नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • दार्चुला पहिरो : ५ जनाको मृत्यु, १० जना वेपत्ता
दार्चुला पहिरो : ५ जनाको मृत्यु, १० जना वेपत्ता
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ २५, २०७९ बागेश्वरी पोस्ट
दार्चुला पहिरो : ५ जनाको मृत्यु, १० जना वेपत्ता

नेपालगञ्ज । दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पहिरोमा परी ८ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलका अनुसार शुक्रबार रातिको अविरल वर्षाका कारण महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म ५ जनाको शव भेटिएको, १० जना बेपत्ता रहेको र ८ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार पहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षका नन्दराम बोहरा, वडा नम्बर २ दल्लेखका ६८ वर्षका मोहन राम पार्की, महाकाली नगरपालिका-३ कि ३५ वर्षकी मानमति कार्की, नौगाड गाउँपालिका-१ सल्लाकी ३२ वर्षकी जानकी ठगुन्ना र नौगाड गाउँपालिका-१ कि १५ वर्षकी धनुली ठगुन्ना रहेका छन् ।

पहिरोमा परी घाइते भएका ८ जनाको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । पहिरोमा परी ५ वटा जिप, एउटा कार र एउटा ट्याक्टर पनि हराएको छ ।

बाढीले महाकाली नगरपालिकाको लास्कु क्षेत्रका ४, बांगाबगर क्षेत्रका ११ घर र दशरथनगर आधारभूत विद्यालय पूर्णरुपमा क्षति भएको छ । दुहुँ र महाकाली जोड्ने लास्कु खोला झोलुंगे पुल र मोटरपुल बगाएको छ । अहिले बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय लगायतले खोज तथा उद्धार गरिरहेका छन् ।

पहिरोले महाकालीमा भन्दा नौगाडमा बढी क्षति पुगेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: शनिबार, भदौ २५, २०७९  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनःनिर्मित ऐतिहासिक सालिकहरूको अनावरण, संविधान पिता कोइरालाको सालिक पनि निर्माण
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
नेपालगञ्जमा पुनर्निर्मित सालिकहरूको अनावरण शनिबार
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
मानव बेचबिखनको बदलिँदो स्वरूपबारे नेपालगञ्जमा अन्तरक्रिया
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
सरकारले हटायो शिक्षा–स्वास्थ्यको ३% समता कर
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP