Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीको ठुलो सफलता:९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित तीन जना पक्राउ
बाँके प्रहरीको ठुलो सफलता:९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित तीन जना पक्राउ
RSG-2
चौकी इन्चार्ज बमले लागूऔषध कारोबार ध्वस्त पार्दै
बागेश्वरी पोस्ट
आइतबार, फागुन २२, २०७८ बागेश्वरी पोस्ट
बाँके प्रहरीको ठुलो सफलता:९० ग्राम ब्राउन सुगर र आधुनिक पेस्तोलसहित तीन जना पक्राउ
प्रहरी चौकी राधापुर,बाँके

नेपालगन्ज ।  बाँके प्रहरीले ५ दिनको अन्तरालमा फेरि अत्याधुनिक स्वचालित पेस्तोल र ठुलो परिमाणमा  ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

खजुरा गाउँपालिका १ स्थित प्रहरी चौकी राधापुरका इन्चार्ज प्रहरी नायब निरीक्षक रबिन्द्र बमको कमान्डमा खटिएको टोलीले आइतबार दिउँसो ३ बजे ९० ग्राम  ब्राउन सुगर, एक थान अत्याधुनिक स्वचालित पेस्तोलसहित तीन जना युवकहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बिशेष सूचनाका आधारमा प्रहरी नायब निरीक्षक बमको कमान्डमा गएको टोलीले खजुरा गाउँपालिका १ बहादुरपुर  स्थित २५ बर्षीय रबिन्द्र थापाको घरबाट सेतो प्लास्टिकमा बेरिएर राखिएको ९० ग्राम ब्राउन सुगर र घरमा लुकाईराखेको अवस्थामा स्वचालित पेस्तोलसहित सोही घरका रबिन्द्र थापा, खजुरा २ का २७ बर्षीय मनिष थापा र नेपालगन्ज १३ का २८ बर्षीय सुरेश रोका मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ । बाँके प्रहरीले पक्राउ परेका तीनै जनाले ब्राउन सुगर समेत सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जनाएको छ ।

केही हप्ता अघि मात्र १५२ ग्राम ब्राउन सुगर बरामद गरेको बाँके प्रहरीले पुन: २ हप्ता अघि मात्र प्रहरी चौकी राधापुरको इन्चार्ज सम्हालेका बमले ठुलो  परिमाणमा ब्राउन सुगर बरामद गर्न सफल भएका छन् ।

यता अपराध नियन्त्रण गर्न लागिपर्ने र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने सोचका साथ कार्य गरिरहेका बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बाँकेमा लागूऔषध कारोबारीको किल्ला नै ध्वस्त बनाउँदै गएका छन् । बाँके प्रहरीको कमान्ड सम्हालेको ८ महिनामा प्रहरी उपरीक्षक अधिकारीले ९ सय बढी फरार प्रतिवादीलाई पक्राउ गर्नुका साथै सयौंको संख्यामा लागूऔषध कारोबारी धमाधम पक्राउ गर्न सफल भएका छन् । त्यस्तै प्रहरी उपरीक्षक अधिकारीले शान्तिसुरक्षामा खलबल पुर्याएका दर्जनौंलाई हतियारसहित पक्राउ गर्दै १० करोड बढीको राजस्व संकलन गरिसकेका छन् ।

प्रहरी उपरीक्षक अधिकारीझैं खरो स्वभाव भएका राधापुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक बमले पनि आफुले अपराध नियन्त्रण र तस्करीविरुद्ध कुनै सम्झौता नगर्ने बताएका छन् । 

पक्राउ परेका तीनै जना लागूऔषध कारोबारी समेत हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ । उनीहरुलाई लागूऔषध र हातहतियार तथा खरखजाना ऐन अन्तर्गत् अनुसन्धान गरिरहेको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ ।

 

 

 


प्रकाशित मिति: आइतबार, फागुन २२, २०७८  २१:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP