ने भएकाले अनौपचारिक तरिकाले हस्तान्तरण गरी चीन पठाइने भएको छ । चिनियाँ नागरिकलाई चीन लान चाटर्ड विमान ल्याइने बुझिएको छ ।

प्रहरीले सोमबार रातभर चिनियाँ संगठित अपराधिक समूह पक्राउमा सक्रियता देखाएको छ । यस क्रममा सयौं पक्राउ परेका छन् ।


प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
३५० क्षमताको जेलमा ८७२ कैदीबन्दी, संसदीय समितिले देख्यो दयनीय अवस्था
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
बाँके जिल्ला स्तरीय चौथो नागरिक सम्मेलन सम्पन्न
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
गैसस महासंघ बाँकेको अध्यक्षमा मन भण्डारी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP