Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ५, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
बागेश्वरी पोस्ट
बिहीबार, जेठ २५, २०८० बागेश्वरी पोस्ट
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले आगामी नीति कार्यक्रममा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजना र बजेटका विषयमा आज छलफल गरिएको छ ।

Prabhat+2

एसएनभी नेपालले आयोजना गरेको छलफल कार्यक्रममा नगरपालिका स्तरीय सरसफाई तथा स्वच्छता प्रबद्र्धनका लागि सहरी सरसफाई योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । बढ्दो जनसंख्या र सहरीकरणका कारण सरसफाई र स्वच्छता व्यवस्थापनमा चुनौती थपिएकाले नीति तथा कार्यक्रममा यो विषयलाई प्राथमिकतामा राख्दै यथेष्ट बजेट विनियोजन गर्नुपर्नेमा जोड दिइएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले सरसफाई र स्वच्छतालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै आगामी बजेटमा यसको दायरालाई अझ फराकिलो पारिने बताए । उनले सरसफाई र स्वच्छताका लागि वडास्तरमै क्रियाशिलता जरुरी रहेको बताए । उनले परम्परागत ढंगले फोहर व्यवस्थापनमा काम गर्न नसकिने बताउँदै अब नयाँ प्रविधिको प्रयोग गरेर अत्याधुनिक ढंगले अघि बढ्न आवश्यक रहेकोमा जोड दिए । त्यसका लागि निजी क्षेत्रसंग सहकार्य गरेर सरसफाई र स्वच्छतामा परिवर्तन महसूस हुने गरी काम गर्न नेपालगञ्ज उपमहानगरपालिका दृढ संकल्पित रहेको उनको भनाई छ ।

कार्यक्रममा सुशासनको अवस्था, चर्पीको सुविधाहरुमा पहुँच, फोहरपानी (ढल) र दिसाजन्य लेदो व्यवस्थापन, ठोस फोहर व्यवस्थापन, स्वच्छता, हानिकारक फोहर व्यवस्थापनमा हालसम्म भएका उपलब्धि, चुनौती र समस्या समाधानार्थ अबलम्बन गर्न सकिने आगामी योजनाहरुका बारेमा छलफल गरिएको थियो । प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले छलफलमा आएका सरसफाई र स्वच्छता सम्बन्धि सबै कार्यक्रमहरु उत्तिकै महत्वपूर्ण रहेकाले आगामी बजेटमा यी विषयहरु प्राथमिकीकरण गरी समेटिने बताए ।

सुरक्षित कन्टेन्टमेन्टको स्तर बृद्धि (सेफ्टी ट्यांक र सोकपिट निर्माण), दिसाजन्य लेदो प्रशोधन केन्द्रमा डिपीआरको आधारमा लगानी गर्ने, ल्याण्डफिल साइटमा कुहिने फोहरलाई मल बनाउने, दिसाजन्य लेदो सुरक्षित विसर्जनका लागि अस्थायी टेन्चिंग व्यवस्थापन, ठोस फोहरलाई संकलन तथा ढुवानीको स्तरबृद्धि गर्ने, ल्याण्डफिल साइटमा ठोस फोहरलाई छुट्याउन स्तरबृद्धि गर्ने, सार्वजनिक शौचालयको स्तरबृद्धि र सञ्चालन, संस्थागत शौचालय सुधार, हरियाली क्षेत्र विस्तार तथा जल पुनर्भरण संरचना बनाउने, जनावरहरुको सुरक्षित व्यवस्थापन गर्ने लगायतका क्रियाकलाप प्राथमिकताका आधारमा सञ्चालन गर्नुपर्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्देश्य, एसएनभीले गरिरहेका क्रियाकलाप, सहकार्य गर्न सकिने क्षेत्र लगायतका विषयमा एसएनभीका नाधिरा खवाजा र राजु श्रेष्ठले प्रकाश पारेका थिए । कार्यक्रमको सहजीकरण नेपालगञ्ज उपमहानगरपालिका वातावरण तथा विपत शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले गरेका थिए । कार्यक्रममा उपप्रमुख कमरुद्दिन राई, प्रबक्ता प्रमोद रिजाल, वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगायत उपस्थित थिए ।  एसएनभीले नेपालगञ्जको सरसफाई र स्वच्छताका क्षेत्रमा लामो समयदेखि धेरै कामहरु गर्दै आएको छ । 


प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०, ११:२५:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
नेपालगञ्ज बसपार्कमा निःशुल्क शुद्ध पिउने पानीको व्यवस्था
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
पूर्व पश्चिम राजमार्ग अन्तर्गत ढकेरी क्षेत्रमा विस्फोट
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
स्वास्थ्यकर्मी संघ बाँकेले गर्यो तीज मिलन तथा दर खाने कार्यक्रम
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
'हात्तीपाइलेको आम औषधि सेवनदर बढाउन व्यवहार परिवर्तनमा जोड'
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP