नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख २२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बर्षायाममा झस्काइ रहन्छ भुजीखोलाले....
बर्षायाममा झस्काइ रहन्छ भुजीखोलाले....
बागेश्वरी पोस्ट
बिहीबार, साउन २६, २०७९ बागेश्वरी पोस्ट
बर्षायाममा झस्काइ रहन्छ भुजीखोलाले....

नेपालगन्ज । गए राति ढोरपाटन नगरपालिका ५ साहुथोकमा खसेको पहिराले भुजीखोला थुनिएपछि स्थानीयमा एकाएक त्रास छायो । भुजी किनारका बासिन्दा दुई वर्षअघिको त्रासदीपूर्ण घटना सम्झेर झस्किए। कुनै विपद् आइनलागोस् भने कामना गरिरहे ।

भाग्यवश थुनिएको आधा घण्टापछि खोला पुरानै धारतिर सोझियो । कुनैखाले क्षति निम्तिएन । खोला थुनिँदा बनेको ताल एक्कासि फुटेर बाढीको रूप लिने खतरा ट¥यो । खोला बग्न लागेको थाहा पाएपछि गाउँलेले शान्तिको सास फेरे ।

भुजीखोला त्यही खोला हो जसले २०७७ भदौ १७ गते मध्यरातमा बितण्डा मच्चाएको थियो । बाइस जनाको मृत्यु र १५ जना बेपत्ता हुने गरी भएको बाढीको घटनालाई स्थानीयले ‘कालो दिन’का रुपमा सम्झन्छन् । सालिन्दा बर्खा याम आउँदा त्यही अप्रिय घटना बल्झेर आउँछ ।

ढोरपाटन ९ लाकुँरीबोटका भीमबहादुर सुनारले अहिले पनि ठूलो वर्षा हुँदा घर छाडेर विद्यालयमा आश्रय लिने गरेको बताए । “अहिले पनि बेलाबेला खोलाले त्रसाउँछ, घरछेउमै भल आउँछ”, उनले भने, “सुरक्षित बसोबासका लागि कसैले पनि पहल गरेनन्, हामी अझै पीडामा छौँ।”

दुई वर्षअघिको बाढीले सुनारको पसलसहित घर बगाएको थियो । अहिले लाकुँरीबोटमै अस्थायी टहरा बनाएर बसेको उनले सुनाए । खोलाछेउ जोखिम भए पनि जीविकाका लागि बस्नुपरेको उनको भनाइ छ । “अन्त कहाँ जाने जग्गा, सम्पत्ति केही छैन, यहीँ छाप्रो हालेर सानो पसल गरेको छु”, सुनारले भने ।

उक्त बाढीको घटनामा प्रियजन गुमाउनेको पीडा त झन् गहिरो छ । थातथलो, जायजेथा बाढीमा बगेर कतिको त उठिबास नै भएको थियो । ढोरपाटन ५ का अध्यक्ष दीपेन्द्र पुनमगरले गएराति भुजीखोला थुनिँदा आफूहरू घटनास्थलमै रहेको बताए ।

“साहुथोक भन्नेमा पहिरो जाँदा खोला थुनिएको हो, आधा घण्टामै खोला बग्न सुरु ग¥यो”, उनले भने, “तटीय क्षेत्रका बासिन्दा दुई वर्षअघिको घटना सम्झेर त्रसित बनेका थिए, धन्न कुनै क्षति हुन पाएन ।” उनले बाढी पहिरोको रोकथाम र खोला नियन्त्रणमा कसैले चासो नदिएकाले कुनै पनि बेला विपद् निम्तन सक्ने बताए ।

ठाडो खोला र कमसल भू–बनोटका कारण खोला किनार छेउछाउका बस्तीमा बाढी पहिरोको जोखिम छ । उनले खोला नियन्त्रण र बस्ती विकासको दीर्घकालीन योजना ल्याउनुपर्ने धारणा राखेका छन्  । स्थानीय शिक्षक जुनकुमार विकले बर्सातका बेला भुजीखोला आसपासका बासिन्दा भयमा बाँच्नुपर्ने अवस्था रहेको बताए ।

“पानी पर्दा ढुक्कले निदाउन सकिन्न, कहाँ के हुने हो भन्ने त्रास भइरहन्छ”, उनले भने, “यहाँ बाढी प्रभावितलाई पनि आश्वासन मात्र देखाउने काम भयो, उनीहरूको पुनः स्थापनामा राज्यका निकायले पनि बेवास्ता गरे ।” त्यसबेला बाढी प्रभावित ठाउँमै पुगेर स्थानीयदेखि सङ्घ सरकारसम्मका पदाधिकारीले पीडितको घर पुनःनिर्माण गरिदिने बताएका थिए ।

संघ  र प्रदेश सरकारबाट बाढीपीडितको पुनः स्थापनाका लागि कुनै सहयोग नआएको स्थानीयको गुनासो छ । देश विदेशबाट ढोरपाटन नगरपालिकाको राहत कोषमा जम्मा भएको पैसाबाट भने राहत सामग्री वितरण गरिएको थियो । राहत मात्र दिएर नहुने भन्दै बाढीपीडितको दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने आवाज उठ्ने गरेको छ ।

विसं २०७७ असोजमा बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकनपछि गण्डकी प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्री किरण गुरुङ र भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले भौतिक पूर्वाधार विकासको एकाइ कार्यालय नै राखेर पुनः निर्माणको काम थाल्ने भनी जनाएको प्रतिबद्धता पनि लागू हुन सकेन ।

बाढीले क्षति पु¥याएका सडक, विद्यालय, पुल, लघुजलविद्युत् आयोजना, सामुदायिक स्वास्थ्य एकाइलगायतका भौतिक संरचना पुनःनिर्माणका लागि नगरपालिकाको केन्द्र बुर्तिबाङमा त्यस्तो कार्यालय स्थापना गर्ने जनाइएको थियो । दुई वर्ष बित्न लाग्दासमेत न कार्यालय नै राखियो, न त पुनः निर्माणको काम नै अघि बढ्यो ।

भुजीखोलाको बाढीपछि जिल्लालाई विपद्ग्रस्त क्षेत्र घोषणा गरी पुनः निर्माणको काम थाल्ने सरकारी घोषणा पनि अलपत्र परेको छ । बाढी प्रभावित भने अझै पनि तीनै तहका सरकारका तर्फबाट आएको पुनःस्थापनाको प्रतिबद्धता पूरा हुनेमा आशावादी छन् । बाढीले सबैभन्दा बढी वडा नं ९ मा क्षति पु¥याएको थियो ।

त्यहाँका मात्र एक सय तीन घरमा पूर्ण र ५१ घरमा आंशिक क्षति पुगेको थियो । यस्तै वडा नं ८ का ८ घर पूर्ण र ९ घरमा आंशिक क्षति पुगेको थियो । बाढीबाट वडा नं ७, ६ र ५ सम्मै प्रभावित भएको थियो । लाँकुरीबोट, दुनेपधेँरा, भुसुण्डे, सुप्राङ, घट्टेचौर, चेप्टाजुर, दुवाल, फल्लेघरलगायतका बस्तीमा सबैभन्दा बढी क्षति पुगेको थियो ।रासस।

 

 


प्रकाशित मिति: बिहीबार, साउन २६, २०७९  १२:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
'सरकार प्रेस स्वतन्त्रताप्रति अनुदार बन्ने दिशामा अघि बढेको आशंका'
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP