नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा बिपन्नलाई सामूहिक आवास
खजुरामा बिपन्नलाई सामूहिक आवास
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, माघ १४, २०७८ बागेश्वरी पोस्ट
खजुरामा बिपन्नलाई सामूहिक आवास

नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३  मा निर्माण गरिएका २१ घर भएको सामूहिक आवासको उद्घाटन गरिएको छ । १ करोड ७६ लाख लागतमा निर्माण भएका सामूहिक आवासको नेकपा एमालेका महासचिव एवं लुम्बिनी प्रदेशका संस्थापक मूख्यमन्त्री शंकर पोख्रेलले एक समारोहका बिच उद्घाटन गरेका छन् ।

खजुरा गाउँपालिका वडा नम्बर ३ मा निर्माण गरिएका सामूहिक आवासमा खजुरा क्षेत्रकै अति विपन्न परिवार बस्न थालेका छन् । २१ वटा घर मध्ये गत वर्ष निर्माण भएका १६ घरमा विपन्न परिवार बस्न थालेका हुन् । सामूहिक आवासको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिब पोख्रेलले वर्तमान गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचन धकेल्न खोजेको आरोप लगाएका छन् ।

चुनाव टार्न खोज्नु वर्तमान सरकारको प्रतिगामी कदम भएको बताउदै उनले पाँच दलीय गठबन्धनको सरकार स्थानीय तहको निर्वाचन गर्न हिच्किचाएको दाबी गरे । जनताको वीचमा जान गठबन्धन सरकार डराइरहेकाले वर्तमान सरकार जनताको काम भन्दा एमालेको विरुद्ध लागिपरेको भन्दै महासचिव पोख्रेलले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिन सरकार बनाउनमै बिताएका टिप्पणी गरे ।

पोख्रेलले मूल्यवृद्धि अहिलेसम्मकै उच्च विन्दुमा पुगेको र व्यापार घाटा बढ्दो क्रममा रहेकाले देशमा आर्थिक तरलता बढ्दै जाँदा देश आर्थिक संकटमा पर्ने संकेत देखिएपछि बैंकहरु लगानी गर्न नसक्ने अवस्थामा पुगेको जिकिर गरे । विकास र समृद्धिको नेतृत्व एमाले मात्र गर्न सक्ने भन्दै महासचिब पोख्रेलले देश अगाडि बढाउन बलियो शक्ति निर्माण गर्न जरुरी भएको भन्दै सामाजिक न्यायको पक्षमा एमाले स्थापित भएको जिकिर गरे ।

सामूहिक आवास निर्माण गरी बिपन्न परिवारलाई हस्तान्तरण गर्नु खजुरा गाउँपालिकाको नमूना काम भएको भन्दै महासचिब पोख्रेलले बधाई समेत दिए । खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले तराई समृद्धि कार्यक्रम अन्तरगत् १ विगाहा जमिनमा निर्मित २१ घर निर्माण गरेर विपन्न नागरिकलाई हस्तान्तरण गरिएको बताए । अध्यक्ष कक्षपतिले गाउँपालिकाका सबै विपन्न नागरिकलाई सुरक्षा र जीविकोपार्जनमा गाउँपालिका सारथी बन्दै आएको बताए ।

उद्घाटन कार्यक्रममा अध्यक्ष कक्षपतिले संघ, प्रदेशको सहयोगमा गाउँपालिकाभित्र मदन भण्डारी सभा हल, शीत भण्डार, औद्योगिक ग्राम, खेलकुद ग्राम, मिनी रंगशाला, १५ शैयाको अस्पताल, स्वास्थ्य चौकी, विश्वविद्यालयका लागि जग्गा उपलब्ध, ग्रीन सिटीको प्रक्रिया अगाडि बढाएको र करिब ८५ किलोमिटर सडक कालोपत्रे लगायतका गौरवका आयोजना संचालनमा रहेको उल्लेख गरे ।


प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP