prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक ११, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्पर्कविहिन ताराको जहाजका पाइलटको मोबाइलको घण्टी बज्यो, टिटी लेक आसपास खोजी कार्य गरिँदै
सम्पर्कविहिन ताराको जहाजका पाइलटको मोबाइलको घण्टी बज्यो, टिटी लेक आसपास खोजी कार्य गरिँदै
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १५, २०७९ बागेश्वरी पोस्ट
सम्पर्कविहिन ताराको जहाजका पाइलटको मोबाइलको घण्टी बज्यो, टिटी लेक आसपास खोजी कार्य गरिँदै
फाइल फोटो

नेपालगन्ज । आज बिहानदेखि सम्पर्कविहिन भएको तारा एयरको जहाजका क्याप्टेन प्रभाकर घिमिरेको फोन  ट्र्याक भएको नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले  जनाएका छन् । उक्त क्षेत्रमा मोबाइलमा घण्टी बजिरहेकाले लेते आसपासमा लोकेसन पत्ता लागेको हो ।

पाइलटको मोबाइलमा घण्टी गइरहेको छ । एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएकोले त्यतैतिर खोजी केन्द्रित गरिरहेको प्राधिकरणले जानकारी दिएको छ । 

उक्त क्षेत्रमा मौसम खराब भएकाले खोजीका लागि हेलिकप्टर पठाउन कठिन भइरहेको छ । उक्त क्षेत्रमा पोखराबाट नेपाली सेनाको हेलिकप्टर पठाउने तयारी गर्दा प्रतिकूल मौसमका कारण तत्काल सम्भव नदेखिएकाले जोमसोमबाटै लेतेतर्फ हेलिकोप्टर परिचालन गर्ने तयारी गरिरहेको प्राधिकरणले जनाएको छ ।

१९ जना यात्रु र ३ जना चालक दलका सदस्य गरी २२ जना सवार ९ एन एईटी कलसाइनको जहाज आज बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट मुस्ताङका लागि उडेको थियो । जहाज सिनियर क्याप्टेन प्रभाकर घिमिरेले उडाएका हुन् ।

बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको उक्त जहाज १० बजेर १५ मिनेटमा जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो । तर उक्त जहाज जोमसोम विमानस्थलको टावरसँग १० बजेर ७ मिनेटमा म्याग्दीको घोडेपानीबाट सम्पर्कमा आएको थियो । त्यसपछि जहाज सम्पर्कविहीन भएको हो ।


प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १४:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
नेपालगञ्जमा बढ्दै छठको रौनक, बागेश्वरी तलाउबाट अस्ताउँदो सूर्यलाई अर्घ्य (फोटोफिचर)
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
छठमा सजिसजाउ बागेश्वरी मन्दिर क्षेत्र, बर्षेनी बढ्दै रौनक
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
बाँकेमा अब तामाङ सिडिओ, उदयपुर पुगे विवादित छविका जोशी
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
पत्रकार शाहीमाथि भएको कुटपिट र दुब्र्यवहारको निन्दा, दोषीलाई कारबाहीको माग
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP