नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने
स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, पुस १७, २०७६ बागेश्वरी पोस्ट
स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना कुर्नुपर्ने

काठमाडौं। ठूला तथा साना सवारी चलाउनका लागि आवश्यक पर्ने    स्मार्ट लाइसेन्स पाउन अझै ६ महिना कुनुपर्ने भएको छ । लाइसेन्स छपाइमा ढिलाइ हुँदा लामो समयदेखि सवारी सञ्चालकले कागजी रसिदको भरमा सवारी चलाउन बाध्य हुँदै आएका छन् ।

सरकारले स्मार्ट लाइसेन्स छपाइमा चासो नदिँदा लाइसेन्सका लागि आवेदन दिएका आवेदकले अझै ६ महिनासम्म कुर्नुपर्ने भएको हो । यातायात व्यवस्था विभागमा स्मार्ट लाइसेन्स प्रिन्ट गर्ने ठूलो क्षमताको मेसिन ल्याएको तीन महिनापछि सञ्चालनमा ल्याइएको छ । तर, क्षमताभन्दा आधा मात्र छपाइ भइरहेको छ । विभागका प्रवक्ता तीर्थराज खनालले हाल ५ हजारमाथि स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको बताए । आधुनिक मेसिनले प्रतिघण्टा ४५० प्रति स्मार्ट लाइसेन्स छाप्न सक्ने क्षमता भए पनि हाल त्यसको आधा मात्र छाप्ने काम भइरहेको हो ।

प्रवक्ता खनालले हाल दुई सिफ्टमा छपाइ भइरहेको बताए । उनले तीन सिफ्टमा छाप्ने योजना रहे पनि प्राविधिकको अभावमा अर्को सिफ्ट चलाउन नसकिएको बताए । मेसिन चलाउन सिक्ने भन्दै केही समय अघि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सहसचिवको टोली युरोप घुमेर फर्केको थियो । विभागले तीन महिनाअघि इटालीमा बनेको माटिका कम्पनीको मास प्रिन्टर करिब ७ करोडमा किनेको थियो । सोही मेसिन चलाउन भन्दै यातायात विभागका महानिर्देशक, मन्त्रालयको प्रशासन महाशाखाका प्रमुख सहसचिव, तत्कालीन यातायातमन्त्री रघुवीर महासेठका निजी सचिवलगायत टोली इटाली पुगेको थियो ।

सो टोलीमा विभागका इन्जिनियर केशव गौतम मात्र प्राविधिक रहेका थिए । हाल विभागमा ८ लाख बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको छ । अहिलेको मेसिन लगातार सञ्चालन भएमा मात्र ६ महिनामा नयाँ तथा नवीकरणका लागि लाइसेन्सका लागि निवेदन दिएका सबै आवेदकको हातमा स्मार्ट लाइसेन्स आउनेछ । हाल विभागबाट कसैलाई भनसुनको आधारमा तोक आदेश गराएर लाइसेन्स बाडिँदै छ भने कसैले एक वर्ष कुर्दा पनि लाइसेन्स पाएका छैनन् ।

देशभरका १७ वटा लाइसेन्स कार्यालयबाट लाइसेन्स वितरण हुने गरेको छ । लाइसेन्स प्रिन्ट भने काठमाडौंको मीनभवनस्थित विभागको कार्यालयमा मात्र हुने गरेको छ । लाइसेन्सका लागि सेवाग्राहीको सबै कार्यालयमा चाप बढेकाले माग दिनप्रतिदिन थपिरहेको छ । यसअघि सरकारले कागजी लाइसेन्स हटाएर देशव्यापी रूपमा स्मार्ट लाइसेन्सको व्यवस्था गर्ने नीति लिएको थियो ।राजधानी दैनिकबाट साभार।


प्रकाशित मिति: बिहीबार, पुस १७, २०७६  ०८:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
पब्लिक स्पीच बाँके सिजन ४ को उपाधि आशिकालाई
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
अख्तियार नेपालगन्ज कार्यालयले मनायो ३५औं स्थापना दिवस
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
प्रेस युनियन लुम्बिनी 'रणनीतिक वैठक': प्रेस स्वतन्त्रताको सुनिश्चितताका लागि कांग्रेसले जित्नु अनिवार्य-अध्यक्ष लम्साल
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP