prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सुदूरपश्चिमको सवारी दुर्घटनामा १ सय १३ जनाको मृत्यु
सुदूरपश्चिमको सवारी दुर्घटनामा १ सय १३ जनाको मृत्यु
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, फागुन १९, २०७८ बागेश्वरी पोस्ट
सुदूरपश्चिमको सवारी दुर्घटनामा १ सय १३ जनाको मृत्यु
फाइल फोटो

नेपालगन्ज । पछिल्लो सात महिना यता सुदूरपश्चिम प्रदेशमा दुर्घटनाको संख्या धेरै रहेको छ । चालु आर्थिक वर्ष २०७८–७९ को पछिल्लो सात महिनाको अवधिमा सुदूरपश्चिममा  सवारी दुर्घटनामा संलग्न सवारी साधनहरुको संख्या चार सय ४० रहेको छ । जसमध्ये प्रदेशभर तीन सय २७ सवारी दुर्घटना भएका छन् । चालु आर्थिक वर्षको साउन महिनादेखि माघ मसान्तसम्मको अवधिमा सो संख्यामा सवारी साधन दुर्घटना भएको सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले जानकारी दिएकोे छ । 

nepalgunj 081-082

यसैगरी चालु आर्थिक बर्षको पछिल्लो सात महिनाको अवधिमा सवारी दुर्घटनामा परी एक सय १३ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते दुई सय ४२ जना र तीन सय ६९ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ । सात महिने अवधिमा सुदुरपश्चिम प्रदेशभर विभिन्न  मितिमा ट्रक, ट्याङ्कर २२, टिप्पर चार, डोजर,लोडर एक,बस १५, माइक्रोबस दुई, जिप कार ७१, ट्रयाक्टर ३६, टेम्पो १८, मोटरसाइकल दुई सय ४०, साइकल, रिक्सा २४ र अन्य सात सवारी साधन गरी कुल चार सय ४० सवारी दुर्घटनामा संलग्न सवारी साधन रहेका छन् । 

ट्राफिक प्रहरीकाअनुसार सुदूरपश्चिम प्रदेशभर साउन महिनामा ४८, भदौमा २०, असोजमा ६४, कार्तिकमा ५५, मंसिरमा ७०, पुसमा २८ र माघमा ४२ सवारी दुर्घटना भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिँहले सवारी दुर्घटना भएका सवारी साधनहरुको संख्या भने तीन सय २७ रहेको बताए । सात महिनाको अवधिमा सवारी साधन दुर्घटनामा एक सय १३ जनाले ज्यान गुमाएको उनले जानकारी दिए । 

यस अवधिमा सवारी साधन दुर्घटनामा मृत्यु भएका मध्ये पुरुष ८६, महिला १९, बालक चार र बालिका चार छन् । यसैगरी गम्भीर घाइते हुनेको संख्या दुई सय ४२ रहेको छ । जसमा पुरुष एक सय ८३, महिला ३४, बालक १८ र बालिका सात रहेका छन् ।

त्यसैगरी साधारण घाइते हुनेको संख्या तीन सय ६९ मध्ये पुरुष दुई सय ७८, महिला ६६, बालक १३ र बालिका १२ रहेको  सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया, कैलालीले जनाएको छ । 

यसक्रममा सवारी दुर्घटनामा प्रदेश भर २७ पशुचौपायाको पनि मृत्यु भएको र सात पशुचौपाया घाइते भएका छन् । ट्राफिक प्रहरीले जनाएअनुसार अधिकांस सवारी दुर्घटनाको प्रमुख कारण ट्राफिक नियमको उल्लंघन देखिएको छ  ।

तीब्र गति, ओभरटेक, चालक निदाउँदा, मोवाइलको प्रयोग, मापसे लगायतका कारणले सवारी दुर्घटना बढेका छन् । पुरानो गाडी, ब्रेक नलाग्ने, टायर पन्चर, यान्त्रिक गडीवडीका कारण पनि सवारी दुर्घटना हुने गरेको छ । 

सवारी साधनमा झुन्डियर यात्रा गर्ने, छतमा यात्रा गर्ने, शरीर बाहिर निकाल्ने र जथाभावी बाटो काटने गरेका कारण पनि सवारी दुर्घटना हुने गरेका छन् । सडकको अबस्थाका कारण पनि सवारी दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले जनाएको छ । 

खाल्टाखुल्टी, घुम्तिमोड, उकालो ओरालो,जिर्ण कच्ची र ग्राभिल सडकका कारण पनि सवारी दुर्घटना हुने गरेको प्रवक्ता सिँहले बताए । हुस्सु, कुहिरो, आधिबेरी, बर्षा, वाढीपहिरो लगायतका कारणले पनि सवारी दुर्घटना भइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कमा जनाइएको छ ।ट्राफिक प्रहरीले नियमित रुपमा सवारी साधन चेकजाँचसँगै विभिन्न समयमा राजमार्गमा छड्के चेकजाँच गर्ने क्रममा चालकहरुलाई ट्राफिक नियमसंगै सवारी दुर्घटना न्यूनीकरणका बारेमा जनचेतनामूलक सन्देश दिँदै आइरहेको  जनाएको छ ।  हाम्राकुराबाट


प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २१:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
कोहलपुर टुडेले मनायो तेस्रो बार्षिकोत्सब, स्मारिका पनि विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
बरिष्ठ कलाकार श्यामानन्द सिंह ठकुरीको 'संगीत स्वर सरगम' पुस्तक विमोचन
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
वेष्टर्न ट्राभल मार्ट-२०२५ को खर्च सार्वजनिक
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
बैंक घोटाला प्रकरणमा एमाले केन्द्रीय सदस्य मिश्र पक्राउ
Nepalgunj metro _nabin duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP