नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पक्राउ परेका चिनीयाँ नागरिकहरुलाई देश निकालाको तयारी, चिनीयाँ जहाज लिन आउँदै
पक्राउ परेका चिनीयाँ नागरिकहरुलाई देश निकालाको तयारी, चिनीयाँ जहाज लिन आउँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, पुस १५, २०७६ बागेश्वरी पोस्ट
पक्राउ परेका चिनीयाँ नागरिकहरुलाई देश निकालाको तयारी, चिनीयाँ जहाज लिन आउँदै

काठमाडौं । नेपाल बसेर चीनमा इन्टरनेटमार्फत अवैध गतिविधि गरिरहेको आशंकामा पक्राउ परेका चिनियाँ नागरिकलाई गृह मन्त्रालयले विशेष निर्णय गरेर भिसा दुरुपयोगको कसुरमा देश निकाला गर्ने तयारी गरेको छ ।

प्रहरीले उनीहरूमाथि लगाएको अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान सकेर अध्यागमन विभागमार्फत पक्राउ परेका सबैलाई भिसा दुरुपयोगसम्बन्धी कसुरमा कारबाही गरी निष्कासन गर्ने तयारी भएको हो। नेपालसँग सुपुर्दगी सन्धि नभएका मुलुकका नागरिक पक्राउ पर्दा यसरी गृह मन्त्रालयमार्फत निर्णय गराएर उनीहरूलाई स्वदेश पठाइने गरिएको छ । यस्तै, अपराधमा संलग्न आफ्ना नागरिक विदेशी भूमिमा पक्राउ पर्दासमेत सो देशसँग सन्धि नभएको खण्डमा यसैगरी नेपाल ल्याइने गरिएको छ ।

७ पुसमा राजधानीका नौ वटा घरबाट नेपाल बसेर चीनमा आर्थिक अपराधका घटनामा संलग्न रहेका १ सय २२ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले नेपाल बसेर इन्टरनेटमार्फत चीनमा अर्थतन्त्र धराशायी बनाउने गरी गतिविधि गरेको, इन्टरनेटमार्फत जुवा खेलाएको र इन्टरनेटबाट नै यौनजन्य अश्लिल गतिविधि गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । अध्यायमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले प्रहरीतर्फको अनुसन्धान सकिएपछि चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरूमाथि अध्यागमन कानुन दुरुपयोग गरेको कसुरमा कारबाही प्रक्रियाअघि बढ्ने जानकारी दिए ।

‘हालसम्म सो घटना प्रहरीको क्षेत्राधिकार भित्रै छ, प्रहरीतर्फको अनुसन्धान सकिएपछि प्रहरी र दूतावाससँगको समन्वयमा उनीहरूको डकुमेन्ट अध्यागमनले भेरिफिकेसन गर्छ,’ विभागका महानिर्देशक पौडेलले भने, ‘डकुमेन्ट भेरिफिकेसनपछि भिसा दुरुपयोग कसुरमा अध्यागमन कानुनअनुसार निष्कासनको प्रक्रियामा जान्छौं ।’ अध्यागमन विभागले प्रहरीतर्फको अनुसन्धान सकिएपछि पक्राउ परेकाहरूसँग पासपोर्ट भए नभएको हेर्ने, नभएकाहरूको अन्य डकुमेन्ट खोज्ने र अन्य कुनै डकुमेन्टसमेत फेला नपरे चिनियाँ दूतावाससँगको समन्वयमा औठा छापको बायोमेट्रिक प्रणालीमार्फत उनीहरूको ट्राभल डकुमेन्ट बनाएर निष्कासन गरिने जनाएको हो ।

यसरी निष्कासन गर्ने आफ्ना नागरिकलाई लिन चीनले दुईवटा चार्टर विमान पठाउने तयारी गरेको छ । अभद्र व्यवहारको मुद्दाको अनुसन्धान सकिएपछि मात्रै विमान कहिले आउने भन्ने टुंगो लाग्नेछ । प्रहरीले पक्राउ परेका चिनियाँ नागरिकको साथबाट ७ सय ४७ थान मोबाइल र ३ सय ३१ थान ल्यापटप, ९८ वटा सीपीयू, ९९ मोनिटर, २२ पेनड्राइभ र ३ सय २७ थान सिमकार्ड बरामद गरेको थियो । राजधानी दैनिकबाट साभार।


प्रकाशित मिति: मंगलबार, पुस १५, २०७६  ०६:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP